ई – दिशानिर्देश

वेदकोट नगर कोभिड अस्पताल सञ्चालन

१६ जेष्ठ २०७८, आईतवार
वेदकोट नगर कोभिड अस्पताल सञ्चालन


दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ जेठ
कञ्चनपुरको वेदकोट नगरपालिकाले शुक्रबारबाट कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोभिडबाट संक्रमित बिरामीहरूको निःशुल्क उपचारका लागि वेदकोट नगरपालिका वडा नम्बर ३ स्थित सामादैजीमा स्थापना गरिएको १६ शय्याको सो कोभिड अस्पतालमा हाल एक जना एमबिबिएस डाक्टर र दुई जना स्टाफ नर्स परिचालन गरिएको छ । केही दिनभित्रै ५ शय्या थप गरी एमबिबिएस डाक्टर र अन्य जनशक्ति व्यवस्थापन गर्ने योजना रहेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभयो ।
वेदकोट नगर कोभिड अस्पताल सञ्चालनमा ल्याई निःशुल्क उपचार सेवा दिन थालेपछि अन्यत्र गई शय्या र अक्सिजन समेत नपाई अकालमै ज्यान गुमाउनु पर्ने बिरामीहरूको बाध्यता कम हुने नगर प्रमुख चन्दले विश्वास व्यक्त गर्नु भएको छ । विश्वव्यापी यस महासङ्कटको बेला थुप्रै नागरिकहरूले अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिमा त्यसको रोकथामका लागि सबैको सहयोग आवश्यक
रहेको नगर प्रमुख चन्दको भनाइ छ । गाउँघर नजिकै कोभिड अस्पताल सञ्चालन आएपछि सम्बन्धित बिरामीहरूले अन्यत्र धाउनु पर्ने बाध्यतामा समेत कमी आउने विश्वास गरिएको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमका बिच वेदकोट नगर कोभिड अस्पतालको नगर प्रमुख अशोक कुमार चन्दले उद्घाटन गर्नु भएको छ । उक्त कार्यक्रममा नगर उपप्रमुख शुशीला सिंह सहित केही अन्य जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट सहित केही अन्य कर्मचारीहरू, राजनीति दलका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी उपशाखा दैजी र सुडाका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय समाजसेवीहरूको समेत उपस्थिति रहेको वेदकोट नगरपालिकाका सहजकर्ता प्रकाश कलौनीले जानकारी दिनुभयो ।
सोही कार्यक्रमका बिच रेडक्रस र मर्सिकोर नेपालबाट समेत स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh