ई – दिशानिर्देश

राधाकृष्ण टोलद्वारा प्रहरी विटमा स्वास्थ्य सामग्री हस्तान्तरण

१९ बैशाख २०७८, आईतवार
राधाकृष्ण टोलद्वारा प्रहरी विटमा स्वास्थ्य सामग्री हस्तान्तरण


विकास सिह महता
महेन्द्रनगर, १८ बैशाख
विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको महामारी लाई मध्यनजर गर्दै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सनिवार भीमदत्त नगरपालिका वडा नं. १८ पुष्पलाल चोक बरपिल स्थित रहेको अस्थाई प्रहरी विटमा कार्यरत सुरक्षाकर्मीका लागि बागबाणीमा रहेको राधाकृष्ण टोलका अध्यक्ष हेम कुमार बस्नेत लगायतका पदाधिकारीले कार्यरत हवलदार नन्दा कुवरलाई स्वास्थ्य सामग्री फेस गाड,माक्स र सेनिटाइजर सहयोग गरिएको टोलका सचिब दिनेश विश्वकर्माले सुदूर दर्पण लाई जानकारी दिएका छन् ।
महामारीको यो विषयमा परिस्थितिमा नागरिकले उच्च संक्रमणका कारण दिनप्रतिदिन मृत्युको सिकार बन्नु परेको र कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको हुँदा यसको सुरक्षाका लागि अग्रपंक्तिमा रहेर कार्यमा दिनरात नभनेर खटिनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी लाई नमन गर्दै आज आफ्नो टोलको तर्फबाट प्रहरी विटमा सक्दो सहयोग गरिएको र आगामी दिनमा पनि टोलले यस्ता सामाजिक कार्यमा अग्रसर रहेर सकारात्मक सोचका साथ अगाडि बढ्ने छौँ ,अध्यक्ष हेम कुमार बस्नेतले बताए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh