ई – दिशानिर्देश

भारतीय पक्षबाट अवरोध भएको सडकको काम शुचारु गर्न माग

२३ जेष्ठ २०७८, आईतवार
भारतीय पक्षबाट अवरोध भएको सडकको काम शुचारु गर्न माग


दिशानिर्देश समाचार
महेन्द्रनगर, २२ जेठ
भारतीय पक्षबाट कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक आयोजना निर्माण कार्यमा पटक पटक अवरोध गरेर नेपालमाथि हस्तक्षेप गरेको भन्दै भत्र्सना जनाएको छ । सीमा समस्या बारे राज्यलाई खबरदारी गर्दै आएको अन्र्तराष्ट्रिय सीमा सरोकार समुहको शुक्रबार बेलौरीमा गरेको छलफलमा समुहले भारतीय पक्षबाट हुलाकी राजमार्गमा गरेको अवरोधको भत्र्सना गरेको हो । अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका सदस्य ओम पन्तले पटक पटक भारतीय पक्षबाट हुलाकी बेलौरी नगरपालिका ८ पचुई स्थित १२सय मिटर सडक निर्माणमा अवरोध हटाउँदै यथाशिघ्र सडक कालोपत्रे हुनुपर्नेमा जोडदिएका छन । ‘हामीले अवरोध भएको काम शुचारुको माग अघि सारेका छौँ, ‘सदस्य पन्तले भने, ‘उक्त सडकको काम तत्तकाल कालोपत्रे हुनुपर्छ ।’ बेलौरीको सीमा समस्या अवलोकनका लागि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत सीमा अवलोकन गराएर सीमा समस्या दिगो रुपमा समाधानका लागि पहल गर्न अनुरोध गर्ने बताए । ‘हामी यहाँको सीमा हालै उत्पन्न भएको समस्या बारे प्रशासनिक निकायबाट अनुगमन गराउँछौँ, ‘उनले भने, ‘हामी जनताकै उपस्थितिमा भएपनि सडक कालोपत्रे गराई छाड्छौँ ।’
अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले पटक पटक भारतीय पक्षबाट अनावश्यक बखेडा झिकेर नेपालको विकासमा अवरोध गर्दै आएकाले सरकारी स्तरबाट पहल हुनुपर्नेमा जोडदिए । गत बर्ष साउनमा फिल्मीशैलीमा तामझाम र फौजफक्कड ल्याएर भारतीय
सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारीले कञ्चनपुरमा निर्माण भईरहेको हुलाकी सडक अवरोध गरेर फर्किएका थिए । फेरी भारतीय पक्षले एक बर्षपछि आएर बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधिन हुलाकी सडक अवरोध गरेका छन । पचुई क्षेत्रको १२सय मिटर हुलाकी सडक निर्माणमा भारतीय पक्षले यस बर्षपनि अवरोध गरेपछि काम रोकिएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh