ई – दिशानिर्देश

साँझा सरकारको सामना गर्न एकजुट होउ

२ जेष्ठ २०७८, आईतवार
साँझा सरकारको सामना गर्न एकजुट होउ

डाक्टरलाई धेरैले मनुष्यरुपी भगवान भन्दछन्, वास्तवमा हो रहेछ । २०२८ सालमा महेन्द्रनगर स्वास्थ्य केन्द्र थियो अस्पताल थिएन तर एक जना डा. धु्रवमान श्रेष्ठ थिए उनी दिनरात विरामीको सेवामा तल्लीन रहन्थे । २०२९ साल तर्फ उनलाई मानसिक रोग विशेषज्ञको पढाई गर्न सरकारले अलइन्डीया मेडिकल इस्न्टिच्यूटमा पठायो पुरा अवधी भर उनी ललितपुरको मानसिक अस्पतालमा रही विरामीको सेवामा रहे । दिमागको सन्तुलन गुमाएकाहरु गाली गर्थे उनलाई तर हासी हासी गालीबाट ज्ञान लिदै आफ्नो अनुभवमा बृद्धि गर्दथे । गाली नै उनको शिक्षा थियो कोही कोही त निको भएपछि भेटन जान्थे । जव उनी कञ्चनपुरको महेन्द्रनगर स्वास्थ्य केन्द्रमा थिए त्यस बेला हैजा र
विफरको प्रकोप थियो । एक जना मात्र डाक्टर एक अहेव २ कार्यालय सहयोगी एक जना प्रशासनमा मुखियाको मात्र दरबन्दी भए पनि सबैलाई साथ लिई हैजा र विफरको खोप लगाउथे । नयाँ बसोबास क्षेत्र हुँदा मलेरियाको प्रकोप पनि कम थिएन । आफ्ना विरामीलाई छोडेर रात दिन कहि जादैनथे ।
आज विश्व महामारी कोभिडको बेलामा स्वास्थ्यकर्मीले जोखिम मोल लिएर उपचार तथा विरामीको सेवामा तल्लीन छन तर हल्ला चलेको सुनिन्छ सामग्री खरिद गर्दा कमिसन खादैछन, त्यो पनि सुनिन्छ आफ्नो देशबाट वैदेशिक रोजगारीमा विदेश गएकाहरुले मिलीजुली खर्च उठाई अक्सिजनका सिलिण्डर नेपाल पठाउँदैछन् । कस्तो उदार कोमल ह्रदय तर नेता राजनीतिक पार्टीहरु कुर्सि खोसाखोसको निर्दयी खेलमा लागेका छन् । विश्वास अविश्वासको मतको नाममा ताकपेन नेताहरु पनि हामी सितै छन् लाजमर्दो कुरा छ । कोभिडको वास्ता नगरी माइती घर मण्डेला देखि नारायणहिटी अगाडि समेत शक्ति प्रदर्शनरुपी आमसभा गरे हामी लज्जीत थियो नेता पार्टीहरुका हरकत देखि । तर हाम्रो विनम्र अनुरोध छ हामी सबै जनता पार्टीहरु राजनीतिबाट टाढा रही सरकारको योजना बमोजिम निहत्ता पिडित जनताको सेवामा जुटौ विरामी हाम्रा परमेश्वर हुन सेवा गरौं नियमको पालना गरौं यहाँ नै स्वर्ग छ । संकटकालमा सहयोग गर्नु हाम्रो धर्म हो तर अशान्ति मचाई शान्ति ल्यायौ भन्नेहरु पाखण्डी हुन अपराधी हुन उनीहरुको स्मरण गर्नु उपयुक्त छैन । मानव मार्नेहरुको गुणगान गाउनु पनि अपराध ठान्दछौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh