ई – दिशानिर्देश

किसानको खेती योग्य जग्गा बाढीले बनायो बगर

२७ असार २०७८, आईतवार
किसानको खेती योग्य जग्गा बाढीले बनायो बगर


पप्पु गुरुङ्ग,
दोधारा, २६ असार
दोधारा चाँदनी नगरपालिका वडा नं. १० का बल बहादुर गुरुङ्गले आफ्नो जग्गामा धान खेती गरे । धानको बीउ छर्न देखि रोपाई गर्न सम्म ज्याला लगाएका उनको मेहनत अहिले बगरमा परिणत भएको छ् । केही दिन देखि आएको बर्षा संगैको बाढीले धान खेती सखाप बनाएपछि उनी चिन्तित छन् । दोधारा चाँदनीको कुतियावकर नजिक रहेको बैतिफाँटा र सुर्खेती टोलका नजिक महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण किसानहरुको जग्गामा लगाएको धानखेती पुर्णरुपमा नष्ट बनाएको छ । उनिहरुको जग्गामा बाढीले बालुवा थुपारेपछि लगाएको धान खेती पुर्णरुपमा पुरिएर नष्ट भएको छ् । बैतिफाँटा र सुर्खेती टोलका झण्डै २ दर्जन भन्दा बढी किसानहरुको धानबाली बालुवाले पुरिदिएपछि किसानहरुमा के खाने भन्ने चिन्ताले सताएको छ् । महाकाली नदीमा पानीको बहाव तिब्र भएपछि जगबुडा नदीमा बाहव महाकाली नदीमा ठोक्कीएपछि नदीको भंगालो बैतिफाँटा र सुर्खेती टोलमा पस्ने गर्छ् । जगबुडा नदीमा पानी ओझरफ्लो भएपछि नदी बस्तीमा पस्ने गरेको कारण दोधारा चाँदनी नगरपालिका–१० का तटिय क्षेत्रमा बसोबास गर्ने बस्तीहरु डुवानमा पर्दै गएको स्थानियबासी मोहन सुनारले बताएका छन् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको बैतिफाँटा र सुर्खेती टोलमा केही दिन अघि आएको बाढीको कारण राम बहादुर सुनार, गगन सुनार, बल बहादुर गुरुङ्ग, लाल बहादुर सुनार, मान बहादुर सुनार, माया सुनार लगाएत दर्जनौ किसानहरुको धान खेतमा बालुवा जम्मा भएर धानवाली पुर्णरुपमा नष्ट भएको छ् । धानखेती गरेर उब्जनी बढाउने उनीहरुको सपना बगरमा परिणत भएको छ् । खेती गर्ने बेलामा पानीको अभाव, मजदुरको अभाव, मलबीउको अभाव, महंगो ज्याला लगाएतका समस्याका बाबजुद गरेको धानखेती क्षण भरमै बगरमा परिणत भएको मोहन सुनारले बताएका छन् । ‘ठूलै मेहनत गरेर खेत रोपेका थियौं, महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको बस्तीमा नदीको बाढी आएर एकै रातमै बगरमा परिणत बनायो’ स्थानिय किसान मोहन सुनारले भने– ‘अब दोहो¥याएर खेत रोप्न पनि सकिने अवस्था छैन् । जग्गा मरुभुमी बनाईसकेको छ् । चारैतिर बालुवा मात्रै छ् ।’ कोरोनाको डर बिच रोपेको खेत हेर्दा हेर्दै रोपोनै पुरेर बगर बन्यो, अब रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्तामा रहेको स्थानियबासी तथा युवा नेता प्रेम कार्कीले बताए । किसानले निकै मेहेनत गरेर लगाएको धानबाली नदीमा आएको बाढीले एक रातमै बगरमा परिणत गरिदिएपछि किसानहरुमा ठुलै समस्या आएका स्थानियबासी कार्कीको भनाई रहेको छ् । किसानहरुको मर्कालाई ध्यानमा राखेर स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकारले बैतिफाँटा र सुर्खेती टोल लगाएत बस्तीहरुमा तटबन्ध तथा पानी निकासाको दिर्घकालिन ब्यवस्था गर्नुपर्ने स्थानियबासी तथा युवा नेता प्रेम कार्कीले बताएका छन् ।
बाढीको कारण दजर्नौ किसानहरुले लगाएको धान खेती नष्ट गरेको बेला सरकारले उनिहरुलाई क्षतीपुर्ती समेत तत्लकालै उपलब्ध गराउने पर्ने कार्कीले बताए । जग्गा जमिन महाकाली नदी र जगबुडा नदीको बाढीले मरुभुमी बनाईदिएपछि किसानहरुलाई कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ताले पिरोलेको छ् । बस्तीकै धनी सम्पन्न परिवारको रुपमा चिनिने धनी किसानहरु प्नि अहिले आएर सुकुम्वासी हुने स्थिति सृजना भएको छ । यो क्रम नरोकिए बैतिफाँटा र सुर्खेती टोल लगाएका बस्तीहरु खोलानै बन्ने आशंका गर्न थालिएको छ् ।
दोधारा चाँदनी नगरपालिकाका–१० का कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शँन्ती टोल, अठार नम्वर पिल्लर बस्ती खोलाको धार परिवर्तन भएपछि सबै खेतीयोग्य जमिन असुरक्षित भएको छ् । ‘किसानहरूको घरखेत, जमिन जोगाउन कतैबाट प्रयत्न भएन्’ स्थानियहरु भन्छन्–‘जनता संग कुनै उपाय छैन, नगरपालिका देखि स्थानीय प्रशासन, प्रदेश सांसदलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको काम हुन नसक्दा वर्षै पिच्छे यहाँको खेत बगर बन्दैछ ।’

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh