ई – दिशानिर्देश

नेपालमा किन हुन्छन् असफल आन्दोलन

२७ असार २०७८, आईतवार
नेपालमा किन हुन्छन् असफल आन्दोलन

बलदेव अवस्थी
भानु स्वर्णपदक प्राप्त
नेपालमा जंगबहादुर राणाका हरेक एकल आन्दोलन सफल भए राणाजीहरुको १०४ वर्षे जहानीय शासनको अन्त गर्न आन्दोलन भयो दशरथ चन्द लगायत ४ जनालाई मृत्यु दण्ड दियो कसैलाई बाहुन भनेर मारेन तर पनि देश छोडेर भारतमा जानेको संख्या पनि ओजिलो थियो पछि गएर भारतका प्रधानमन्त्रि जवाहर लाल नेहरुको कुटील चालबाट राजा त्रिभुवनलाई र प्रधानमन्त्रिलाई भारत लैजाने काम सफल गर्यो नेपाललाई खोरमा हाल्ने कामको थालनी गर्यो । १९४५ मा भारत स्वतन्त्र हुदा भारतको राजनेतालाई त्यसबेलाको प्राप्त भारतलाई विशाल राष्ट्र कसरी बनाउने छिमेकी, भौगोलिक रुपले साना राष्ट्र, भुटान, सिक्किम, नेपाल लगायतका देशहरु सित कस्तो सम्बन्ध राख्ने, सकभर भारतमा विलय गराउने न भए आफ्नो अधिकार कसरी जमाउने भन्ने ताना वुना बुन्दै गयो भारत । जम्मुकासमीरलाई अलग राष्ट्र राखे पनि अन्तमा भारतमा विलय गराउने षडयन्त्रमा लागे पनि अन्तिम सफलता भने हालै मोदीको पालामा भयो सबै चुपलागे । सिक्किम प्राप्त गरिसक्यो भने भुटान प्राप्त सरह रहेको छ । नेपालको हकमा गृह कलह गराई नेपाल स्वयम् कमजोर भएपछि कसरी प्राप्त गर्ने वा सा.सु. तथा विदेशी निति आफुसंग राख्ने षडयन्त्र तानावुना वुनिदै रहेका छन् ।
नेपाल भारतको १९५० को सन्धी हुदा धेरै थोक त्यस भित्र घुसाई सकेको पत्ता पाएपछि राजा महेन्द्रले त्यो सन्धीका धेरै दफाहरु प्रयोगमा ल्याउन पुर्व राजनितिक व्यवस्था परिवर्तन गरी निर्दलिय पञ्चायती प्रजातान्त्रिक व्यवस्था (हाल भारतको स्थानीय तहहरुमा पंचायत राजको नामले फस्टाई रहेको छ । सन्धीका दफाहरुमा सुरक्षा पनि नेपाल आफै गर्छ । आफ्नो देशमा जनताको हित हुने जुन सुकै प्रजातान्त्रिक व्यवस्था हरेक देशले आफै गर्न सक्छ र हामीले पनि नेपालको माटो सुहाउने व्यवस्था आफै लागु गर्छौ भनि २०१७ साल पुस १ गते बहुदलिय व्यवस्थाका १० वर्ष गुम्दा राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिई १९५० को सन्धीमा टेकी भारतले उत्तरी सिमाना राखेका सैनिक सुरक्षा क्याम्प हटाएका थिए । पुर्वबाट हटाउदै पश्चिम पुग्दा भारत चीनको युद्ध भयो त्यस बेलामा भारतको कालापानी पोष्टको सैनिक क्याम्प बाकी रहन गएको कुरा खुलेको थियो । भारतले नेपालको उत्तरी सिमानामा नेपाल भारतको सुरक्षाको लागि आफ्नै सेना
राख्ने योजना अनुसार सैनिक पोष्टहरु राखेका थिए जुन राजा महेन्द्रले हटाउन लगायो । नेपालमा सामुहिक राजनितिक आन्दोलनहरुमा न. २००७ सालको आन्दोलन सफल भई स्थाईत्व पायो .ं २०४६ सालको आन्दोलन पुरा भयो तर सफलता पाएन संविधान कहिले पनि जनता लेख्दैनन् । जुन नेता व्यक्तिको बल पुग्छ र उसले जस्तो आवश्यक पर्छ संविधान जनताकै नाममा बनाउछ
जसरी २०७२ को संविधान प्रचण्ड बाबुराम लगायतका २÷४ जनाले जस्तो चाह्यो त्यस्तै बनाई संविधान सभाका सांसदद्धारा ठिक छ भनी तालि पिटाउन लगाएका थिए भने आज तालि पिटेनेहरु संविधान निर्माताहरुलाई गाली गरी रहेका छन् । संविधान त अलिखित पनि हुन्छ तर ईमादारिता चाहिन्छ यति कार्यान्वयन गर्नेहरुमा ईमान्दारीता छैन भने जस्तो सुकै संविधान भए पनि काम लाग्दैन । गरिब जनतालाई मात्र बाध्ने डोरीको रुपमा रहन्छ जुन डोरीले संविधान निर्माण गर्ने र कार्यान्वयन गर्नेलाई बाध्न सक्दैन ।
नेपालमा जे जति आन्दोलन भए ति स्वत स्फुर्त देशको लागि भन्दा पनि व्यक्तिगत र बाध्य शक्तिको ख्याति
र गरिएका थिए त्यस कारण आन्दोलनकारीहरुले आन्दोलन गर्न सके शासन गर्न सकेनन् । त्यसको पनि कारण छ, सर्वप्रथम त ईमान्दारिताको अभाव, जनताका आवश्यकता पनि स्वार्थकै कारणले परिपुर्ति नहुनु कबोल गरेका काम पनि कपोकल्पीत सावित हुनु ।
देश भनेको यौटा देश नै हो । ५ हजार भन्दा पुरानो सनातन हिन्दु अधिराज्यले अंग्रेजसित समेत लडेर बचाएको देश नेपाल आज सजिलै सित पराधीन तथा शोषणमा पर्दैछ, यहाँका पार्टी पार्टी बीचको तथा पार्टीहरुको आन्तरिक झगडा मिलाउन विदेशीहरु लागी परेका भए पनि सफल हुन सकेका छैनन् आन्तरिक फुटले गर्दा विदेशीहरुले नेपालको नाडी पुनः छाम्दैछन् । त्यही कुराको सिलसिलामा विदेशी खास गरेर गिरिजाको पालादेखि बेनीकिङको षडयन्त्र गरि रहेका छन् । बालक राजा भए (नायव) संचालक कर्ता अरु नै हुने हुँदा प्रचण्ड, गिरिजा देखि किङको प्रस्तावनामा लगेका हुन अझै षडयन्त्र जारी छ । जव नेपालका राजा ज्ञानेन्द्र शाह जिवित छदैछन् भने बच्चा तथा राजाका बुहारीलाई राजा बनाउने सोच गर्नुमा पनि ठूलो षडयन्त्र छ त्यसलाई नेपाली नेताहरुले बुझ्न आवश्यक छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh