ई – दिशानिर्देश

जब भोकाएको सर्पले टेनिस बल निल्यो (भिडियो सहित)

२ फाल्गुन २०७३, सोमबार
जब भोकाएको सर्पले टेनिस बल निल्यो (भिडियो सहित)

भोकले रन्थनिएर के खाउँ के खाउँ भएपछि अफ्रिकाका भोकमरीग्रस्त कतिपय देशका मान्छेले माटो खान थालेको घटना समाचारमा आउने गर्दछ । अस्ट्रेलियामा भने हालै भोकाएको सर्पले टेनिस बल खाइदिएको छ ।

घटना अस्ट्रेलियास्थित टाउन्सभिलेको हो । त्यहाँ एक व्यक्तिले आफ्नो घरको बगैँचामा एउटा सर्पलाई अनौठो अवस्थामा देखे । सर्प रन्थनिएर जमिनमा यताउता घुमिरहेको थियो । सर्पको पेटभित्रमा एउटा ठूलो गोलाकार वस्तु भएजस्तो गरी पेट उक्सिएको थियो र सोही कारणले उक्त सर्प अप्ठेरो मानेर रन्थनिएको थियो ।

सर्पलाई त्यस्तो चिन्ताजनक अवस्थामा देखेपछि उनले वन्यजन्तुको क्षेत्रमा काम गर्ने संस्थाका मान्छेलाई खबर गरे । तत्कालै उक्त संस्थाका मानिसहरु आए र सर्पलाई समाएर लगे ।

प्रयोगशालामा लगेर उक्त सर्पको एक्सरे गर्दा त उसको पेटमा एउटा टेनिस बल नै अडि्कएको देखियो ।

२० मिनेटको कोसिसपछि विज्ञहरुले सर्पको पेटमा रहेको बल मुखबाट बाहिर निकाले । त्यसपछि वन्यजन्तु अधिकारकर्मीहरुले उक्त सर्पलाई जंगलमा लगेर छाडे ।

सोसल मिडियामा टेनिस बल निल्ने उक्त सर्पको भिडियो अपलोड भएपछि खुबै चर्चित बनेको छ । एजेन्सी

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh