ई – दिशानिर्देश

सिगास गाउँपालिकामा मदिरा बेचबिखन गर्न नपाइने

१० श्रावण २०७८, आईतवार
सिगास गाउँपालिकामा मदिरा बेचबिखन गर्न नपाइने


दिशानिर्देश समाचार
बैतडी, ९ साउन
बैतडीको सिगास गाउँपालिकामा अब देखि मदिरा बेचबिखनमा पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरिसकिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।
गाउँपालिकाको आठौं गाउँसभाबाट गरेको निर्णयलाई नवौं गाउँसभाले अनुमोदन गरेको उनले बताए । सिगास गाउँपालिकाको आठौं गाउँसभाले गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । मदिराका कारण विभिन्न खालका हत्या हिंसा र
अपराधका घटना बढ्दै गएपछि गाउँपालिकालाई मदिरा निषेधित गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन् । उनले भनिन् ‘हामीले गाउँपालिकाभित्र मदिराको कारोबार नगर्ने भनेर गाउँसभाबाट निर्णय गरिसकेका छौं ।
यो निर्णय कार्यान्वयनमा सहयोग पुर्याउन सबैलाई आग्रह पनि गरिरहेका छौं ।’ लाइसेन्स लिएका मदिरा व्यवसायीहरुलाई पनि लाइसेन्स
खारेज गर्न आग्रह गरिएको उनले बताइन् । मदिराको लाइसेन्स नवीकरण नगर्न सबैलाई सूचित गरिएको उपाध्यक्ष चन्दले बताइन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh