हामीले पटक पटक सुन्दै आएका छौ कि त्रिभुवन विमानस्थल, भैरहवा, पोखरा अन्तराष्ट्रिय हवाई स्थल विदेशी कम्पनिलाई सञ्चालनार्थ दिने भन्ने कुरा एकदम राष्ट्रको लागी हितकारी छैन । नेपालका हवाई मैदान भारतीयहरुलाई सञ्चालनार्थ दिई भारतीय सेना पनि सुरक्षाको लागी राख्ने हो भने के यो देश स्वतन्त्र हो ? देश त आन्मनिर्भर स्वतन्त्र स्वाधीन रहनु दिनुपर्छ व्यक्तिगत समूहगत पार्टीगत स्वार्थको लागी यस्ता काम गर्नु अत्यन्त दुस्टकर भावना बोकेको छैन भन्न सकिदैन । राष्ट्रको इन्धनको भण्डार, एयरपोर्टको व्यवस्थापन तथा सुरक्षा विदेशीको हातमा दिएमा निश्चय पनि देश नै असुरक्षित रहन जानेछ । देशको आन्तरिक तथा बाह्य सुरक्षाको व्यवस्था समेत सरकारले नै मिलाउनु पर्दछ । विज्ञ विदेशी सित सुझाव लिन सकिन्छ तर भित्रको यति विधि जानकारी गराउनु अवश्य हुदैन । देशका हरेक ठाउँमा आन्तरिक सुरक्षाको कडा व्यवस्था रहनुपर्छ । राष्ट्र तथा राष्ट्र प्रमुख देशको हरेक निकायको सुरक्षा गर्ने काम सुरक्षाकर्मी तथा सुरक्षा विज्ञहरुको हुनुपर्दछ । यदि राष्ट्र प्रमुख वा सरकार प्रमुखहरु स्वयम आफैले आत्महत्या गर्न खोजे पनि सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मी र विज्ञहरुले बचाउनुपर्छ । सेनाका प्रमुखले समेत आफ्नो सुरक्षा आफै गर्नमा कठिन हुन्छ उनको सुरक्षा जिम्मा लिएकाहरुले विशेष ध्यान दिनुपर्छ । अरुलाई त्यस्तै सुरक्षाको बारेमा कुनै ज्ञान हुदैन त्रिभुवन लगायतका अन्य अन्तराष्ट्रिय विमानस्थलहरुबाट देशको पुरा व्यवस्थाको चित्रण हुन्छ । मित्र राष्ट्रहरु सित गोप्य रहने कुराहरु पनि कैयौ हुन सक्छन भने यस्ता स्थानको सुरक्षा गर्न विदेशलाई हामी दिन खोज्दछौ र दिन्छौ भने निश्चय पनि हामी पंगु अवश्य हुन्छौं तर हाम्रो विमानस्थलको सुरक्षा व्यवस्था भने कडा भरपर्दो विश्वासिलो भने अवस्य रहनैपर्छ । बायुसेवा निगमको पुर्ण व्यवस्थापन सुरक्षाको ज्ञारेन्टी नेपाल सरकारको भएकोले आधुनिक तरिकाले सम्पूर्ण व्यवस्था मिलाउनु पर्छ । चीनमा अरु कुनै राष्ट्रबाट नेपालमा भित्रिने सुन, लागुपदार्थ र हातहतियार त्यति सजिलै सित हवाई सेवाको एयरपोर्टबाट पास भई बजारमा गई पक्राउ पर्नु जहाज अपहरण गर्न सकिने अवस्थालाई भरपर्दो नियन्त्रण गरेमा नेपालको हवाई सेवालाई कालो सूचिबाट अवश्य हटने छ । नेपालमा हरेक क्षेत्रलाई विश्वसामु पूर्ण बनाउनु पर्छ । नेपालका हरेक व्यवस्था तथा सुरक्षा निकाय तथा अन्य राष्ट्रसेवकहरु माथि विश्वले विश्वास गर्न सक्ने संगठन बनाउनुपर्छ । नेताहरु र सरकारले चाहेमा देशले भ्रष्टाचार र अन्याय अत्याचारबाट मुक्त भई देश कानूनी राज्यमा परिणत हुनेमा शंका छैन । नेपालको राजनीति धर्म संस्कृति, नेता सरकार तथा व्यूरोक्रेसी विश्वसामु भरपर्दो हुनैपर्छ । भ्रष्टाचार गर्ने बदमासी गर्ने त पंचायतकालमा पनि गर्थे होलान तर गाउँ स्तरका प्रधानपंच सदस्यहरु भने जनताको कामको लागी जिल्लाको सदरमुकाममा जाँदा घरबाट सामल लगेर जाने गर्थे । धेरै काम गोरेठो घोरेठा बाटाहरु सर्वदानमा नै गर्थे आज हेरौं ।