ई – दिशानिर्देश

संविधान संशोधन गर्ने समय आईपुग्यो

१२ बैशाख २०७८, आईतवार
संविधान संशोधन गर्ने समय आईपुग्यो


देशका हरेक संधिवान प्राकृतिक नियमको विपरित फेरिएका छन्, कुनै पनि संविधान फेर्दा जनमत गरिएको छैन । सामान्य फेरबदलमा त जनमत नभएर जनभावना अनुरुप बनाए पनि व्यवस्था पुरै परिवर्तन हुँदा भने अनिवार्य जनमत गराउनु पर्ने प्राकृतिक प्रावधान रहेको छ । नेताहरुको चित्त बुझेको होला त्यो आफ्नो ठाउँमा छ, सरसर्ती हेर्दा र जनगुनासाहरु सुन्दा भने हाम्रो आखरी संविधान सबैको मन परेको छैन । त्यसैले गर्दा राष्ट्रिय सहमति हुन सकेको छैन । संविधानको विरुद्धमा त हामी बोल्दैनौं तर संविधानले दिएको आधार प्रयोग गर्नु नै
पर्दछ । संशोधन गर्न सकिने छ भनि उल्लेख भएका धाराहरु मेलमिलापले सबैको सहमतिले फेर्नु पर्दछ । जुन संविधानलाई नेपाली जनता नेता मन पराउँछन त्यस्तो बनाई देशका सबै नागरिक नेता राजसंस्था अर्थात राजाले पनि अटाउन पाउने स्थान हुनु पर्दछ । विभिन्न राजनीतिक पार्टीहरुले समेत सनातन हिन्दु राष्ट्र नै यथावत रहन दिनु पर्छ । नेपाल विश्वभरीका हिन्दुहरुको एक मात्र हिन्दु
राष्ट्र नेपाल भएकोले सबैको चाहना नेपाल विश्वमा हिन्दुराष्ट्र रहनु पर्छ र रहन दिन दिनुपर्छ भन्ने धारणा जनमानसको छ । हिन्दु राष्ट्र भएको समयमा पनि कसैको विरोध थिएन र आज पनि नेपाल यथास्थितिमा रहन सक्छ । राजनीतिक विभाजनको सिमाना हुन्छ तर धर्मको सिमाना हुदैन जस्तो कि मक्का मदिना मुसलमानहरुको प्रमुख तिर्थ स्थल हो । त्यस कारण त्यहाँ विश्वभरीका मुसलमानहरु हज गर्न जान्छन कुनै रोकटोक छैन । त्यस्तै हाम्रो हिन्दुहरुका चारधामहरु छन, ती धामहरु प्रयागराज, जगन्नाथपुरी, रामेश्वरम, बद्रीनाथ केदारनाथ, पशुपतिनाथमा पनि विश्वभरीका हिन्दुहरु मात्र हैन बुद्ध सिखहरुले समेत तिर्थ यात्रा गर्छन ।
हामी नेपालीमा खास गरी सुप बासीहरु आफ्ना आमाबुवाको मृत्युपछि अस्तक्षेपन गर्न हरिद्वार जाने गर्दछन त्यति मात्र हैन कि हरिकै द्वारका रुपमा हरिद्वार प्रथम धाम हो त्यो क्षेत्र नेपालको थियो पछि गुम्न गएको भए पनि सु.प. बासीहरु आफ्नै सम्झी गई रहेका छन् । मृत्युपछि जनम पत्रिका समेत भागरथी मार्फत ईश्वरमा चढाउने प्रचलन समेत रहेको पाईन्छ ।
भारतका तिर्थ स्थलहरुमा नेपालका राजाहरुले बनाउन लगाएका नेपाल भवन र लालमोहरिया पण्डाको जिवित अवस्था देख्दा अंग्रेज शासक देखि भारत सरकारले समेत त्यो नियमको पालना गरेकै पाईन्छ ।
हाम्रा देशमा करीव ५ वटा संविधान बने जसको पालना यहाँका नेताहरुले गर्न सकेनन् । अव सर्वमान्य हुने गरी संविधान संशोधन हुनुपर्ने देखिन्छ । संशोधित हुने संविधानमा सबै जिल्लाले समान हक अधिकार पाउनु पर्दछ ।
सांसदहरु निर्वाचन क्षेत्र वाईज नभएर जिल्ला वाइज हुनु पर्छ, समानुपातिकको उम्मेदवार पनि निर्वाचनको बेलामा नै एकिन हुनु पर्छ । ७७ जिल्लामा प्रत्यक्ष ७७ सांसदहरुको मात्र दरबन्दी कायम हुनु पर्दछ । तराई पहाडका सवै जिल्लाहरु बराबर हुनु पर्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh