ई – दिशानिर्देश

प्रत्येक व्यक्तिका विचार अलग अलग हुन्छन, समेट्न ग्रहण गर्न, त्याग्न सक्नुपर्छ

२३ जेष्ठ २०७८, आईतवार
प्रत्येक व्यक्तिका विचार अलग अलग हुन्छन, समेट्न ग्रहण गर्न, त्याग्न सक्नुपर्छ


बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
आज विश्वभरी लगभग ९ अर्वको हाराहारीमा मानिसको संख्या होला तर अलग अलग व्यक्तिका सोच विचार एकै प्रकृतिका होलान तर अलग अलग छन् । कुनै कुनै देशले ति बिचार ग्रहण गर्ने त्याग्ने वा समेट्ने तर्फ अनुसन्धानरत छन् । नेपालमा मात्रै ३ करोड जनसंख्या रहेको छ । यहाँ पनि विविध विचार उत्पन्न भएका मानिस छन् । हुन पनि हो स्वभावैले अलग अलग विचारको वर्षा हुन्छ र हुन पनि राम्रो हो । यहाँ पनि धरै राजनीतिक पार्टीहरु छन् । हरेक पार्टीका प्रमुखहरुले सबै जनतालाई आफ्नो पक्षमा तान्न खोज्छन् त्यो पनि प्राकृतिक नियम नै हो । जनता र नेता समान प्रकृतिका हुन्छन् नेता पुराना ठालु प्रवृत्तिका पाईए भने जनता लोभमोह आशाले थला परेका हुन्छन् उत्तरी ध्रुव र दक्षिणी धु्रवको कहिल्यै मिलन हुदैन, तर नेपालमा भैराखेको छ ।
२०४७ देखि नेपाली कांग्रेस अर्थात दक्षिण पन्थीहरुको सरकार रह्यो उत्तरपन्थी माओवादीका प्रचण्ड र बाबुरामले कडा विरोध गर्दै ४० सुत्रिय माग प्रधानमन्त्री शेरबहार देउवा सामु राखे । मागको बहाना मात्र थियो सातो सामल सहित माओवादीहरु सांसद छोडी जंगल पसे । सव्रप्रथम गाउँ गाउँमा पसी जनता सित रहेका हतियार लुट्यो त्यसपछि प्रहरी चौकीमा रहेका हतियार लुट्यो जनतालाई निसस्त्र बनाएपछि जनआन्दोलनको नाममा स्कुलहरुबाट विद्यार्थी शिक्षकहरुलाई मानव ढालको रुपमा प्रयोग गरी सरकारी कार्यालय
संरचना ध्वस्त पार्नमा लागे र ध्वस्त पनि भए एक गाउँबाट अर्को गाउँमा जान भिसा चाहिने भयो गाउँमा सरकारको उपस्थिति सुन्य रह्यो । माओवादी नेता कार्यकर्ताका कुरा सुन्दा ठीक हो भन्ने पनि लाग्दथ्यो । र माओवादीकै पक्षमा वकालत गर्ने इच्छा पनि हुन्थ्यो । आफ्नो गाउँ ठाउँ आफै बनाउने छन् भन्ने विश्वास थियो । तर कुरा अर्कै रहेछ जव राजा विरेन्द्र र राजा ज्ञानेन्द्रले पनि देशका
नागरिकसित झुक्छु तर विदेशी सित झुक्दैन म राज्य पूर्ण परित्याग गरी हाम्रै नेता मार्फत जनताको नासो जनतालाई बुझाउन मन्जुर छु भन्नु कतिको हितकारी हो जनता र देशको लागी ।
शासन व्यवस्था त जनता जसरी सुखी रहन्छन् त्यस्तो काम नेताहरुले गरिदिएमा संवैधानिक राजा विरेन्द्र हमेसा मन्जुर नै थिए । १२ बुदे देश घातक सम्झौता गरेर नेपाल फर्कि त्यो टीम अर्थात प्रधानमन्त्री गिरिजा, शेरबहादुर, माधव नेपाल, प्रचण्ड, बाबुरामहरुले
राजा विरेन्द्र, राजा ज्ञानेन्द्रलाई विश्वासमा लिएर राष्ट्रलाई हित हुने देश विदेशमा सम्मान रहेन र आफ्नो स्वाभिमान बढ्ने काम कारबाही नेताहरुले गरेमा कुनै पनि राजा असहमत हुने थिएन सहमत नै हुने थिए ।
राष्ट्रकै प्रधानमन्त्रि भएको मानिस भारतको चंगुलमा पर्थे भने के भन्ने । गिरिजालाई राजसंस्था हटाउने अभियानमा लाग राष्ट्रपति तिमीलाई बनाई दिनेछौ भनि प्रचण्ड मार्फत भनाउँदा उनी राष्ट्रघात गर्नमा मन्जुर भए । देश हाम्रो हो देशको डन हामी हौं भन्न सक्ने
गिरिजाले माओवादीद्वारा जनताको सम्पत्ति लुटायो ध्वंश गराउन लगायो केवल राजाको रिसले । यी कामहरु कर्मले देखाई सकेको छ । जसरी अंग्रेज सितको लडाईमा झासीकि रानी पिठ्यूमा बच्चा बोकी लडाईको मैदानमा उनलाई धोका दिन राम्रो घोडा दिएन त्यस्तै अंग्रेज सित मिलेर रानीलाई धोका दिएझै गर्यो । नेपालका ७ दलहरुका नाइके गिरिजा र प्रचण्डले राजा ज्ञानेन्द्रलाई धोका दियो विश्वासघात गरेकै हो । विदेशी सित मिलेर देशको लागी षडयन्त्र गर्नु अत्यन्त दुःखदायी हो । अझै देशको लागी के कस्ता षडयन्त्र भईरहेका छन् भन्ने कुरा सर्वसाधारणले बुझ्न गाह्रो छ । हामी निहत्ता जनताले नेताहरुको विश्वास गर्नैैपर्ने बाध्यता छ । जो व्यक्ति इमान्दार छ राम्रो छ जनताले चाहेका छन् । उसलाई कुनै पनि पार्टीले उम्मेदवारी हुन टिकट दिदैनन् जो सँग छलछाम गर्ने क्षमता छ जसले लागेसम्मको खर्च व्यहोर्छ उसलाई टिकट दिई निर्वाचनमा सहभागी गराउँछन् ।
वर्तमानको अवस्थामा पहाडी जिल्लाहरुलाई त्यहाँकै नेताहरुले हेपेका छन् । आफै हेपिएका पनि छन्, जुन कुरा स्वयम् नेताहरुलाई नै थाहाँ छैन । सबै जिल्लाले समान अधिकार पाउनु पर्छ भन्ने । त्यस्ता नेताहरुबाट नेपालले के पाउँछ या निर्वाचन क्षेत्रलाई जिल्ला बनाउ या सबै जिल्लालाई समान अधिकार देउ भन्छन् निरिह र विरिह जिल्लारु । देशमा कति जिल्ला को नामाकरण गर्ने कति सांसद राख्ने भन्ने कुरा जनताको विषय हो जनतालाई सोध्नु पर्दछ । सांसदहरु आफै अर्काको दस्तखत चोर्छन वा एक प्रयोगजनको लागी भनेर गरेका दस्तखत अर्कै प्रयोजनमा लगाउँछन त्यस्तो व्यईमानी गर्ने भए त पिडितहरुले मुद्दा पैरवी गर्न कानून व्यवसायीहरुलाई वारेसनामाको नाममा खाली कोरा कागजमा सही गरेर दिन्छन् बदमासी गर्ने भए त सांसदहरुको झै अझ प्रयोजनमा लगाउँथे । तर वकीलहरुबाट त्यस्तो हुदैन राज्य संचालन गर्ने सभासदहरुले वकीलहरुबाट पनि पाठ सिक्नु पर्यो । सभाषदहरुले विचार प्रवाह गर्ने हो जिल्लाको उत्थानको काम गर्ने हो बढी सांसद भएको जिल्लामा बढी विचारको पक्कीधार हुन्छ भने एक जना मात्र सांसद भएको जिल्लामा एक विचार भए पनि राम्रो कामको अवरोध गर्न त अरु सांसद पनि झरी हाल्छन् । अव पहाडी जनताको जनभावना के छ भने या त संविधानमा जनमत संग्रह गर या हामीलाई पनि भौतिक अधिकार दिऊ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh