ई – दिशानिर्देश

राजसंस्थाको अपरिहार्यता

१० श्रावण २०७८, आईतवार
राजसंस्थाको अपरिहार्यता

इतिहासको पानाबाट
परिच्छेद–३
राजसंस्थाको अपरिहार्यता
श्री ५ महेन्द्रबाट सो चित्र प्रस्तुत गर्ने महत् कार्य बडो भव्यताका साथ सुम्पन्न भयो । आफ्ना पुज्य पुर्वजहरुद्धारा संस्थापित यिनै भव्यताका साथ सुसम्पन्न भयो । आफ्ना पुज्य पुर्वजहरुद्धारा संस्थापित यिनै मान्यताहरुका आधारमा श्री ५ महाराजाधिराज वीरेन्द्र बीर विक्रम शाहदेव संयुक्त राष्ट्र संघ तथा अन्य अन्तराष्ट्रिय रंगमञ्चका अरुका आन्तरिक मामलामा बाह्य हस्तक्षेप गर्न नहुने नीतिमा दृढ रही साम्राज्यबाद उपनिबेशबाट, जातिवाद, रंगभेद, अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउन, अविकसित तथा अल्पविकसित राष्ट्रहरुको चर्तुर्दिक विकास गर्न सह अस्तित्वका आधारमा विश्व भातृत्वको सम्बद्र्धन गर्न र विश्वशान्ति कायम गर्न अथक प्रयत्नशील होईबक्सिन्छ । श्री ५ वीरेन्द्रबाट नेपाललाई शान्ति क्षेत्र घोषित गरिबक्सेर विकासको लागि देशमा निर्विध्न शान्तिको वातावरण कायम गर्न चाहिबक्सेको हो ।
श्री ५ वीरेन्द्र देशभित्र जन मानसमा प्रवाहित राष्ट्रियताको प्राण धारालाई अरु अधिक तीब्र पार्न र नेपाल अधिराज्यको आर्थिक मेरुदण्ड लाई आफ्नै प्राकृतिक सभ्यताको माध्यमबाट सुदृढ पार्न कटिबद्ध होईबक्सिन्छ । मौसुफ सरकारको भव्य व्यक्तित्वमा एकतर्फ नेतृत्व प्रदान गर्न सक्ने बंशाणुगत क्षेत्रीय धर्मको दृढता परिलक्षित हुन्छ भने अर्कोतर्फ आफ्नो सिद्धान्तगत विचारलाई जन आकांक्षा अनुरुप राष्ट्रोन्नतिको कार्यमा परिणत गर्ने संकल्पनात्मक चारिञ्यको प्रोज्जवल रुप देखा पर्दछ । श्री ५ वीरेन्द्रको कर्मशील व्यक्तित्व र समुज्ज्वल चरित्र वस्तुत नेपाल अधिराज्यको भौगोलिक परिबेश, गरिमामय ईतिहास, सहिष्णुता र समन्वयमा आधारित संस्कृति, सगरमाथाको शिखरको उच्च्ता, तराई फाँटको विशालता आदि समष्टिको प्रतिक देखा पर्दछ ।
यर्थातमा विश्व ईतिहासको मानचित्र र राजनैतिक घटनाचक्र अध्ययन गर्दा कुनै पनि स्वतन्त्र तथा सार्वभौम सत्तासम्पन्न राज्यका भु राजनैतिक क्षेत्रफल घटबढ नभएर सधै एक समान रहेको उदाहरण पाईन्न यो एक स्वाभाविक राजनैतिक नियम हो, प्रक्रिया हो, विवशता हो । नेपालको भुराजनैतिक क्षेत्रफल पनि यस नियमको अपवाद छैन । यो कहिले विस्तृत भएको छ, कहिले खुम्चिएको छ र कहिले विस्तृत भएर पनि अनेक स साना राजनैतिक ईकाईहरुमा विभाजित भएको छ । जस्तो स्थितिमा पनि यसले आफ्नो जीवन्त अस्तित्वको स्वतन्त्रतालाई भने हर मुल्यमा जोगाउँदै आएको छ । आधुनिक युगको बदलिदो परिप्रेक्ष्यमा वादको विवादबाट सिचित राजनैतिक परिपाटी नेपाली राज्य व्यवस्थाको सर्वोपरी साध्यलाई अर्थात् सार्वभौमसत्ता सम्पन्न राष्ट्रिय अस्तित्वलाई निस्तेज लक्ष्य रही आएको छ ।
वास्तवमा यस सर्वव्यापी निर्वाध राष्ट्रिय सहमतिलाई क्रियाशील रुपमाअनुभुति गर्न गराउन दलविहिन पञ्चायत पद्धति प्रतिष्ठित भएको छ । यसरी राजसंस्थाको वदर नेतृत्व पाएर नै नेपाल आज देशभित्र चर्तुर्मुखी विकास गर्न समर्थ भएको छ भने देशबाहिर असंलग्न परराष्ट्र नीति र निर्भिक चरित्रले गर्दा आफ्ना मित्रहरुको संख्या बृद्धि गरी राष्ट्रको समुन्नतिमा हर प्रकारको सहयोग प्राप्त गर्न समर्थ भएको छ । संक्षेपमा नेपालको ईतिहासमा राजसंस्थाको स्थान राष्ट्रनायकको रुपमा निर्विकल्प र सर्वोपरी देखा पर्दछ । नेपालको राजसंस्था एकातिर जन आस्थाको आधारस्तम्भको रुपमा जन जीवनको आशा र आकाङ्क्षाको केन्द्र रहेको छ भने अर्कोतिर राज्यशक्तिको मुल स्रोतका रुपमा जनजीवनलाई संरक्षण प्रदान गर्ने र नेपाल राष्ट्रको सुरक्षा गर्ने सचेत प्रहरीका रुपमा देखा पर्दछ । एक वाक्यमा भन्ने हो भने राजसंस्था नेपाल राष्ट्रको सार्वभौमसत्ता संरक्षक, राष्ट्रिय एकताको प्रतिक राजनैतिक स्थिरताको स्तम्भ र बदलिदो अन्तराष्ट्रिय परिस्थिति अनुरु गतिशिल निरन्तरताको कारकतत्वको रुपमा आफ्नो भुमिकाको निर्वाह गर्न सतत सचेष्ट देखा पर्दछ । नेपालको राजसंस्था आफ्नो अधिकारको
संरक्षणप्रति उति चिन्तित छैन जति आफ्नो कर्तव्य पालनप्रति जागरुक छ । यस्तै नेपाली जनता पनि आफ्नो अधिकारप्रति उति चिन्तित छैन जति राजसंस्थाको सुदृढीकरण प्रति सचेष्ट छ । कारण नेपालाको राजसंस्थाले आफ्ना प्रजाको हक सुरक्षामा आफ्नो गाथ र गादीसम्म दाउमा लगाएको छ भने नेपाली जनताले राजसंस्थाको बैधानिक अधिकारको संरक्षणका लागि शहिद भएर आफ्नो प्राणको आहुलि दिएको छ । यसरी नेपालको राजसंस्था राजा र प्रजाका बीच कायम रहेको सुमधुर सम्बन्ध, अनन्य आस्था र अगाध विश्वासको समन्वय रुप देखा पर्दछ ।
३) स्थिरता एवं आधुनिकीकरणका मुल प्रेरक नेपालको राजमुकुट राजनैतिक स्थिरता कायम राख्न र नेपाललाई आधुनिकीकरणतर्फ डोर्याउन मुल प्रेरक रहदै आएको छ । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh