ई – दिशानिर्देश

राष्ट्रघातीका अनेक रुप

१७ श्रावण २०७८, आईतवार
राष्ट्रघातीका अनेक रुप


बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त


प्रसंग नेपालबाट नै सुरु गरौं कि राष्ट्रघाती र राष्ट्रियता दर्शाउदा जसरी जनता पत्याउँछन् त्यस्तै बोली बोल्ने गरेका धेरै उदाहरणहरु छन् । नेपालमा मानिसको संख्या थोरै छ तर कुनै बेला मनुष्य त कुनै बेला पशुतुल्य पशु बन्नेको संख्या अथाह छ । राष्ट्रको धर्म संस्कृति बचाउनको लागी धेरै लागी परेका छन् भने मास्नमा त्यो भन्दा ठूलो जमात दलालहरु लागी परेका छन् ।
राष्ट्रघातीहरु मन्द विष सेवन गराएझै
रहेका छन् । २००७ सालभन्दा पुर्व बनेको नेपालीहरुको अन्जान योजना अनुसार एक्कासी प्रजातान्त्रिक व्यवस्थाको उदय भयो ठूलो षडयन्त्र गरि राजा त्रिभुवनलाई भगाएर दिल्ली पुर्याए प्रजातन्त्रकै नाममा त्यसपछि राणा सरकारका प्रधानमन्त्रीलाई पनि बोलायो कुटनीतिक तरिकाले पंडित जवाहरलाल नेहरु गोखले लगायतका नेताहरुले नेपाललाई भारतमा विलय गर्ने बारेमा पनि छलफल भयो । अन्तमा
युवराज महेन्द्रलाई सोध्नु पर्यो रे युवराज महेन्द्र आफ्ना पुर्खाको कमाईको सुरक्षातर्फ लागेका थिए । युवराजलाई पनि त्यही विलयको कुरा गर्दा राजा झण्डा नेपालको राख्नु पर्यो अनि हुन्छ भनेपछि भारतीय नेताहरु ससंकित र डराए तापनि मन्द विष नेताहरुलाई खुवायो र काबुमा आए । त्यस बेलामा नेपालका युवा नेताहरु विपी, मनमोहन जस्ता सोझा इमान्दार नेतृत्ववाला भएकाले कुटनीति र कपटपूर्ण व्यवहार गर्न न जान न चाहे । अंग्रेज हटाउने अभियानमा पनि सहभागी भएका हुँदा भारत पनि हाम्रै देश हो भन्ने धारणा बोकेर सज्जन नेताहरुको कुनै वास्ता गरेनन । आज पनि हाम्रा नेता सामान्य छन कुनै देशप्रति आँखा गाड्दैनन् ।
जे मित्र देशका नेताहरुले मन्त्र दियो त्यही मन्त्र जपि रहन्छन् । नेतृत्वको आधारमा देशले प्रगति गर्छ, भारतमा अंग्रेजहरुको शासन थियो । उनीहरुबाट पनि थोरै सिके पनि हुने थियो, त्यस बेलाको जहानिय शासनमा पुर्व देखि पश्चिम सम्मको राजमार्ग निर्माण गरेमा जनश्रमदान खुसी वा बाध्यताबस अवश्य पाईने नै थियो । प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस थियो तर १९५० को नेपाल भारत मैत्री सन्धीले भारतको ओझेलमा पर्यो । हाम्रा नेताहरुको उमेर पनि थोरै कोही कोही त गदापच्चिसे पनि न नाघेका थिए । १० या २० वर्षे सम्झौता गरी
राजा महेन्द्र सित विकास निर्माणमा एकजुट भएर काम गरेका भए धेरै थोक गर्न सकिने थियो, त्यसपछि पनि द्रुत गतिले विकास तर्फ लम्की रहेको देशमा मित्रराष्ट्र भारतीय नेताहरुको सहयोगमा माओवादीको नामबाट देशको धन सम्पत्ति नष्ट गर्न लगायो, त्यसकै चपेटामा गरिव किसान कर्मचारी, शिक्षकहरुले ज्यान गुमाउनु पर्यो । खेतवारी बास गर्ने बादर बदेल, दुम्सीलाई मार्न हिम्मत नभएका सोझा जनताको छोराबाट उनी हाम्रा दाजुभाई छोराहरुलाई मार्यो । तर नेताहरु कोही पनि मारिएन बरु शान्ति भएपछि आरोपबाट बच्न माओवादी पार्टीलाई छोडी अरु पार्टीमा समाहित भएका छन् । १०/२० वर्षपछि सबै विर्सन्छन् हामी नै राष्ट्र निर्माताको सूचिमा बस्छौं भन्ने सोच राखेका (हलिया) खेतालाहरुले यो देशमा कस्तो संकट पैदा गरिरहेका छन् भन्ने कुरा जनताले बुझेका छन् आफैले छानी पठाएका नेताहरु केही सुध्रिन्छन् कि भनेर चुप बसेका छन् । सांघतिक अपराध हामी सामु छ बहुदलीय पार्टी सिस्टममा आफ्ना पार्टीका नेता संसदीय दलका नेताले तलमाथि गलत नेतृत्व दियो भन्ने कुरा लागेमा बहुमतद्वारा उसलाई बदली अर्कोलाई नेता बनाई उसै पार्टीको नयाँ संसदीय दलको नेताले सरकार बनाउने भन्ने व्यवस्था हुँदाहुँदै बहुमतमा रहेको नेकपाको सरकार गिराई अर्को पार्टीलाई सरकारमा लैजाने कम्युनिष्टका
मतियारहरुले कमनिष्ट आफ्नो पार्टी त गुमायो अव ने.का. पार्टीलाई गुमाउन व्यक्तिगत फाईदा लिई ने.का.का सर्पोटर बनेका छन् भने आफ्नै घरमा आगो लगाई फाईदा लिनेहरु भोली ने.का. का सभापति शेरबहादुर देउवाको सरकार तथा देशलाई धोका नदेलान भन्ने आधार पनि केही
छैन ।
यदि राष्ट्रको लागी भए त ने.क.पा.ले सुधारिएको आफ्नै सरकार बनाउनु पर्ने थियो अर्को पल्ट ने.का.को पालो आई हाल्दथ्यो । ने.का. त कुरेर बसेकै थिए आफ्नो पार्टीका नेता विरुद्ध गैर कानूनी तरिकाले सरकार बदल्नु ठीक थिएन । हो प्रधानमन्त्रीले संसद विघटन गर्यो,
पुनरबहाली पनि भयो त्यो २ महिने अवधीमा आफैले सरकार फेर्नुपर्ने भए फेरी बहुमत रहेको आफ्नै पार्टीको सरकार बनाउनु पर्ने थियो किन अग्रता लिएन । आज एमसीसीको बारेमा व्यापक विरोध भईरहेको भए पनि पास गर्ने इच्छा प्रकट गर्दैछन्, नेपाली सित अथाह पैसा छन् शेयर कित्ता आउँदैन । हामी लगानी गर्छौ अमेरिकन सहयोग लिन्नौ भन्ने ठाउँमा उल्टो गर्नुको अर्थ के हो ? यस्ता हजारौ रुपले राष्ट्रघात भैरहेको छ सक्नेले रोकौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh