ई – दिशानिर्देश

ओरो आगा बाच्छो पाछा

९ पुष २०८०, सोमबार
ओरो आगा बाच्छो पाछा

पृत बहादुर विष्ट (प्रितम)
पुर्व क्याम्पस प्रमुख
पाटन बहुमुखी क्याम्पस बैतडी

१) ओरो आगा बाच्छो पाछा, इसो ऐल धेके ।
देशमा गणतन्त्र आयो, उल्टी बात लेखे ।।
२) कञ्चनपुर निषेध आज्ञा, कफ्र्यू डडेल्धुरा ।
संवैधानिक हक भोगका, मुटु लागी छुरा ।।
३)तिनचार मैना निषेधआज्ञा, उइबेला नाइलाग्यो ।
नौलाफल गणतन्त्रका, नेपालीले चाख्यो ।।
४)एक राजाले कुर्चि छाड्यो, हजार जन्मायो ।
खाडी मुल्क युवा बेच्यो, गणतन्त्र अन्मायो ।।
५) चालिसमा दुध बेच्या, साठीमा छाँइ किन्या ।
विदेसी विधान रै छ, ऐल साल चिन्या ।।
६) राजाको व्यवस्था ढल्यो, छयालिस सालमा ।
जवानी खाडीका देश, गणतन्त्र पालामा ।।
७) नेपाली भुटानी भेष, अमिर्काका पैल ।
संवैधानिक राजसंस्था कि, सोराइ लागी ऐल ।।
८) देश बनौन्या सपुतका, भाँचिया सालिक ।
भ्रष्टाचारी अपराधी, देशका मालिक ।।
९) कसैले टनकपुर बेच्यो, कसैले ललिता ।
गरिब दुनिया मारी, अपराध फलित ।।
१०) बगैचामा माली छैन, ओईलायो फुलभाडी ।
युबा सबै प्रदेशमा, जन्मभूमी छाडी ।।
११) दाजुभाई दिदीबैनी, इसोलै हुन्छ कि ।
देशको अवस्था हेरी, मनचित्त रुन्छ कि ।।
१२) कलिजुग भरपुर भया, सबै ठौर राज ।
पोतपानी जन्ताका दैलो, सरकार कि खाजा ।।
१३) सुनकाण्ड, जलरी काण्ड, थपियो ऐन सेल ।
नेपालको राजनीति, विदेशको खेल ।।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh