ई – दिशानिर्देश

हरद्वारका कुम्भ मेला राजाकी सवारी

१२ बैशाख २०७८, आईतवार
हरद्वारका कुम्भ मेला  राजाकी सवारी


पृत बहादुर विष्ट (प्रितम)
पुर्व क्याम्पस प्रमुख
पाटन बहुमुखी क्याम्पस बैतडी


१) आधा कुम्भ छई वर्षमा, बारमा फूल हुन्छ ।
तिर्थयात्री संसारका, हदद्वारा हुल हुन्छ ।।
२) तिर्थबासी नेपालीलाई, अंग्रेजका पाला ।
चारैधाम तिर्थद्वारा, बन्या धर्मशाला ।।
३) राजाले नियुक्ती गद्या, लाल मोहरी पण्डा ।
भारतका धर्मशाला, नेपालका झण्डा ।।
४) नेपाल भवन नौ राखेका, धर्मशाला घर ।
मठमन्दिर पाटी पव्वा, भारत शहर ।।
५) काशी, गयाँ, बनारस, बद्रीनाथ केदार ।
प्रयागराज हरिद्वार, गंगा सागर पार ।।
६) नेपालीको धर्मशाला, पण्डाको व्यवस्था ।
तिर्थयात्री नेपाली कि, प्रदेशमा बस्दा ।।
७) सनातनी हिन्दु बौद्ध, नेपालका राजा ।
परम्परा संस्कृतिका, हुन सबौ साझा ।।
८) ऐल कुम्भ हरिद्वार, श्री ५ ज्ञानेन्द्र ।
प्रमुख अतिथिको मान, कुम्भ मेला केन्द्र ।।
९) करोडौंमा तिर्थ यात्री, लाखौं लाख जोगी ।
राजाले सम्मान पौनु, सबको लागि हो कि ? ।।
१०) पुष्पबृष्टी हेलकेप्टरले, भारत शान गर्यो ।
कुम्भ मेला संसारैको, नेपाली मान गर्यो ।।
११) वडा महाराज हिन्दु सम्राट, तर्वारधारी ध्वजा ।
मान सम्मान भारत दिन्या, नेपालका राजा ।।
१२) एक ठूलो आदर पैला, दिल्ली दवरिमा ।
पच्छपन्न सालकि बात, समझन्छु माघमा ।।
१३) नयाँ दिल्ली राजधानी, गणतन्त्र सभामा ।
मुख्या पौना वीरेनद्र थ्या, सबैका आँखामा ।।
१४) सैनिक मञ्च राजपथमा, भव्य उत्सव थियो ।
स्वर्गेराजा वीरेन्द्रलाई, तोप सलामी दियो ।।
१५) जलथल, वायु, सेना, सलामी दिन त क ।
राजा सवको साझो रैछ, हिन्दु स्थानी हक ।।
१६ं) मौकाले प्रत्यक्षदर्शी, गणतन्त्रका दिन ।
सम्झन्छु वीरेन्द्र राजा, झझल्को छिन छिन ।।
१७) नेपाल राजा मुख्य पौना, भारत दिवस ।
धनीमानी संसारका, मान्ना कि विवस ।।
१८) हिन्दु राष्ट्र संसारको, एकै हो नेपाल ।
ऐल नयाँ विधानले, गरेको बवाल ।।
१९) हिन्दुराज्य नेपाललाई, दुस्मनले घेरेको ।
धर्म निरपेक्षको धारा, जर्वरजस्ती लेख्यो ।।
२०) मान, मर्यादा नेपालीको, राष्ट्र गौरव हुन्छ ।
नेपाल देश नेपालीको, ठाडो मुण्डो हुन्छ ।।
२१) एक घटना अर्खो लेख्या, भारत घटेकी ।
बलत्कारी लुटपिटवाला, रेलमा चडेकी ।।
२२) डाँका, डफ्फा रेलचढी, लुटपिट मचाई दियो ।
नेपाली भारती सैनिक, उसै डवा थियो ।।
२३) सङी यात्री बुढाबुढी, उब हुनी चेली ।
ईज्जत लुट्ट खोज्ज्य डाँका, जवानीमा खेली ।।
२४) बहादुर नेपाली सेना, सहन भएन ।
उठी ग्यो खुकुरी समाई, अन्याय सहेन ।।
२५) एक डाँडा चेलमा मार्यो, दुई डाँका भागीग्या ।
रेलयात्री भारतबासी, पुजा गद्द लाग्या ।।
२६) ईसा वीर सपुतको, खाँचो छ भारत ।
मान पदवी इमान दियो, सम्मान गोरद ।।
२७) सम्मान पाया नेपालीले, खुसी हुन्छ मन ।
सनातन हिन्दुधर्म, नाई सक्दो विर्सन ।।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh