ई – दिशानिर्देश

राजसंस्था र हिन्दु राष्ट्रको फैसला जनताले गर्नुपर्छ

१६ बैशाख २०७४, शनिबार
राजसंस्था र हिन्दु राष्ट्रको फैसला जनताले गर्नुपर्छ

नेपाली जनतालाई भाषणमा परमेश्वर मान्ने र भन्ने तर माओवादी, एमाले नेपाली कांग्रेस लगायतका ७ दलले नेपाली जनताको मत बेगर भारतको निर्देशनमा राजसंस्था र हिन्दु राष्ट्र हटाउनु नेपाली जनता माथिको घोर अन्याय हो । जे नेपाली जनता चाहन्छन् त्यो गर्नु नेताहरुको धर्म हुदा भारतको निर्देशनमा हटाएको राजसंस्था र हिन्दु राष्ट्र फिर्ता जनतालाई दिनुपर्छ ।

भारतको हस्तक्षेप र उसको प्रताव त राजीव गान्धीको पाला देखि भएपनि राजा वीरेन्द्र जिउँदै हुदा हटाउने हिम्मत न भारतलाई आयो न अन्य विश्वलाई । राजा राजसंस्था त यो विश्वमा धेरै छन् । भुटानमा त राजा छ, सिक्किमको राजालाई हाम्रो यहाँको जस्तै खेलखेली हटाई सकेकोले नेपालको हकमा राजाको ठाउँमा आज एमाले कांग्रेसको नेता पुष्पकमल बन्न पुगेका छन् ।

यस्तो खेलमा कुनै हिसाबले सामेल जेएनयूका प्राध्यापक एस.डि.मुनीले नेपालमा एउटा टेलिभिजन अन्तरवार्ता मार्फत् राजाले भारतको हित विपरित काम गरेकोले हट्नु परेको अभिव्यक्ति दिए भने अर्काे नेपाली सेनाले जनआन्दोलनको क्रममा हिंसात्मक दम नगरेको श्रेय श्यामशरणले तत्कालिन प्रधान सेनापति प्यारज· थापालाई त्यो नगर्न कथित चेतावनीलाई दिए ।

परिवर्तित परिवर्तन परिदृश्यमा भारतको सर्वेसर्वा भुमिका स्थापित भएको सन्देश उनी मार्फत् फैलिन थाल्यो । त्यति मात्र होइन भारतले सेनालाई दिने हतियार बन्द गरी माओवादीलाई दिन थाल्यो । भारतमा रहेका माओवादी सित वार्ता गर्न नसक्ने भारतले कसरी नेपाली माओवादीलाई सामरिक सहयोग गरे ? यस्तो कुरा नबुझ्नु नेपाली नेताहरुको बारेमा पनि अर्थ राख्छ ।

राजसंस्था त बैशाख ११ गते नै हट्यो । कांग्रेस र एमालेले माओवादीको एजेण्डा स्वीकार गरी अपमानित महसुस गर्नुप¥यो र नेपाली जनता महत्वपूर्ण निर्णयबाट बाहिरिए । त्यसपछि भारतले नेपालमा विश्वसनियता र प्रभावकारिता गुमाउने स्थिति बन्यो । त्यसैगरी दलाल र विदेशी हलियाहरु द्वारा पृथ्वीनारायण शाहलाई अपमानित गरी राष्ट्रिय एकता र अखण्डतामा प्रश्न गर्ने नियोजित छुट दिइयो ।

त्यति मात्र होइन धर्म निरपेक्षताको नाममा धर्म परिवर्तनको महंगो व्यापार सुरु गरी बदनियत पूर्वक नेपालको उचो शिर झुकाउने तर्फ विशेष भुमिका खेली रहेका छन् । पञ्चायत ३० वर्षमा विकास ग¥यो भने अब केही दिनमा ती भएका विकास भत्काउने छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh