दिशानिर्देश समाचार
महेन्द्रनगर, ३० मंसिर
राजाको शासन र पंचायतको शासन पनि देखियो तर २०८० मंसिर २८ गते जस्तो हर्कत देखिएन । महेन्द्रनगरका जनता रहे मदन चोक देखि शहीद दशरचचन्दको शालिक सम्म ओपेरा होटल दक्षिण तर्फको क्षेत्र तथा महेन्द्र स्मारक चोकमा चारैतर्फ प्रहरीको घेरा देखियो पछि थाहा पाईयो त्यो क्षेत्रलाई निषेधित क्षेत्र घोाषणा गरेको रहेछ । निषेधित क्षेत्र त त्यहाँ लाग्छ जहाँ हुलदंगा भई अशान्ति हुन्छ त्यो क्षेत्रलाई निशेधित क्षेत्र भनेर तोक्न सकिन्छ तर त्यस्तो केही देखिएन, त्यो क्षेत्र किन निशेधित क्षेत्र रह्यो के छ त्यहाँ केही छैन केवल महेन्द्र स्मारकमा जसले महेन्द्रनगर शहरलाई आधुनिक डिजाइन गरी व्यवस्थित शहरको निर्माण गरेका हुन राजा महेन्द्रको शालिक थियो त्यो पनि द्वन्दको नाममा माओवादीको नाम बेची उखेली लगेका थिए त्यही ठाउँमा राजा महेन्द्रको शालिकको पुनःस्र्थापना गर्ने भन्ने केवल हल्ला मात्र गरेका थिए । राप्रपा जिल्ला कार्य समितिले यदि शालिकको पुनस्र्थापना गर्ने शुद्ध मन भएको भए त नगरपालिकाका प्रमुख सबै राजनीतिक पार्टीहरुका प्रमुख तथा जिल्ला प्रशासन, प्रहरी प्रशासन तथा नेपाली सेना, बन्च व्यापारी बुद्धिजिवी शिक्षक, प्रोफेसर लगायतका
राष्ट्रप्रेमी नागरिक सित यथास्थिति राखी कुरा गर्नुपर्ने थियो त्यस्तो गरेको पाइएन । राप्रपाका कुनै पदाधिकारीले हल्ला गर्दैमा कसैले तर्सिनु पर्ने त थिएन त्यो हल्लाकै भरमा केही क्षेत्रलाई निषेधित क्षेत्र तोकी अघोषित कफ्र्यू लागेको देख्दा महेन्द्रनगर बासी जनताहरु अचम्बित परेका छन । कसैको लहड सत्ता पक्ष होस वा विपक्ष जो भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभामा असर पर्ने काम गर्नु आमसभाको लागी मन्च नपाउनु निश्चय पनि प्रजातान्त्रिक अभ्यास सम्म पनि नभए जस्तो लाग्यो । शालिक राखेमा पनि के दोष थियो त महेन्द्रनगरको रजत पार्क बनेकै समयमा राखेको राजा महेन्द्रको शालिक हो जसको कार्यकालमा पहाडबाट खान लाउन नपुग्ने जनता तथा प्रवासी बर्मेली नेपालीको बसोबास गराएका थिए पैसा तिर्न नसक्ने बर्मेली नेपालीको लागी फ्रिलाईन भनेर घोषणा गरी निःशुल्क घडेरी दिई गाउँमा ४÷४ विगाहा जग्गा दिई बसोबास गराएको यथार्थ हो । पुनर्वासमा त एक हल गोरु, रासन पौष्टिक आहार तथा प्रति व्यक्तिलाई दैनिक एक अण्डा समेत नियमित दिई एक वर्षसम्म अर्थात आवाद गरी अन्न नफलेसम्म खाना खुवाई बसोबास गराएका हुन राजा महेन्द्रले त्यो एकदम सत्य कुरा हो गाउँ गाउँ गएर बुझे झन छर्लङ्ग हुनेछ । महेन्द्रनगरको महेन्द्र स्मारकमा राजा महेन्द्रनगरको शालिक त राप्रपाले भन्दा पनि नगरपालिका तथा नेपाल सरकारले राख्नु पर्दछ । नेपालका हरेक सहर अर्थात काठमाडौको टुडीखेलमा घोडामा चढेको जंङ्ग बहादुर तथा राणा सरकारका प्रधामन्त्रीका शालिक आजसम्म राजाको शासनमा समेत सुरक्षित राखी इतिहास जोगाउने काम जिवित रहेको छ । त्यस्तै महेन्द्रनगरमा पनि राजा महेन्द्रको शालिक रहन दिनुपर्छ भन्ने सारा जनताको
धारणा रहेको पाइन्छ । हिटलरका शालिक सद्धाम हुसेनका शालिकहरु तोडिएनन्, त्यो इतिहास हो रहेको छ । यहाँ राप्रपा त एक पार्टी हो सत्ताधारी लगायतका ८ दलहरुको बुद्धिविवेक हुनु पर्ने थियो सबैलाई बसाली छलफल गरी निचोड निकाल्नुपर्नेमा त्यो नगरी नगरपालिका समेत बहकावमा लाग्नु ठीक थिएन भन्ने जनधारणा रहेको छ ।