ई – दिशानिर्देश

शिगास मन्दिरको दर्शन गर्न श्रद्धालु भक्तजनको घुइचो

३ श्रावण २०७८, आईतवार
शिगास मन्दिरको दर्शन गर्न श्रद्धालु भक्तजनको घुइचो


दिशानिर्देश समाचार
बैतडी, २ साउन
हरेक वर्ष साउने सांन्ति देखि पुजा आजा गरिदै आएको सातबहिनी भगवती र सात भाई केदार देवताका मन्दिर रहेको सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका को प्रमुख धरोहर पर्यटकिय स्थल तथा धार्मिक स्थल सिगास धुरामा बिगतका बर्ष झै यो बर्ष पनि दर्शनार्थीहरूले दर्शन गर्ने क्रम जारी रहेको छ ।
अरू बर्ष नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको भएपनि यो बर्ष भने कोरोना महामारीको
जोखिमका कारण सिगास गाउँपालिका भित्रका नागरिकको मात्र दर्शन गर्ने क्रम जारी रहने बताइएको छ । अरू बर्षहरूमा सिगास मन्दिर मा पूजाआजा गर्न दैनिक ३ देखि ४ सय जना का दरले भक्तजन आउने गरेको भएपनि यो बर्ष भने दैनिक ७० देखि ८० जना मात्रै आउने आशंका गरेको सिगास मन्दिर का पुजारी ले बताएका छन् । शिरको शिगास ठूलो नामले सिगास मन्दिर लाई २६ गढमा चिन्ने
गरेको पाइएको छ । सिगास मन्दिरको दर्शन गरेमा सोचेका, चिताएका, सबै मनोकामना पूरा हुने जनविश्वास रहेको छ त्यसैगरी चर्मरोग, निसन्तान, बाझोपन जस्ता समस्याको पनि निराकरण हुने जनविश्वास छ । सिगास मन्दिर मा साउन महिना को १५ गते सम्म पूजा गर्ने चलन छ । यसैबीच जिल्लाका त्रिपूरासुन्दरी, निङ्गलाशैनी, डिलासैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगास धुरा, दोगडाकेदार, उदयदेव मन्दिर परिसरमा श्रावण को महिना भरी दर्शनार्थी आउने गरेका छन् ।
साउन महिनालाई बिशेष महिनाको रूपमा लिने गरिन्छ । मन्दिरमा बत्ती बाल्ने चलन समेत रहि आएको छ साउन महिना भरी शक्तिपीठ तथा
मन्दिर हरू मा पुगेर बत्ती बाल्ने, भजन गाउँने, कृतन गर्ने लगायतका चलनहरू रही आएका छन् ।
अरु बर्ष मन्दिर तथा शक्तिपीठ हरू मा धेरै भीडभाड हुने भएको भएपनि यो बर्ष कोरोना भाइरसका कारण अन्य बर्षको तुलनामा कम भीडभाड भएको छ । साउन महिनामा मन्दिरमा पूजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहेकोले श्रावण महिनामा मन्दिरहरूमा भक्तजनहरू आउने गरेको सिगास मन्दिरका पुजारीले बताएका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh