ई – दिशानिर्देश

हाम्रा युवा युवतीको दसा

३१ जेष्ठ २०७८, सोमबार
हाम्रा युवा युवतीको दसा


२०३० सालसम्म पढ्न सक्ने युवालाई छात्रवृत्तिमा पढन राजा महेन्द्र र विरेन्द्र विदेशका शिक्षण संस्थामा पढाउथे अन्तमा पंचेश्वर डैमको लागी भनेर १२ सय इन्जिनियर र ओभरसियर पढन कोलम्बो प्लान अन्तर्गत खडकि पठायो, धेरै युवा युवतीहरु स्वरोजगार कार्यक्रम अन्तर्गत गारमेन्ट र गलैचा तथा कपडा उद्योगमा व्यस्त थिए । २०४७ सालका प्रजातन्त्रले ति उद्योग नष्ट गरी दलालीमा हाम्रा युवा युवतीहरु विदेशका खाडी मुलुकहरुमा पठाई उनीहरुबाट विदेशी मुद्रा सरकारले आर्जन गर्दैछ ।
उपेन्द्र देवकोटा, बाबुराम भट्टराई लगायतका हजारौं हजार विद्यार्थीहरुमा कसैले स्वदेश र कसैले विदेशमा सरकारको तर्फबाट पढेका हुन् । अन्तमा उनीहरु मध्येबाट नै राजसंस्थाको विघटन गरियो, देशको धर्म संस्कृतिलाई मास्यो, राष्ट्र निर्माताहरुका शालिक तोडफोड गरे जनताको सम्पत्ति गाउँघरबाट तथा बैंकहरुबाट लुटे अन्तमा देश नै लुट्न खोजे मात्र होइन कि सार्वजनिक सम्पत्तिमा पूर्ण लुटपाट गरे प्रधानमन्त्री निवास, ललिता निवास बालुवाटारको जमिन हसुले संसार हेर्या हेर्यै रह्यो । युवा मात्र विदेश होइन युवती पनि पुगिन अरु त छोडौं हालसालै पनि नेपालका युवतीहरु जिपी रोड तथा मुम्बैका कोठीहरुमा पुगेका र उद्धार गरेका खबर नआएका होइनन् । नेपालमा मात्र हैन एक समय थियो विश्वभरी दास दासी प्रथा थियो, नेपालको हकमा अंग्रेजको समयको केही अवधीसम्म दास थिए नेपालीहरुकै घरमा तर अचेल हाम्रा छोराछोरी विदेशीहरुका दास हुन पुगेका छन् । स्वदेशी र सरकारी उद्योगहरु विक्री गरी बरु विदेशी उद्योगहरुको स्थापना भएका छन्, स्वदेशीमा गोल्छा, चौधरी ग्रुपका उद्योगहरुले इज्जत थामेका छन् । ति उद्योगीहरु पनि चन्दा आतंकित भने रहेकै छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh