ई – दिशानिर्देश

भीमदत्त न.पा. इतिहासको संरक्षणमा

२७ असार २०७८, आईतवार
भीमदत्त न.पा. इतिहासको संरक्षणमा

माओवादीको नाममा आन्दोलनको बहानाबाजी गरेर देशमा भएका ऐतिहासिक राष्ट्र निर्माता पृथ्वीनारायण शाह, राजा महेन्द्र, विरेन्द्र तथा भानुभक्त आचार्यका शालिकहरु तोडफोड नष्ट पार्दै गएको अवस्थाको सुरुवात गरी नेपालको परिचय दिने सबै थोक नष्ट पार्ने गुरुयोजना बनाई नेपालका नेताहरुलाई नै प्रयोगमा ल्याई रहेका सिमा पारीका केही नेपाल विरोधी तत्वहरु आज निरास हुने अवस्थाको सिर्जना भएको
छ । ऐतिहासिक संरचनाहरु राष्ट्रको पहिचान तथा सम्पत्ति हुन । राजा महेन्द्रले दुवै छिमेकी सित नमिल्ने राजनीति निर्दलीय पंचायती प्रजातान्त्रिक व्यवस्थाको थालनी २०१७ साल पुष १ गते देखि लागु गरी २०१९ सालमा नयाँ संविधानको निर्माण गरी लागु गरेका थिए ।
संविधान कस्तो थियो भन्ने कुरा नेताहरुलाई थाहा हुन्छ, सर्वसाधारण जनतालाई थाहा हुदैन । जनता त सुख शान्ति समृद्धि चाहन्छन्, त्यो कुरा २०१९ को संविधानले जनताले आवश्यकता र गच्छे अनुसार पाएकै थिए । जनताको स्तर पहाडको भन्दा केही माथि उठन सकोष भनेर कैलाली,कञ्चनपुर, बाँके, बर्दिया लगायतका तराई जिल्लाहरुमा पुनर्वास गरायो, राजा महेन्द्रले धेरै गरिव भूमिहिनहरुलाई हदबन्दी भन्दा बढी जग्गा कब्जा गरी बसीरहेका जमिनदारहरुबाट जफत गरी भूमिहिन गरिवहरुलाई वितरण गराएका थिए भने बाँकीहरु जो मदेशमा झर्न खोज्दछन्, उनीहरुलाई कुकाठ भएको ठाउँमा जग्गा आवाद गरी बसोबास गर्नु गराउनु बसेकालाई नउठाउनु भनि २०२७/४/३ को राजपत्रमा सूचना प्रकाशित भएको थियो । त्यही क्रममा वर्मामा रहेका प्रवासी नेपाली जो नेपाल आउन चाहन्थे उनीहरुलाई समेत महेन्द्रनगर कञ्चनपुरका विभिन्न ठाउँमा जग्गा तथा घरेडीको लागी महेन्द्रनगरकै फ्रिलाईनहरुमा फ्रि जमिन उपलब्ध गराएका थिए पछि उनै जनताले महेन्द्रनगर बजारमा राजा महेन्द्रको शालिक स्थापना गरेका हुन् ।
निर्दलीय पंचायत व्यवस्थालाई २५ वर्ष पुगेपछि पंचायती रजग जयन्तीमा महेन्द्रनगर बजारको दक्षिण तर्फ एक राम्रो पार्क र रजत स्तम्भ निर्माण गरेका थिए भने महेन्द्रनगर बजारमा राजा महेन्द्रको शालिक । माओवादी नामको आन्दोलनको अगाडी पछाडी राजा महेन्द्रको शालिक वेपत्ता पार्यो भने पंचायत रजत स्तम्भ तोड्न नसकेपनि संख मर्मत भने केही उखेली घरमा लगे केही तोडफोड गरी वेवारिसे जस्तो बनाई राखेका थिए । महेन्द्रनगरको एक मात्र स्थानीय पार्क निर्माण गरी त्यस भित्र ताम्रपत्रले छापेको सरस्वती मन्दिर र पंचायतको इतिहास झल्कने गरी २५ फिट अग्लो रजत स्तम्भ निर्माण भएको थियो । सुरु सुरुमा जव महेन्द्रनगर पालिकाले माली चौकिदार राखेका थिए त्यसबेला पार्कको सुरक्षा र सौन्दर्य बढेकोले त्यहाँ पार्कमा जानेको संख्या अधिक थियो । २०४७/०४८ पछि चौकीदार माली हटाई केवल आम्दानी गर्ने मनस्थितिले ठेक्कामा दियो । ठे. ले त्यहाँको घास दाउरा बेचेर त्यस मध्ये न.पा.लाई केही अंश दिने गर्यो । पार्क र स्तम्भको बेजोग भएपछि भीमदत्त नगरपालिकाका मेयरले त्यहाँको मर्मत सम्भार गरी इतिहास जोगाउने काम गरिरहेका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh