ई – दिशानिर्देश

तिस वर्षपछि हवाई मैदानको मर्मत

१२ बैशाख २०७८, आईतवार
तिस वर्षपछि हवाई मैदानको मर्मत

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

छिमेकी राष्ट्रहरु तथा विश्वको विकासबाट प्रभावित भएर शोषित पिडित जनताको सुविधाको लागी राजा महेन्द्रले चालेका कदमहरु अतुलीय रहेका छन् । जुन कुराको पुष्टि इतिहासले पनि गरेको छ । राजा महेन्द्रको हातमा रित्तो नेपाल परेको थियो । राष्ट्रको विकासको हकमा राणा कालमा नै अंग्रेजहरुको सहयोगमा बनेको ८० माइलको रेल्वै लाईन थियो भने सडक सञ्जालको हकमा भने काठमाडौं सिंहदरबारदेखि फरपिङ विद्युत गृह सम्म जान आउन सकिने सानो सडक थियो । नेपालमा बस चल्ने सडक १ कि.मि. पनि थिएन । नेपालको विकास द्रुत गतिमा कसरी लैजाने र गरिव जनतालाई कसरी माथि उठाउने भन्ने तर्फ राजा ज्यादै सक्रिय रहे । विश्व भ्रमण पनि गरे तर पनि संयुक्त राष्ट्र संघको सदस्यता लिन भने महाभारत भयो । सदस्यता लिने बेला महाशक्ति रुसले विरोध गर्यो नेपाल त भारतको अंग हो, अलग राष्ट्र होइन भन्दा छिमेकी राष्ट्र अर्थात पं जवाहरलाल नेहरु मौन रहे बोलेनन् । राजा महेन्द्रले अलग स्वाभिमान स्वतन्त्र राष्ट्रको प्रमाण दिदै भने “अंग्रेज र नेपाल बीच युद्ध भयो त्यसपछि सुगौली सन्धी कसको बीचमा भयो भारत र अंग्रेजको बीचमा भयो कि नेपाल अंग्रेज बीच भयो त्यस्तै चीन सित र तिब्बत सितको युद्ध कसको बीच भयो । सम्झौता हुँदा भारत तिब्बत चीन बीच भयो कि नेपाल बृटिस चीन तिब्बत बीच भयो भन्ने प्रश्न थपे त्यसको उत्तर रुस र भारतले दिन सकेन । रुसका राष्ट्रपतिले डायरी हेर्नु पर्ला भनेछन् अन्तमा सबै कुरा बुझेपछि संयुक्त राष्ट्र संघले नेपाललाई सदस्यता प्रदान गर्यो । सदस्यताले नेपाल विश्व संजालमा चिनियो ।
नेपालको विकासको बारेमा सदस्य राष्ट्रहरुसँग सल्लाहा गर्यो, धेरै राष्ट्रहरुले अनुदान दिन खोजे राजाले नगद लिन मानेनन् र अनुरोध गर्यो “मेरो राष्ट्रका अभावहरु यिनै हुन जे जुनमा सहयोग गर्नुहुन्छ आफै बनाई दिनोस भनेपछि मित्रराष्ट्रहरु मिलेर कसैले विरगञ्ज चीनी कारखाना, बाँसवारी छाला जुत्ता कारखाना, काठमाडौं भक्तपुरमा ट्रली बस सेवा, साझा यातायात तथा भृकुटी कागज कारखाना, जनकपुर चुरोट
कारखाना र पुर्व पश्चिम, उत्तर दक्षिण राजमार्ग निर्माण गरी मागे जुन २०४७ पछिका नेताहरुले कौडीको भाउमा विक्री गरी खाए । ति मध्ये हेटौडा कपडा कारखाना र बुटवल धागो कारखाना महत्वपूर्ण थिए । २०४६ सालसम्म सबैलाई नेपालमा नै रोजगार मिलेको थियो । वैदेशिक रोजगारलाई दासत्व मानिन्थ्यो ।
यातायातको सुविधाको लागी कोदारी राजमार्ग तथा पुर्व पश्चिम महेन्द्र राजमार्गको थालनी पश्चात राजा विरेन्द्रको पालासम्म यातायातमा अत्यन्त जोड दियो । ७५ जिल्लाहरुमा सडक सञ्जाल र हवाई सेवा पुर्याउन गरेको प्रयास २०४६ साल सम्म सफल नै
रह्यो । देशभरका आवश्यक दुर्गम स्थानमा हवाई सेवा पुर्यायो । सुदूरपश्चिम प्रदेशको मात्र कुरा गर्दा महेन्द्रनगर, बैतडीको पाटन, गोकुले दार्चुला, बझाङ, अछाम लगायतका सबै जिल्लाहरुमा हवाई सेवा २०३०/३५ साल भित्र पुरा भई सकेको भए पनि २०४७ को व्यवस्था परिवर्तन सँगै सु.प. का महाकाली अञ्चलका सबै हवाई मैदान बन्द गरिए पनि धनगढी विमानस्थल मात्र यथावत रह्यो ।
सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको सहयोग समेतमा कैलाली गेटाको हवाई मैदानहरु राजा ज्ञानेन्द्रको पालामा पीच तथा स्तरोउन्नती गरियो भने महाकाली अञ्चलको पाटन र दार्चुलाको गोकुले हवाई मैदानमा रहेको टर्मिनल भवनहरु माओवादी द्वन्दकालमा जलाईए ।
आज ३० वर्षपछि महाकाली अर्थात सुदूरपश्चिम प्रदेशका हवाई मैदानहरुको पुनरनिर्माणको क्रममा छन् । पाटनको विमानस्थलको निर्माण कार्य पुरा भए पनि माओवादीद्वारा जलाएको टर्मिनल भवनको पुर्ननिर्माण बाँकी रहेको छ भने दार्चुलाको गोकुलेश्वरमा रहेको एयरपोर्ट र महेन्द्रनगर विमान स्थलको निर्माण लागी ठेक्का भैसकेको छ । तीस वर्षसम्म राजनीतिक द्वन्दमा अल्मलिएका विमानस्थलको पुर्ननिर्माण कार्य चालु हुँदा सुदूरपश्चिमको पर्यटन उद्योगमा विकास मात्र हैन कि आवतजावतमा जेष्ठ नागरिक, विरामीहरुलाई समेत सुविधा हुनेछ । राजनीतिक पेचमा फसेको सु.प.को विकासले पुनरगीत लिन खोज्दैछ ।
सरकार नेतालाई होस आएकोमा जनता खुसी छन् । यसरी नै जनता ऐतिहासिक धरोहर जोगाउन खोज्दैछन्, देशभरमा तथा सुदूरपश्चिम प्रदेशको कैलाली अत्तरीयामा रहेको राजा महेन्द्रको ऐतिहासिक शालिक तथा पंचायत रजत जयन्ती पार्क र पार्कमा तोडफोड गरिएको स्तम्भको मर्मत सम्भारको माग महेन्द्रनगर बासीले गरेका छन् । यस्ता ऐतिहासिक स्थान नष्ट गर्नु मुर्खता भएकोले महेन्द्रनगर
नगरपालिकाको नाम समेत पुनरवहालीको माग यहाँका जनताले गरेका छन् । अनधिकृत तरिकाले महेन्द्रनगर मेटाई भीमदत्त नगरपालिका राखी नामाकरण गरेको स्वीकार्य छैन भन्छन यहाँका स्थानीय कृष्णानन्द भट्ट तथा अन्य बुद्धिजीवीहरु, त्यस कारण इतिहासकारहरुको भनाई झन कडा रहेको बुझिन्छ । इतिहास मेटाउनु देश मेटाउने खेल हुँदा ती व्यक्ति नेपाली हुनै सक्दैनन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh