ई – दिशानिर्देश

के नगरपालिकाले सडक मिच्न पाउँछ ?

३१ भाद्र २०८०, आईतवार
के नगरपालिकाले सडक मिच्न पाउँछ ?

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३० भाद्र
नगर क्षेत्र भित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने काम
नगरपालिका स्थानीय सरकारको हो । यी काम गर्न गराउनेको लागी कसैले भन्नु पर्दैन आफै गर्नुपर्छ । महेन्द्रनगर लगायत देशका १० स्थान स्मार्ट सिटीमा परेकाले नयाँ तरिकाले व्यवस्थित निर्माण
भईरहेको अवस्थामा खानेपानीको सँगै पश्चिम तर्फको भूभागमा सडक मिचि भीमदत्त नगरपालिकाले घर बनाई बहालकर उठाई रहेको छ । स्वयम सडक बनाउनमा भीमदत्त नगरपालिका आफैले अवरुद्ध गरेको प्रष्ट देखिन्छ । आज नगर क्षेत्र भित्र सडक निर्माण गर्न सहयोग प्राप्त भएको छ यस्तो समय हमेसा पाईदैन । भाडो खान छोडी आफैले निर्माण गरेका भवन भत्काई सडक निर्माण गर्न दिनुप¥यो र सडक करिव करिव तयार हुनै लागेकोले त्यहाँका व्यापारीलाई अनेत्र ठाउँमा व्यापार गर्न बस्न चाहनेलाई निर्माण भएका अरु भवन विना प्रतिस्पर्धा बस्नु दिनुपर्ने जनताको भनाई रहेको छ । सडक निर्माण गर्ने काममा बाधा परेमा नियमित कारवाही गर्नु पर्नेमा भीमदत्त नगरपालिका आफै बाधक बनिरहेको समयमा जिल्ला प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी साँझा सम्पत्तिको दुरुपयोग गरेकोमा कारवाही गर्न ताकेता गर्न मिल्छ मिल्दैन ?
बाटो नबनेकोले नाली पनि बन्न सकेको छैन । त्यसबाट सेवाग्राहीलाई के कति मर्का परेको छ भन्ने कुरा सम्बन्धित निकायले तुरुन्त बुझी कार्यान्वयन गरोस । नगर क्षेत्रमा विना अनुमति कसैले भवन निर्माण गरि दुरुपयोग गरेमा कारवाही गर्नुपर्ने ठाउँमा आफै न.पा.ले सडक मिची भवन बनाई भाडा असुली रहेको कुरा कसले हेर्ने ?

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh