ई – दिशानिर्देश

कानून भानुभक्तको रामायण जस्तो हुनुपर्छ

३ श्रावण २०७८, आईतवार
कानून भानुभक्तको रामायण जस्तो हुनुपर्छ


२ बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त


देशको कानून तथा संविधान सर्वसाधारण जनताले बुझ्ने भानुभक्तले लेखेको रामायण जस्तो सरल सुलभ हुनु पर्छ । देशका सबै जनताको साँझा कानून भएको हुँदा प्रष्ट बुझ्ने गरी लेख्नु अनुवाद गर्नु पर्छ किनभने, सबै नागरिक ऐन कानून विषय पढेका हुदैनन् । यदि सबै जनताले बुझ्ने गरि लेख्न सकिदैन भने संसदमा जति सांसादहरु छन् ति सबैले बराबर तरिकाले बुझ्ने गरी एकै प्रकार स्पष्ट अर्थ लाग्ने गरी लेख्नु पर्दछ । प्रधानमन्त्री, राष्ट्रपति र उनका सल्लाहकारहरु तथा महान्यायाधिवक्ताले समेत नबुझ्ने संविधान बनाई हरेक दफाहरुको अर्थ खुलाउन अदालतमा कवसम्म अर्थ लगाई माग्नुपर्ने हो । यदि सभासदहरुले पनि कानून संविधानको अर्थ नबुझि अनर्थ तर्फ जान्छन् पुर्व जाने बाटोलाई पश्चिम जाने हो भनि जनतालाई भुलभुलयमा फसाउँछन् भने देश कसरी जनताको भयो । देश त भ्रामक कानून संविधान बनाउनेहरुको मात्रै भयो हामी निहत्ता जनताको भएन । देशका प्रमुख विद्वानहरुले समेत नबुझ्ने संविधान ऐन कानून कस्ता निर्माण गरे नेताहरु, प्रधानमन्त्री राष्ट्रपति त संविधानको अर्थ खुलाई माग्न अदालत जान्छन् भने हामीले कहाँ को सँग जाने सबै काम अदालतको जिम्मा दिने हो भने ती अबुझ अनपढ सांसदहरुले देशको व्यवस्था कसरी मिलाउँलान र कार्यपालिकाले कसरी के को आधारमा काम गर्लान यो त चन्द्र सम्शेरको रातो कलम र मसी भएन र । फाँटवाला कारिन्दाको यो त यो नियमले मिल्दैन हजुर भनेपछि नमिल्ने कुरा रातो कलमले काटी अव त मिल्छ त भनेझै गर्नु वर्तमानको सभ्य समाजमा ठीक लागेन ।संविधान बनाउनेहरु नै जुन देशका विद्वानहरु संविधानको अर्थ अलग अलग लगाउँछन भने ति कस्ता सांसद सदस्यबाट निर्माण भएको संविधान हो जे अर्थ लगायो त्यही अर्थ र अनर्थ लाग्ने संविधान कस्ता हुन ती विद्वान भनिने कानून विदहरु । मुलुकी ऐन तथा अरु ऐन पनि हामीले पढेका छौं फलानो अन्याय गर्नेलाई रु ५ हजार जरिवाना या ५ वर्ष कैद अथवा दुवै सजाय गरिनेछ भनि अझै पनि उल्लेख गरेकै पाइन्छ तर कार्यान्वयन पक्षले बुझ्दैन वा बुझ पचाउँछ त्यो दफा किन र कसरी निर्माण भएको हो भनि नबुझे जस्तो गरी त्यो कानून सेवाग्राहीलाई देखाएर बार्गेनिङ गर्छ, यतिवर्ष कैद वा यति जरिवाना वा दुवै सजाय भनेको छ के गर्छौ भनि पिडित सित पनि बार्गेनिङ गरिन्छ भने विचार गर्नोस । त्यो दफा परिबन्दमा फसेका वालाहरुको प्रयोगको लागि हो अपराध गरेको छैन तर परिबन्दमा फसेको छ भने एक सजाएर जानी जानी अपराध गर्ने मनसायले गरेको भए दुवै सजाय गर्ने भन्ने मनसाय हो तर कायान्वयन गर्दा जस अपजस तथा अन्य लाभ लिन खोज्ने दफा चाही होइन । राष्ट्रको नियम कानून बनाई लागु गराउने काम सांसदहरुको रहेकोले सांसदहरुपूर्ण शिक्षित हुनु जरुरी छ ।
आदिकवि भानुभक्तद्वारा लिखित रामायण देशका सबै नागरिकले बुझ्दछन् त्यसको अर्थ खोज्न कही धाउनु पर्दैन भने हामी आफैले बनाएको संविधानको अर्थ खोज्न अदालत जान्छन् र आफ्नो पक्षमा नआए गाली गर्छन पुत्ला दहन गर्छन कस्तो मुर्खतापूर्ण घृणित सोच भएका सभासदहरु सित धेरै के भनौ । बाह्य वा आन्तरिक शक्तिवालाले फकाएकोमा र डलर उपलब्ध गराई दिएकोमा मख्ख पर्छन ।
राष्ट्रको भौगोलिक क्षेत्र तथा जनताका अधिकारहरु अठयाएर आफैसँग राखेका छन् । राजनीतिक विभाजन भौगोलिक हिसावले ७७ जिल्ला ७ प्रदेश बनाएको भए पनि तराईका सुगम जिल्लाहरुलाई बढी अधिकार र दुर्गम पहाडी जिल्लामा बरु तराईको भन्दा बढी सुविधा दिनुपर्छ जसरी दलितको नामले बढी सुविधा दिएको छ देशको पनि त्यस्तै हो । दुर्गम अर्थात पहाडी जिल्लाहरु र तराईका जिल्लाहरुले समान अधिकार पाउनुपर्छ तराईले ४/५ जना निर्वाचित सांसद पाउने पहाडी जिल्लाहरुले एक मात्र पाउनु कति जायज र नाजायज हो । समानुपातिक जनसंख्याको आधारमा पाउनेमा हाम्रो हस्तक्षेप छैन तर निर्वाचित सांसद सबै जिल्लामा बराबर हुनुपर्छ भन्ने जनताको आवाज छ सुन्ने की नसुन्ने सुने कसले सुन्छ ? सांसदहरु मिलेर जनतालाई बेबकुफ बनाउँन खोज्नु मुर्खता हो । हे सभासदहरु हो विधानको अर्थ मनपरी नलगाउँ सांसदको अधिकार अदालतलाई प्रत्योजन नगर ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh