ई – दिशानिर्देश

मन्त्री खड्काद्वारा गड्डाचौकी होल्डीङ सेन्टरको अनुमगमन

२३ जेष्ठ २०७८, आईतवार
मन्त्री खड्काद्वारा गड्डाचौकी होल्डीङ सेन्टरको अनुमगमन


स्थायी होल्डीङ सेन्टरका लागि पहल गरिने
दिशानिर्देश समाचार
महेन्द्रनगर, २२ जेठ
कञ्चनपुरको गड्डाचौकी नाका निर्माण गरिएको अस्थायी होल्डीङ सेन्टरको सुदूरपपश्चिम प्रदेश सरकारका नव नियुक्त सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले अनुगमन गरेका छन् । शनिबार बिहान मन्त्री खड्काले पश्चिमी नाकामा पुगेर स्थलगत निरिक्षण गरेका हुन् ।
उनिसँगै नव नियुत्त कृषि तथा सहरकारी राज्यमन्त्री मान बहादुर सुनार, भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलगायतको टोलीले होल्डीङ सेन्टरको निरिक्षण गरेको हो । अनुमगनपछि सामाजिक विकास मन्त्री खड्काले स्थायी होल्डीङ सेन्टर निर्माणका लागि पहल गरिने बताएका छन् । उनले कोरोना संक्रमणका अवस्था स्थीर रहेकोले नाकालाई अझै व्यवस्थीत बनाईने बताए ।
‘अहिले कोरोना संक्रमण नियन्त्रणमा मन्त्रालय र प्रदेश सरकार ध्यान केन्द्रीत भएको छ ।’ मन्त्री खड्काले भने ‘यस पटकको बजेट कोरोना संक्रमण लक्षीत गरेर आउँदैछ, नाकालाई थप व्यवस्थीत बनाईने छ ।’ साथै उनले गौरीफन्टा नाकामा पनि होल्डीङ सेन्टर निर्माण गरिने उनको भनाई छ ।
त्यस्तै राज्यमन्त्री मान बहादुर सुनारले पनि जिल्लाको विकासलाई उच्च प्राथमितकतामा राख्ने बताए । उनले गड्डाचौकी नाकालाई थप व्यवस्थीत बनाउन आवश्यक पुर्वाधार निर्माणमा जोड दिईने उल्लेख गरे । साथै कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले काम गरिरहेको उनको दावि छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नाका थप आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरे । उनले नगरपालिकाले नाकामा अस्थायी होल्डीङ सेन्टर निर्माण गरेको बताउँदै स्थायी संरचनाका लागि प्रदेश सरकारलाई आग्रह गरे । नाकामा भीमदत्त नगरपालिकाले नेपाली सेना र निड्स नेपालसँगको सहकार्यमा अस्थीय होल्डीङ सेन्टर निर्माण गरेको हो । सेन्टरमा भारतबाट आएका नागरिकलाई राख्ने गरिएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh