ई – दिशानिर्देश

नेपालको राजनीतिमा राजनेताको अभाव

१९ बैशाख २०७८, आईतवार
नेपालको राजनीतिमा राजनेताको अभाव


बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

नेपालमा धुरन्धर विद्वानहरु छन् वैज्ञानिकहरु पनि छन तर एक पेसा अपनाउन त सकेनन् जहाँ ताक पर्यो उतै तिवारी भनेझै भएका छन् । पेशागत रुपबाट डाक्टर, वकील वा सरकारी कर्मचारीमा लागेपछि राजनीतिमा लागेका अधिकांश व्यक्तिहरु छन । सरकारी नोकरीमा लोकसेवा पास गर्न नसकेर राजनीतिमा लागेका हुन सुर्यबहादुर थापा भन्दथे भने लोकेन्द्र बहादुर चन्दले एल.एल.बी गरेपछि महेन्द्रनगरमा “ल” फर्म खोल्ने तयारीका साथ २÷३ महिना कानूनी सेवा समेत दिए तर उनले ल. फर्म खोल्ने विचार परित्याग गर्नुभयो । मैले २०२७ सालमा नै उनलाई सोधे यहाँ वकील (अधिवक्ता) कोही छैन भवानसिंह बोकटी र तेजसिंह केसी मात्र अभिकर्ताको काम गर्छन तपाई मात्र ‘ल’ गरेका एक मात्र वकील हुनु हुन्छ भन्दा उहाँको उत्तर थियो “अधिवक्ताले मात्र जनतालाई सेवा दिएर नपुग्ने र नसकिने हुँदा मैले त्यो पेसा अपनाउने इच्छा गरेन बरु पंचायतको वडा तहबाट चुनाव लड्छु र जनता देशको सेवा गर्छु” भन्नुहुन्थ्यो । हुन पनि हो रहेछ नोकरीमा न आफू लागे प्रधानमन्त्री भएर पनि कुनै पनि आफन्त, छोरा भतिजाहरुलाई केही बनाउने कोशिस गरेन भाईलाई पनि बरु प्रधानपंचमै भए पनि जनताको सेवा गर भन्ने सल्लाह दिएकै हुन । जव उहाँ ३९÷४० सालतर्फ देशका प्रधानमन्त्री बन्ने मौका पायो त्यही बेला नै बिबिसी सेवाले मिस्टर क्लिनको संज्ञा दिए । त्यसपछि २०४३ सालमा आम निर्वाचनको घोषणा हुँदा उहाँले भन्नुभयो “म राष्ट्रिय पंचायतको सदस्य माननीयमा चुनाव लड्ने हुँदा प्रधानमन्त्रीको पदमा बसी चुनाव लाग्न नैतिकताले नभ्याउने हुँदा प्रधानमन्त्रीको पदबाट राजा समक्ष आफ्नो राजिनामा पेश गरेका थिए । अन्तमा राजा विरेन्द्रले पनि स्वीकृति गर्नै पर्यो । निर्वाचन भयो अध्यधिक मतले विजय पनि भए । प्रधानमन्त्री पदको उम्मेदवारी नदिदै उहाँका पिताजी महावीर चन्दको स्वर्गारोहण भयो र आफै कृयामा बसे उहाँका साथी आफन्तहरुले प्रधानमन्त्री पदमा उम्मेदवारी दिन दरखास्त फाराममा सहीछाप गराउन कृया गरी रहेकै स्थानमा आए उहाँले सही गरेन ।
राजा पनि सम्वेदना दिन त्यहाँ पुगेका थिए । त्यो कुरा राजाले पनि थहा पाए र भने “के हुन्छ उम्मेदवारी दिएमा” उहाँले भन्नुभो प्रधानमन्त्री त म कुनै बेला पनि पाउँला तर म मेरा वितेका पिताजीको कृया कर्म कहाँ गर्न पाउँछु ।
एक राष्ट्रभक्तका यस्ता अभिव्यक्ति सुन्दा देख्दा मेरो समेत मन मस्तिष्क बदलियो । हरेक व्यक्तिमा यसो तथ्य शक्ति हुँदा हाम्रो स्वभावले नै बदलिनु पर्दछ । लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री नभए राष्ट्र प्रमुख राजाका सल्लाहकार पनि हुन । २०४६ सालको जनआन्दोलन मिलाउन साम्य पारी केही नाफा लिने नियत भारतीय सत्ताधारी नेताहरुको थियो तर स्वदेशमा नै गोलमेच सम्मेलन गरी नेपालीको चाहना बमोजिम हुनुपर्छ भन्ने सल्लाह राजालाई दिदा हुन्छ त्यसो ठीक हो मिलाउ भनि उनलाई नै प्रधानमन्त्री बनाएका थिए । सबै दलहरुको सहमतिले कृष्णप्रसाद भट्टराई अन्तरिम प्रधानमन्त्री भए २०४७ को संविधान पनि निर्माण भयो । तर त्यो संविधानको पालना गर्ने
राजनेताको उपज आजसम्म भएको छैन । देशमा आगो लगाउन धेरै सक्छन तर निभाउने दिमाग रहेनछ । खुट्टामा विझेका काडा काडाबाटै निकालिन्छ भन्ने सिद्धान्त बोकी प्रचण्ड र बाबुरामले खुट्टामा विझेको काडा काडाबाटै निकाल्यो । किन कसरी भने सत्तापक्षका प्रधानमन्त्री अर्थात माओवादी बाहेक अरु राजनीतिक पार्टीहरुलाई सत्रुको आँखाले हेरेका भए पनि एक्लैले नभ्याउने हुँदा नेकपा नेता गिरिजा प्रसादलाई हातमा लिई राष्ट्रपति बनाई दिउला भन्ने सपना देखाई ७ दल मार्फत १९ दिने जनआन्दोलन गरियो डिजायन र सहयोग भारतको भए पनि सत्रुलाई सत्रुद्वारा नै गराउने नीति बनायो र अन्तमा आन्दोलन सफल भयो ।
आजको वैज्ञानिक युगमा मान्छे मारेर सत्तामा पुग्ने खेल मुर्खता हो । बुद्धि विवेक प्रयोग गरी नयाँ सत्ता लिनुपर्छ । मान्छेलाई मारेर लुटेर सत्ता प्राप्त हुनु मुर्खता हो । आफ्नो घर परिवारका सदस्य जस्तै सोच्नु पर्दछ । सम्पूर्ण जनतालाई केही जनता मारेर केही संख्याको मात्र नेता बनि राज्य संचालन गरेको प्राकृतिक अपराध पनि हो तसर्थ देशका पक्ष विपक्ष सबै मिली गोलमेच सम्मेलन गरी राष्ट्रको मूल कानून मन नपरेका दफाहरु परिवर्तन गरौं । विदेशी शक्तिको खेलमा नफसेर स्वदेशी नागरिक बीच राजा विरेन्द्रको जस्तै मेलमिलाप गरौं । एक्लोको हातले केही हुदैन सबैको सल्लाह मानौ र सल्लाह पनि दिई सरकारलाई सहयोग गरौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh