ई – दिशानिर्देश

नैैतिकतामा ह्रास आएको राजनीतिक बजार

१० श्रावण २०७८, आईतवार
नैैतिकतामा ह्रास आएको राजनीतिक बजार


बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

नेताहरुले सत्तामा पुग्न खोज्नु कुनैै अपराध होइन तर अपराध गर्र्ने नेताहरुले राजनीतिक बजार मैलो बनाई दिएको छ । जंंंगलमा पशु मृगहरुको झुण्ड हुन्छ किरा कमिलाको ताती हुन्छ । मौैरीहरुका गोला हुन्छन्, जंंगलको राजा बाघको पनि झुण्ड हुन्छ ति सबैमा आआफ्नै खालको नेतृत्व दिन एकको अवश्य आवश्यक पर्छ र दिईरहेका पनि हामी पाउँछौं ।
माहुरीको (रानो)ं रानी “रा” ले कर्म माउरी झै काम गर्न नसके पनि एकलाई राजा प्रमुख मौरी मानी कडा सुरक्षाका साथ राखेका हुन्छन् भने हरेक जनावरको बथानमा एकको नेतृत्व रहेको हामी पाउँछौ पशुहरुमा रहेका एकता अतुलनीय छ । तर मनुश्य जातीले एक व्यक्तिको नेतृत्व स्वीकार्ने अवस्था नेपालमा छैन ।
हाल नेपालमा बहुदलीय व्यवस्था छ अर्काको दलको नेतृत्व पार्टी सिस्टममा स्वीकार गर्दैछन् तर मिलीजुली सरकार बनाउन सक्छन्, नेपालमा २००७ देखि २०१७ तथा २०४७ देखि हालसम्म बहुदलीय व्यवस्थाले कोइराला तथा देउवाको नेतृत्वमा सो व्यवस्थाले ४० वर्ष शासन गर्यो बाँकी २०१७ देखि २०४६ सम्म २९ वर्ष पंचायत व्यवस्थामा राजाको नेतृत्वमा राष्ट्रको शासन सत्ता चल्यो । पंचायतको हातमा राष्ट्रको बरबुझारथ हुँदा विकास निर्माणका काम सुन्यबाट बरबुझारथ भएको थियो भारत सित विपीको पालामा कोसी गण्डकी बाँधका सम्झौता भएका थिए बाँकी केही थिएन । राणा शासनमा बनेको एसियाकै प्रथम फरपिङ पावर हाउस थियो सडक सञ्जालको कुरा गर्दा फर्पिङ सिंहदरबार नारायणहिटी सम्म ग्रोवेल सडक थिए अरु विकास कलकारखाना केही एिन । राजा महेन्द्रको सयम २०२८ को असोज सम्म मित्रराष्ट्र चीन, भारत रुसबाट पाइने सहयोग भारत बाहेक अरु देशबाट दिइने अनुदान नगद नमागी सम्बन्धित उद्योग, आयोजना निर्माण गरिदिन गरेको अनुरोधलाई स्वीकारी तयार भएपछि हस्तान्तरण मात्र गरेकाले कसैले कमिसन लिने दिने काम पनि गर्न पाएन । राजा महेन्द्रले पंचायती व्यवस्था निर्दलीयताको नेतृत्व केवल ११÷१२ वर्ष गरेका थिए । एक दशकमा उनले गरेका काम र त्यसपछि राजा विरेन्द्रले १८/१९ वर्षसम्म पंचायत निर्दलीयताको नेतृत्व गरी देशमा गरेका विकास निर्माणका कामहरु र २०४७ देखि हालसम्म गरेका सबै कामको तुलनात्मक मुल्यांकनको साथै नेपालको मान सम्मान नेपालका राष्ट्र प्रमुख प्रधानमन्त्रीको लागी विदेशमा हुने मात्र सम्मान परराष्ट्र नीति विश्व सितको सम्बन्धको समेत सक्छौ भने राजनीतिज्ञ विद्वान प्रोफेसर वकील पुर्व प्रधानमन्त्रीहरुद्वारा निस्वार्थ तुलना गरी प्रकाशित गरौं
र जनतामा छरेको भ्रमलाई शुद्ध पारौ ।
आज नेपालमा राजनीतिज्ञ छ भन्नेहरुबाट नैतिकताको ह्रास भएको छ । सर्वप्रथम जनताको अपमान हुने गरी ५ वर्ष सम्मको लागी निर्वाचितको ५ वर्षे म्याद समाप्त भैसकेको निर्वाचनको पनि घोषणा भई सकेपछि जनमत लिनुपर्ने ठाउँमा गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा माधव, नेपाल झलनाथ खनाल, पुष्पकमल दाहाल तथा केपी शर्माओली समेतको साझेदारीमा म्याद नसकिई गरिसकेको सांसदलाई बलजफतीका साथ अनधिकृत रुपबाट व्यूताउने काम गर्यो, जुन काम एकदम असम्बैधानिक थियो ।
विदेशी शक्तिको आह्वानमा राजा ज्ञानेन्द्रमाथि अनैतिक दवाव पारी हामी देशमा शान्ति ल्याउँछौं । शेरबहादुर देउवाको सिफारिसमा भंग भएको सांसदको ५ वर्षे म्याद समेत सकिएको भए पनि पुर्नस्थापना गरिदिनु पर्यो हामी राष्ट्रिय सहमति गरि देशलाई शान्तिपथ तिर लैजान्छौं भन्दै देशमा आतंक फैलाउँदै जाँदा जनता माझ गएर निर्वाचित भएर आउँ त राजाले भनेकै थिए तर मानेनन् ७ दलहरुले दिल्लीमा गएर भारतीय नेता सामु कबोल गरि सकेकोले गिरिजा, प्रचण्ड, माधव नेपाल, झलनाथहरुले चुनावमा जान न जनताको विश्वास आफूले गर्न सक्यो न जुन भारतीय नेताहरुले सात दल सित १२ बुँदे सम्झौता गराएका थिए उनलाई विश्वास पार्न सके । हुन पनि हो उनीहरुलाई कसरी विश्वास लागोस जसले आफ्नै घर जलाई खरानीको टिका लगाउँछन भने त्यस्ता विश्वासघातीहरुको कसरी विश्वास गर्नु आफ्नै देशका राष्ट्र प्रमुख राजाप्रति त विश्वासघात गरे भने भारतीय नेताहरु सित त यिनी अनेक बहाना बनाउन सक्छन् सक्दथे तर पैसाको र अन्य व्यक्तिगत आड भरोसामा डुवेका छन् । गद्दार भन्ने कुरा त थाहा थियो होला विश्वास गर्ने एकिन नहुँदा पहिले भारतले आफ्नो स्वार्थ पुरा गरिहाले ।
एसियामा राजाको स्थान स्वाभिमान गौरवपूर्ण रहन लाग्दा बहस तथा अन्य मुद्दा कुनै कुराले पनि राजालाई झुकाउन नसक्ने ठानिएका हर बखत सबैले सुनेकै थियौ । राजीव गान्धीको हत्या हुँदा रानी ऐश्वर्यलाई दोष दिन खोज्यो ।
भारतीय एजेन्टहरु नेपालभरीका मठमन्दिर सरकारी कार्यालयहरुमा प्राविधिक काम गर्ने भन्ने हैसियतमा बाक्लै उपस्थिति भईसकेको थियो । गाउँ घरमा समेत कवाडी सामान संकलनको नाममा समेत भारतीय गुप्तचरहरु ७५ वटै जिल्लाका गतिविधि लिन खटिएका थिए । उनीहरुले पनि नेपाली विद्यार्थी केही शिक्षक, कर्मचारी सुरक्षाकर्मीहरुबाट समेत जानकारी लिइ रहेका हुन्थे । नेपालमा भारत विरोधी गतिविधि तथा पाकिस्थानी नागरिक नेपालको बाटो भई नेपाल भारतको खुला सिमाना र दुवै देशका नागरिकप्रति भेदभाव नहुँदा त्यसको फाईदा उठाई भारतको गतिविधीलाई नियाल्न कति पाकिस्थानी नागरिक भारतद्धारा पस्दछन भन्ने कुराको पनि निगरानी गर्दथे ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh