ई – दिशानिर्देश

ज्यानमारा खबरदार

१६ जेष्ठ २०७८, आईतवार
ज्यानमारा खबरदार


पृत बहादुर विष्ट (प्रितम)
पुर्व क्याम्पस प्रमुख
पाटन बहुमुखी क्याम्पस बैतडी


१) ज्यानमारा खबरदारी, नारायणहिटीका ।
मुख बन्दा क्याई गरन्छौ, काठमाण्डु सिटीका ।।
२) राजा रानी चेला चेली, बैनी ज्वाई दिदी ।
वंशनाश वीरेन्द्रको, पुर्याई दियो मिति ।।
३) धिरेनदर कान्सा मर्या, जम्माई चेला चेली ।
नारायणहिटी हत्याकाण्ड, राजनीति कि बेली ।।
४) दुई बाक्छिन चुच्या चेली, मारी दियो श्रुति ।
बुडी ईजा रोइ बसेकी, महेन्द्रकि मुर्ति ।।
५) ब¥यात कि कुराकानी, सरकारी बहाना ।
कैले मा¥यो राजकुल, सबैकी चाहना ।।
६) गोली हाणि उठाई दियो, ऐश्वर्यको मुण्डो ।
बनौटी छानविन ग¥यो, दिपेन्द्रको मुण्डो ।।
७) ईजा बुवा दिपेन्द्रका, निराजन भाई ।
अर्खा दिन ताल खित्यो, प्रेक्षा रानीलाई ।।
८) खडक कुमार उसैदिन, शान्ति र शारदा ।
जयन्ती कुमारी मरी, षडयन्त्रका सर्दा ।।
९) कोमल, शोभा, केतकि छन्, चेष्टर गोरख ।
घटनाका प्रच्यक्षदर्शी, प्रमाणका सोरस ।।
१०) पारस जसाको तसो, डाक्टर राजिव ।
नारायणहिटी प्रलयको, घटना अजिव ।।
११) ज्ञानेन्द्र पोखरा गया, आफ्ना कामले ।
मरे जिउना सेना पुलिस, कोइ छैन नामले ।।
१२) हत्याराको बात लागेका, खुल्ला घुमिन्यान ।
इति वर्ष विती गया, केई छैन पैचान ।।
१३) कफ्र्यु गरी लाश जलायो, छानविन नाईभयो ।
दर्वार उखेली दियो, प्रमाण मेटी गयो ।।
१४) हजारौका सेना पुलिस, दर्वार प्रहरी ।
मिलोमतो भया जसो, सरकारी सहरा ।।
१५) तै बेलाका संसदले, छानविन गरेन ।
इति सरकार आया गया, मतलब गरेन ।
१६) दिपेन्द्रले रक्सी खायो, फाम नहुन्या गरी ।
गोली हाण्यो बन्दुकले, केई फरक नाईपडी ।।
१७) गाँजो भाङो कालो चिज, जे पनि खाएको ।
अंग रक्षक ए.डि.सि.ले पत्ता नपाएको ।।
१८) अन्धाधुन्द गोली लागि, ऐश्वर्यका गात ।
दर्बार कि रुवाबासी, कोइ थिएन साथ ।।
१९) घटना घटेका बेला, पैरेको पोशाक ।
रगत दसी केइ लागेन, दिपेन्द्रका आँक ।।
२०) राजकुलकोरगत लाग्लो, षडण्न्त्रकारीलाई ।
रानीलाई लखेटी मार्यो, दिपेन्द्र दाजुभाई ।।
२१) राजामारी कोट बाझोइ छ, जनता रोएइको छ ।
न्याय निसाफ केइ नथिन, जे लै भएइकै छ ।।
२२) नेपाल सुनकि चिडिया, बनौन्या भाषण ।
भ्रष्टाचार चारैतिर, जनताको शोषण ।।
२३) धर्म गयो सनातन, गयो भाषा भेष ।
देशको सिमाना गयो, केइ नथिन शेष ।।
२४) सरकार पार्टी कठपुतली, रिमोट इसारा ।
फर्क राजा देश बचाई झा, ऐल हमरो नारा ।।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh