ई – दिशानिर्देश

किन र कसले तोड्यो भीमदत्तको शालिक ?

१० मंसिर २०८०, आईतवार
किन र कसले तोड्यो भीमदत्तको शालिक ?



दिशानिर्देश समाचार
महेन्द्रनगर, ९ मंसिर
महेन्द्रनगरको पंचायत रजत जयन्तीको पार्कमा राखिएको भीमदत्त पन्तको शालिक तोडने प्रयास गरेको प्रष्ट देखिन्छ । तोडन मार्वल सिमेन्ट प्लाष्टर तोडफोड भएको छ । यहि मंसिर ८ गते शुक्रबारको दिन शालिक तोड्ने प्रयास गरेको छ । शालिक तोड्नु भन्दा बरु महेन्द्र स्मारकमा राखिएको राजा महेन्द्रको शालिकको पुनस्र्थापना तर्फ ध्यान दिनु जरुरी थियो । राजाको शालिक राख्न नगरपालिका तथा अन्य कुनै पनि राजनीतिक पार्टी नेताको ध्यान गएको देखिदैन । दिशानिर्देश कञ्चन साप्ताहिक पत्रिकाले कैयौं पटक इतिहास मेटाउनु हुदैन शालिकको स्थापना गर्नुपर्छ भनेर समाचार, लेख, सम्पादकीय मार्फत १२ वर्षदेखि निरन्तर लेख्दै आएको थियो । भीमदत्त पन्त वास्तवमा महान शहीद किन हुन भने १९५० को नेपाल भारतको सन्धी असमान भएको भनि उनले कठोर विरोध गरेका थिए त्यस अर्थमा पनि यस पत्रिकाले लेखेको थियो भीमदत्त पन्तको शालिक राख्नलाई विवादित ठाउँमा राख्नु, भीम बाटिका अरु बाटिकामा टिपेक्स लगाई लेख्नु तथा निर्विवाद राम्रो ठाउँमा भीम बाटिका र शालिक राख्नु मात्र हैन कि महेन्द्रनगर नगरपालिकाको नाममा टिपेक्स लगाई भीमदत्त नगरपालिका बनाउनु उपयुक्त छैन एकै नामका २ नगरपालिका अवैध हो । कञ्चनपुरमा पनि महाकाली गरपालिका र दार्चुलामा पनि महाकाली नगरपालिकाको नाम राख्न मिल्दैन बरु नयाँ नगरपालिका हुँदा भीमदत्तको नामको हुनुपर्ने थियो । महेन्द्र्रनगरलाई महेन्द्रनगर नगरपालिका नै रहनु दिनुपर्ने जनताको आवाज छ । जग्गाधनी लालपुर्जा, नागरिकता, बसाई सराई, जन्मदर्ता, महेन्द्रनगर नगरपालिकाको नामबाट भएका छन इतिहास नमेटाउन इतिहास मटाउनु हुदैन भनेर समेत प्रकाशित गरिए तापनि कसैको ध्यान गएन । जसरी राजा महेन्द्रको रीसले उनका जस्तो नाम भएको महेन्द्रनगर नगरपालिकाको नाम हटाई भीमदत्त नगर नै नभएको ठाउँमा भीमदत्त नगरपालिका राखेकोमा भोली अरु कसैलाई मन नपरे पुरानै अर्थात महेन्द्रनगर शहरमा महेन्द्रनगर नगरपालिका नै हुनुपर्छ भन्यो भने के हुन्छ ? अझै सुध्रने ठाउँ छ महेन्द्रनगर न.पा. र भीमदत्तको शालिक भानुचोकको पुर्व दक्षिण अतिक्रमित स्थानमा राखी विशाल सुन्दर भीम बाटिका पनि उतै बनाए ठीक हुने थियो भन्ने जनधारणा रहेको छ । पाँच हजार व्यक्तिहरुको धारणा भएको सप्रमाण देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh