ई – दिशानिर्देश

पृथ्वी काल विरेन्द्रकाल

२० असार २०७८, आईतवार
पृथ्वी काल विरेन्द्रकाल

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

नेपालको उत्पत्ति पृथ्वी नारायण शाहको बेलामा नेपाल एकीकरण गरि विशाल नेपाल निर्माणको अभियानमा तथा अंग्रेज सितको युद्धमा नालापानी पश्चिम सतलज कागडा तथा पुर्वमा टिष्टा सम्मको भूमि आर्जन गर्ने बेलामा स्वदेशी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योजना निर्देशनमा सेनाको स्थापना गरि सैन्य शक्तिलाई सहयोग गर्ने युवायुवती ७० वर्षिय यौवनधारी भक्ति थापा जस्ता र बालबालिका समेत वीर बलभद्र कुँवरको साथमा नालापानीको किल्लाको रेखदेखमा रहेका थिए ।
नालापानीसम्म पुग्दा पनि १७ हजार मानिस मारिएन । जव त्यसबेला राष्ट्रको एकिकरण गरिने बेला भन्दा पछि २०५२ देखि ०६२/६३ मा मात्रै १७ हजार जति मानिस निमुखा बालबालिका युवायुवतीको हत्या गरियो हामीले प्रत्यक्ष देखेका थियौं । नागरिकहरुका गाउँघरमा माओवादी जत्थाको त्राही त्राही सायद नेपालको उत्पत्तिकाल देखि हालसम्म बढी हत्या गरिएको अवधी यही हुन सक्छ । प्राकृतिक प्रकोपबाट मरेका होलान तर मानवीय प्रकोपको पिडा यो भन्दा बढी कहिल्यै भए जस्तो लाग्दैन । देश एकिकरण हुने बेलामा आईमाईले समेत स्वइच्छाले लडाईको मैदानमा गई लडाकु दाजभाई काकाबुवा लोग्नेको सहयोगमा जुटेका थिए जुन झलक माओवादी द्वन्दमा झल्किएको थियो । पृथ्वीनारायण शाहको लडाई विदेशी सित राष्ट्र निर्माणको लागि भयो तर ०५२–६२ को लडाई न विदेशी सित भयो न आफ्नो सरकार सित केवल बाटोघाटो कुरी विदामा घर आउने जाने गरेका प्रहरी सैनिक शिक्षकहरुलाई मारी पुष्पकमल दाहाल तथा बाबुराम भट्टराई लगायतका व्यक्तिहरुको असफल नेतृत्वमा संचालित हतियारधारीहरुले बहादुर देखायो मानौं राष्ट्रको सुगौली सन्धीमा गुमेको भूभाग फिर्ता ल्यायौं जुन गोटी दिल्लीको इसारा संलग्नतामा नेपाल विरुद्धको १२ बुँदे सम्झौता ७ दलद्वारा गरायो यो नै नेपालको सोक हुन गयो । यति ठूलो नरसंहार गरेर नेपाल र नेपाली जनताले के पायो ? यत्ति काम त गोलमेच सम्मेलन गरेर पुगि हाल्ने थियो । जनता चौतर्फी मारमा परे अन्तमा जे जसो परिवर्तन कर्मिक रुपले देशमा भईरहेको थियो अझ पनि त्यस्तै भईरहेको छ । नेताहरुको नजरमा व्यवस्था राम्रै होला किनकी २०७२ को विवादित संविधानले मर्न पाएको छैन । मानव विकास र राष्ट्रको भौतिक उत्पत्ति विकास प्राकृतिक नियमले भई नै रहन्छ । आवश्यकता नै आविस्कारको जननी हो भनेझै विश्वमा जहाँ जतिबेला जे आवश्यक पर्छ भई नै रहेको छ । अझै विश्वमा आदीवासी उहिलेकै चालचलनमा जंगलमा नै बसी जीवन यापन गरेकै छन् । हामी खोजमुलक समाचारमा देखि रहेकै छौं भने नेपाल त ५०० वर्ष पुर्व नै सभ्यतामा फर्कि आत्म निर्भर भई सकेका संकेतहरु हामीसँग प्रमाणको रुपमा छन् । फलाम देखि सुनसम्म हाम्रो उत्पादन थियो तर विदेशी राष्ट्रमा जान भने सकेन यो नै हाम्रो कमजोरी रहदै आएको छ ।
आज हाम्रो आयमा क्षणिक बृद्धि भएको छ । त्यसको कारण हो हाम्रा युवायुवतीहरुले विदेशीको सेवा गरेर कमाएको रकम आफ्नो घरपरिवार पनि धानियो । राष्ट्रले पनि रेमिटान्स पाउँदा वैदेशिक कारोबारको अवस्था पनि जिवित रह्यो माओवादीमा समाहित भएका धेरै व्यक्तिहरु आजसम्म इमान्दार देखिएका छन् । आफ्नो स्वार्थ भन्दा देश, गाउँ ठाउँको लागी गरिहेका छन् । साधारण परिवार जन्मिएर बालकालदेखि
राजनीतिमा लागेका बैतडी पुर्चौडीका नरेन्द्र कुँवर पुर्व सांसद तथा वर्तमानका मेयर रणबहादुर कुँवर हालसम्म आफ्नो गाउँ ठाउँको विकासमा र जनताको सेवामा लागी रहेका छन् । यी २ जनालाई दवाउन गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री छदा २०४८ कै बहुदलियको चुनावमा हेलीकेप्टर लगी पुर्चौडी यिनकै गाउँघरमा गई अनावश्यक अपमान गर्न खोजेका थिए । युवा अवस्थामा नै नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराईको असफल नेतृत्व रहे पनि नरेन्द्र कुँवर तथा रणबहादुर कुँवरले सफलताका साथ जनताको सेवामा तल्लीन छन् । जहाँ गयो इमान्दारका साथ काम गर्ने हुँदा पद प्राप्त गरेका छन् । यदि एमाले र ने.का. का गिरिजा जस्ता अयोग्य व्यक्तित्वहरुले बदमासी नगरेको भए माओवादीको उत्पत्ति भन्दा प्रजातन्त्रका शहिद दशरथ चन्द गौतम बुद्धका इच्छा साकार पार्नमा लाग्ने थिए नै गिरिजा प्रसाद कोइराला जस्ताको उदण्डताले आन्दोलन सुरु भई १७ हजारको हत्या भयो त्यो देशका जिम्मेवार ने.का. र एमालेले लिनै पर्छन । दिल्लीको निर्देशनमा गिरिजा चलेका छन् भन्ने कुराको ज्ञान तुरुन्तै गर्न सकिएन । माओवादीको आफ्नै योजना हो भन्ने कुरा जनता तथा माओवादीका इमानदार नेता तथा कार्यकर्तामा पर्न गयो आफु मरेर पनि नेताहरुलाई बचायो अन्तमा उनै प्रति गद्दारी गरे, त्यसबारे धेरै कुरा लहान चौधरीका भावनाबाट पनि पुष्टि हुन्छ ।
माओवादी जनयुद्धको नाममा देशमा त्राही त्राही मचाई अन्तमा माओवादी पार्टी परित्याग गरि केन्द्रीय नेतृत्व लिन नसक्नु ठूलो भूल थियो । यदि सत्ता समाल्न नसक्ने भए किन गृहयुद्ध गर्नु पर्यो ? बैतडीमा आजसम्म माओवादीकै खम्बाको रुपमा रही जिल्लाको कमान लिएका छन् । स्वार्थतर्फ जान खोजेन । उनले तर माओवादीका थुप्रै कार्यकर्ता नेताहरुले माओवादी परित्याग गरि सब केवल जनताको नजरमा चोखिन मात्र खोजे । राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउँछु भन्ने प्रयास स्वदेशी मुर्ख तथा विदेशी शत्रुहरुले गर्दा उनको वंश नास हुने गरी २०५८/२/१९ मा हत्या भयो तर त्यो हत्याको जिम्मा लिने हिम्मत कुनै पनि अपराधीले गरेन ।
वर्तमानमा जो सुकै देशमा पनि राजतीनिक अपराध मैले गरेको हुँ वा हामीले गरेका हौ भन्छन् तर हामी सित कातर अपराधी भएकाले स्वीकार गर्दैनन् । हुन त यस्तै उपद्र हत्या हिंसा गरौला र त्यो घृणित कार्यबाट हामी हाम्रा कार्यकर्ता न मारिउन भनेर नेपालको संविधान २०४७ बाट मृत्युदण्डको दफा हटाई दियो जसले गर्दा नेपाल र नेपाली माथि आक्रमण हत्या हिंसा गर्ने बचुन बलात्कारपछि हत्या गर्ने हत्यारा बलात्कारी राष्ट्रद्रोही सबैलाई बचाउन मृत्युदण्डको दफा हटाएकाले आज सबै साधारण विचल्लीमा परेका छन् । पहिले गरिएका हत्यारालाई कारवाही गरौ नगरौं ढिला ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh