ई – दिशानिर्देश

संवैधानिक अंगहरुको मर्यादा गर्न सिकौं

२३ जेष्ठ २०७८, आईतवार
संवैधानिक अंगहरुको मर्यादा गर्न सिकौं


देशमा रहेका संवैधानिक अंगको सम्मान गर्न सिकौं । आज देशमा थुप्रै संवैधानिक अंगहरु रहे पनि मूल अंग हुन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यी एक अर्काका अभिन्न अंग हुन । एक मात्रको अनुपस्थितिले देश डमाडोल हुन्छ । जस्तो कि आज असक्षम नेताहरुको सहभागितामा बनेको हाम्रो संविधान असक्षम भैरहेको छ । दफा दफा वाईज काम गर्दा नेताहरुले अदालत धाउनु परेको छ । संविधान त भानुभक्तको रामायण जस्तो सबैले बुझ्ने हुनुपर्छ । संविधान त गणितीय हुनुपर्छ जस्तो कि २×२ ¥ ४ नै हुनुपर्छ ५ बनाउने कोसिस गर्नु
हुदैन । अंक गणितीय सिद्धान्त जस्तै हुनुपर्छ संविधान । संविधान काफल पाक्यो भन्ने चराको जस्तो बोली जस्तो भाषा संविधानमा हुनु हुदैन । संविधानलाई वकीलहरुले व्याख्या गर्ने हैन सिधा सिधा जनताले बुझ्ने गरी स्वयम् जनताले नै छुट्याउन सक्ने हुनुपर्छ । नेताहरु आफैले नबुझ्ने संविधान बनाउनु थिएन । बनायो अव आफू र सांसदको व्यइजती त विश्वसामु अपमान गर्नु हुदैन थियो गर्ने चेष्टा किन भई रहेछ यो विषयलाई नेताहरुले गम्भिर भएर हेर्नुपर्ने देखिन्छ । आज हाम्रा नेताहरु राष्ट्रलाई अगाडी बढाउने प्रयास गर्दैछन् वा भाडभैलो मचाई रहेछन् । यो अन्यौलता मचाउने को हुन प्रचण्ड कि अरु कोही छन्, यदि राजा ज्ञानेन्द्रलाई आतंकित गराई गिरिजाले मृत सांसद पुनरबहाली गराएझै गर्ने इच्छा हो भने त्यस्तो इच्छा वालाले त्यागी दिए पनि हुन्छ ।
अदालतबाट एक पटक पुनरबहाली भयो बैठक बस्ने दिन पनि तोकियो बैठक पनि बस्यो सांसद पुनरबहाली गरी माग्नेहरु स्वयम् हास्न थाले एकले अर्कोलाई गाली गर्न थाले जुन कामको लागी पुनरबहाली गराई मागेको हो त्यो बाटो नै परित्याग गरी अशान्ति अन्यौलताको अर्को बाटो सोच्न र खोज्न थाले अन्तमा सांसदमा छलफल गरी अर्को सरकार बनाउन न प्रधानमन्त्री माथि अविश्वास ल्याउन सके न कुनै अरु बाटो अपनाउन सक्यो वर्षको अन्तमा जेठ १५ गते बजेट ल्याउने व्यवस्थालाई समेत अवरोध पार्ने हरप्रयास गरे तर सांसद विघटन पुनः
गर्यो अझै व्यूझाउँदै भंग गर्दै गयो भने सांसदको त बेकुफी छदैछ के अदालतलाई पनि बेवकुफ बनाई विश्व सामु अदालतको अपमान गर्न त खोजिएन ?

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh