ई – दिशानिर्देश

बादी बस्ती त्रिपाल मुनीको बास

१० श्रावण २०७८, आईतवार
बादी बस्ती त्रिपाल मुनीको बास


पप्पु गुरुङ्ग
दोधारा, ९ साउन
पुस्तौं देखि हेपिएका बादी समुदायको अझै पनि उनीहरुको जिवन शैलीमा परिवर्तन आएको छैन् । देश प्रजातन्त्र पछि संघिय गणतन्त्र सम्म आउदा बादी घरपरिवार अझै पनि समाजबाट हेपिएको महशुस गर्दै आएका छन् । दोधारा चाँदनी–३ बडवाल टोल बस्दै आएका बादी परिवारलाई संघियताले छोएको छैन् । दोधारा चाँदनी नगरपालिकामा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारहरुको गर्ने बिकास कार्यमा होड चलेको छ् । तर बडवाल टोलको बादी घरपरिवार बिकासको होडले उनिहरुलाई छोएको देखिदैन् । उनिहरु अझै पनि त्रिपालकै तल
रात बिताउनु पर्ने बाध्यता रहेको छ । वर्षा संगै आएको हावाले उनिहरुको त्रिपाललाई छिया–छिया बनाएको छ् । रातीभरी हावा पानीले उनिहरुको त्रिपाल च्याति दिन्छ् । बिहान च्यातिएको त्रिपाल सियरै रात काट्दै आएका बादीहरु बताउछन् । उनिहरुको छिमेकी घरहरुमा झलमल्ल बिद्युत बत्ती छ् । तर उनिहरुको घरमा आगोको सहाराले रात बिताउने गरेका छन् ।
रातीको समयमा आउने सर्पको डर उनिहरुमा रहदै आएपनि भुईमै सुतेर बादी परिवारहरु रात काट्दै आएका छन् । २१ औ सताब्दीको युगमा पनि उनिहरुको जिवनशैली निकै दर्दनाक बनेको प्रष्ट देखिन्छ् । बडवाल टोलमा ५ घरधुरीमा झण्डै ४५ जना बादीहरुको जहान परिवार सानो उकुसमुकुस त्रिपाल मुनी बस्दै आएका छन् । अहिले आएर उनिहरुमा साँझ बिहान के खाने भन्नेकै चिन्ताले सताएको बादीहरु बताउछन् । जगबुडा नदीको किनारमा माछा मारेर जीविको पार्जन संगै महिलाहरु गाँउ, बस्तीहरुमा धान गोडेर आएको पैसाले साँझ बिहानको उनिहरुको चुल्हो जल्दै आएको छन् । पुरुषहरु ज्यालादारीको काम नपाएर घरमै बस्दै आएका छन् । ‘हामी पुरुषहरुलाई कहिकतै महिनामा २÷४ दिन मात्रै काम पाउछौं । अहिले धानको सिजन भएको कारण महिलाहरुलाई धान गोड्ने काम पाएको कारण साँझ बिहानको गाँस टरेको छ्’ बादी परिवारका अगुवा बिरभाने बादी बताउछन् ।

‘मादल बनाउनको लागी छाला र काठ पाईदैन् । पहिला जस्तो मादलको माँग पनि आउदैन् । सबै डिजे साँउण्डले हाम्रो पेशालाई सक्कायो’ बिरभाने बादी भन्छन् । बिरभाने बादीको त्रिपालले छाएको उठारलाग्दो झुपडी छ् । जुन झुपडी हालै निर्माण गरी बिरभाने बादी र उनका परिवार बसिरहेका छन् । सो झुपडीको जग्गा समेत उनको नाममा छैन । अन्य जग्गाको कुरा त सपना जस्तै भईसक्यो । तत्कालिन सरकार र माओबादी द्धन्द्धको बेला ज्यान जोगाउन बडवाल टोलबाट भारत पलाएन भएका बादीका घरपरिवार केही महिना अघि मात्रै फर्केका हुन् । नेपाल सरकारले सुकुम्वासीहरुलाई जग्गा दिने सुनेपछि बादी घरपरिवार भारतबाट फर्केको उनिहरुले बताएका छन् । उनीहरु भारतको बिभिन्न स्थानमा ज्याला मजुरी गरि दिनचार्य बिताउदै आएका थिए । उनिहरुले स्थानिय सरकार, प्रदेश सरकार लगाएत बिभिन्न संघ–संस्थालाई आफुले छोडिगएको जग्गा पाँउ भनि गुहार गर्दा दोधारा चाँदनी नगरपालिकाले उनिहरुलाई घर सम्म बनाउन जग्गा र केही दिनको लागी राहतको राहतको ब्यवस्था गरेको हो । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले बादी परिवारको बिगतका दिनहरुमा जग्गा भए नभएको छानबिनको लागी दोधारा चाँदनी नगरपालिका वडा नं. ३ वडा अध्यक्ष पुष्कर जोशीको संयोजकत्वमा छानबिन समिति समेत गठन
गरेको हो । छानबिन समितिले केही दिनमै बादी परिवारको जग्गा छानबिन गरि नगरपालिका कार्यपालिकालाई प्रतिबेदन प्रस्तुत गर्ने बताईएको छ् । अहिले बादी परिवारमा छाक टार्नेकै समस्या छ । छिमेकीको घरमा साना छोराछोरीलाई मिठो मसिनो खुवाएको देख्दा आफ्नो घरमा आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनु परेको बाध्यता लक्ष्मी बादीको ह्दयमा बलियो गाँठो बनेर बसेको छ् । दुब्ला, पातला देखिने साना बालबालिकाले पूरै पेट खाना नपाएको लक्ष्मी बादीले बताएका छन् । ‘बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ’ लक्ष्मी बादीले भनिन्– ‘स्थानिय सरकार देखि राज्य मन्त्री मान बहादुर सुनारलाई हाम्रो समस्या हल गर्न बिन्ती गर्दै आएपनि हाम्रो कुरा सुन्ने कोही भएनन् ।’ लक्ष्मी बादीले भनिन् । यस्तै बादी परिवारका अर्का सदस्य रंगलाल बादीलाई छोराछोरी पढाउने ईच्छा भए पनि कपडा किन्ने, कापी कलम किन्ने पैसा नहुदा विद्यालय पठाउन नसकेको पीडा सुनाए । मादल बनाएर पनि बिक्री हुदैन, काठ र छाला पाउनै मुस्कील हुने रंगलाल बादीले बताए । गाँउ, बस्तीमा डिजे साउण्ड, मोबाईलका कारण मादल बिक्री हुन छाडेपछि पुख्र्यौली पेशा छाड्न बाध्य भएको रेशम बादीले पीडा पोखे । ‘मादल बनाउन काठ चाहिन्छ् तर सामुदायिक वनले जथाभावी काठ काट्न दिदैन, अनि हाम्रो पेशा कसरी चल्छ ?’ रेशम बादीले भने । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाई छ । पुख्र्यौली पेशा माछा
मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाई छ । आफ्नो सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जिवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले ठुलै संघर्षमा रहेको बताएका छन् । केही वर्ष अघि आफ्ना र अर्काका पीडा गित मार्फत सुनाउदै आवश्यक खाद्यान्न, पैसा संकलन गर्दै आएको यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् । उनीहरु अब आफै आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताउछन् । उनीहरुको ईच्छा स्थानीय सरकारले द्धन्द्धको बेला छोडिगएको जग्गा उपलब्ध
गराइदेओस् भन्ने छ् । दोधारा चाँदनी नगरपालिका, प्रदेश सरकार र दोधारा चाँदनी नगरपालिकामा कार्यरत बिभिन्न संघ संस्थाले जनता आवास कार्यक्रम संचालन गरि गरिबहरुलाई निशुल्क आवासको ब्यवस्था गरेको भएपनि उक्त आवास कार्यक्रमले बडवाल टोलका बादी समुदायलाई छोएको छैन् ।दलित तथा गरिबको नाउमा दोधारा चाँदनी नगरपालिका कार्यालय, संघिय सरकार र प्रदेश सरकारले आय आर्जन गर्न र जिवन जिउने गतिलो उपाय सहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् बादी समुदायको माग छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh