ई – दिशानिर्देश

महाशीवरात्री पर्व २०८०

४ चैत्र २०८०, आईतवार
महाशीवरात्री पर्व २०८०

धार्मिक रुपबाट महाशिवरात्री पर्वलाई मान्ने गरेको थियौं र छौ पनि पहिले शिवरात्रीको लागी इच्छा भएका र सक्नेहरु कोही पशुपतिनाथको मन्दिर काठमाडौंमा गई शिवको दर्शन गर्थे भने बाँकी महेन्द्रनगर कञ्चनपुरको मात्र कुरा गर्दा २०२७ सालदेखि २०५३/५४ सालसम्म त पुनर्वास, बेलौरी र केही व्यक्तिहरु कैलालीबाट मात्र हैन कञ्चनपुर जिल्ला भरी दोधारा चाँदनीबाट समेत महेन्द्रनगरको शिवधाम क्षेत्रमा शिवजीको दर्शन गर्न तथा मेला भर्न हजारौ मानिस भक्तजनहरु आउने गर्दथे । मेला ३ दिनसम्म रहने हुँदा टाढा टाढाबाट आउने इष्टमित्र सित भेट गर्न पाउने एक मात्र मौका थियो । टेलीफोन सेवा थिएन मोवाइल त ५८/६० तर्फ मात्र पहुँच पुगेको हो त्यो पनि सिमित व्यक्तिहरु सित मात्र । यस्ता चाडपर्वहरुले केवल हाम्रो धर्म संस्कृतिलाई मात्र उजागर नगरी परस्परमा भेटघाट आपसी भाइचारा, सुख दुःखका क्षण आदान प्रदान गर्ने मौका समेत प्राप्त भएका छन । २०२७ सालमा महेन्द्रनगरको एयरपोर्ट जाने बाटो देखि मूल नहरसम्मको पुरै क्षेत्रमा भीडभडाका भई ठाउँ अपुग हुन्थ्यो । मन्दिरको हकमा भने सानो मुर्ति मात्र थियो ४÷५ ठाउँमा एक साथ डेउडा खेलहरु र अरु गीतहरु पनि गाइने गर्थे । महिला र पुरुषको अलग अलग ठाउँमा खेलिन्थे । बजारमा बाटो घाटोमा साइकल सम्म लैजान सकिदैनथ्यो ।
त्यतिबेला स्कुटी मोटरसाइकल त कसै सित पनि थिएन । साना दुई पाङ्ग्रे यातायात साधनमा साइकिल बाहेक अरु केही नभएको र भेटघाटको लागी पनि फोन मोबाइल पनि केही नहुँदा धार्मिक तथा सामाजिक र सार्वजनिक भेटघाटको एक मात्र मिलन स्थल थियो । शिवधाम क्षेत्रमा लाग्ने महाशिव मेला अचेल त राजमार्ग नहर किनारा, भासी जिमुवा ब्रहमदेव, तिलकपुर, भम्केनीधान, बेलौरी, झलारी, कृष्णपुर लगायतका सबै क्षेत्रमा महाशिवरात्रीको मेला भर्ने काम भए तापनि शिवधाम क्षेत्रको भने महत्व घटेको छैन बरु बढेको पाइन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh