ई – दिशानिर्देश

कोरोनाको जोखिम बढ्दै नागरिक आफै सचेत हुन आवश्यक

१२ बैशाख २०७८, आईतवार
कोरोनाको जोखिम बढ्दै नागरिक आफै सचेत हुन आवश्यक


दिशानिर्देश समाचार
महेन्द्रनगर, ११ बैशाख
भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस संक्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हुँदै भारतबाट फर्कनेको संख्या दिनहुँ बढिरहेको छ । भारतबाट फर्केका मध्ये अधिकांशमा कोरोना भाइरस संक्रमण देखा पर्न थालेको छ । यस अवस्थामा नागरिक आफै सचेत र सजग हुन जरुरी छ ।
त्यसैगरी कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिकस्थलमा २५ भन्दा बढी व्यक्ति जनमघट हुनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नका लागि बुधबारदेखि लागू गरिएको थियो । तर मापदण्ड अनुसार कार्याव्यन भएको देखिदैन ।
२६ सय बढी कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १४ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका २ जना कोरोना संक्रमितको मृत्यु
कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष र वडा नम्बर ४ की ५० वर्षीया महिलाको सेती प्रदेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
एक हप्ता अगाडी भारतको इन्दौरबाट फर्किएका पुरुषलाई गत बिहीवार अस्पताल भर्ना गरिएकोमा शुक्रबार उनको कोरोना रिपोर्ट आएको थियो ।
त्यसपछि आईसियूमा राखेर उपचार गर्दा शुक्रबार दिउँसो १ बजेतिर उनको मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए । यस्तै संक्रमित महिलालाई बिहीबार उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा शुक्रबार उनीमा कोरोना पुस्टि भएको थियो ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेकाृ संख्या ६१ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुुर डोटीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh