ई – दिशानिर्देश

जनता माथिको हस्तक्षेप राष्ट्रको सोक

४ चैत्र २०८०, आईतवार
जनता माथिको हस्तक्षेप राष्ट्रको सोक

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

आज नेपाली कांग्रेस माओवादी नेता प्रचण्डले धोका दियो गठबन्धन एक्कासी तोडिदियो भन्ने गुनासो गर्दैछन, धोका त जनतालाई यी सबै नेताहरु मिलि दिएका हुन । जनताको इच्छा थियो निर्वाचनमा ने.का.लाई भोट दिने तर ने.का.ले भन्दै गयो माओवादीलाई देउ मलाई अर्को ठाउँबाट दिनु भन्दै प्रचार गर्दै जनताका अधिकारहरुको हनन् गर्दै भने त्यही प्रकारले जनताको मन थियो माओवादीलाई मत दिने तर जव मतदान केन्द्रमा पुग्न लागे अनि माओवादीको आवाज आयो आज मलाई नदिई ने.का.लाई देउ हामीले गठबन्धन गरेका छौं अर्कौ मतदान केन्द्रबाट हामीलाई दिनु यो केन्द्रमा कांग्रेसलाई देउ भन्दै गए ने.का. र माओवादी मात्र हैन एमालेले पनि त्यस्तै भन्दै गए जनताले मन परेको नेता र उम्मेदवारलाई मतदान गर्न पाएन
जनताका अधिकारहरु हनन् गरे राजनीतिक पार्टीहरुले । जनतालाई मन परेको पार्टी उम्मेदवार छान्न दिएन, गठबन्धन त आफूले पाएका मतहरुमा जुन पार्टीले जति सित जितेको छ त्यसमा मात्र गठबन्धन गर्ने अधिकार हो राजनीतिक पार्टीहरुको । जनताका मत लुटेर माओवदीलाई नदिएको भए मलाई माओवादीले धोका दियो भन्न पाउने अवस्था रहने नै थिएन । त्यसकारण माओवादीले कांग्रेसलाई धोका दिएको नभई नेपाली कांग्रेसले जनतालाई धोका दिएको हो । जनताको मन थियो ने.का. लाई मत दिने तर आफ्नो उम्मेदावर नदिई माओवादीको उम्मेदवार दियो जनतालाई बेबकुफ बनाएको थियो भने त्यस्तै खेल अरु पार्टीहरुद्धारा खेल्न लगाई सबैमिलि जनतालाई बेबकुफ बनाउन लगाई जनताको अधिकारको हनन् सबै पार्टीहरुले गरेका थिए ।
ने.का.ले माओवादीलाई भोट देउ भनेकाले मात्र हामीले दिएका थियौ आज माओवादीले धोका दियो त्यो वाहियात हो हामीलाई आफूखुसी भोट दिन दिएको भए त हामी कांग्रेसलाई नै दिइ राखेका थियौं हामीलाई वेवकुफ बनाई माओवादीलाई दोष दिन पाइन्छ त ? बुद्धिमत्ता विद्वान वकिल भएर प्राकृतिक कानून नियम मिचेर सिद्धान्त विहिन भै माओवादीलाई भोट देउ भनि करबल गर्ने आफ्नो उम्मेदवारी जनता सामु नदिने कांग्रेसले आज कुन मुख र नीतिले माओवादीलाई दोष दिई रहेको छ ? आफूले जनताबाट निर्विवाद पाएका सिटहरुमा गठबन्धन गर्ने हो हाम्रा मतको गठबन्धन गर्ने अधिकार कसैलाई पनि छैन । जनताका अधिकार हनन् गर्नु नै राष्ट्रको सोक हो ।
शासन सुव्यवस्था राम्रो होस र जनताले मत दिई निर्वाचित भएका सांसदहरुबाट छानिएको जो सुकैको सरकार भए पनि जनताको सरकार हो हाम्रो मान्यता छ भन्छन जनताले ।
सत्ता त आज यौटामा जान्छ भोलीका दिन अर्कोमा जान्छ जसले गरे पनि उसले पाउँछ सत्ता भने छलछाम गरी जनता राष्ट्रलाई धोका दिने काम गर्नु ठीक छैन । वर्तमानको अवस्था केवल सत्ता नै प्रमुख भएकोले माओवादीले कांग्रेस सित गरेको कबोल नतोडनु भन्ने केही छैन । १५ हजारलाई शहीद बनाएर प्राप्त गरेको सत्ता कांग्रेस रिसाउछ भनेर चुप बसी रहनु पनि जायज हैन । खतरा मोल लिने माओवादी नै भएको हो भन्ने सबैलाई थाहा छदैछ भने उसले सत्ता लिनमा के दोष ? माओवादीलाई सरकारमा पु¥याएको जनताले हो ने.का.ले हैन न.का.ले चित्त बुझाउनु पर्ने धेरै कारणमा मुख्य कारण एक हो रुखमा छाप नलगाई माओवादीलाई दिनु भन्नु नै महामुर्खता हो, प्रचण्डको यसमा केही दोष छैन । जंग बहादुरले के कति
गरेर सत्ता प्राप्त गरेका थिए भने त्यस्तो ने.का. सित के गरे प्रचण्डले गरे त जे पनि राम्रो नराम्रो जनताको लागी
गर राम्रो गरे पुनः प्राप्त गर्ला नगरे झर्ला केही छैन । यो अवस्थामा जे गरे ठीक गरे भन्ने भन्दै गर्छन जनताको लागी नौला नौला काम गर्नु तर देशका सबैलाई समेटी शासन गर्नु बन्देजको राजनीति मात्र खराब हो समेटिने सबैलाई समेटी शासन गर्नु भएमा अग्रपंक्ति प्राप्त हुनेछ । आ–आफ्नो पार्टीको नीति नियम बमोजिम कांग्रेसले आफ्नै लागी भनेर मत माग्नु पर्ने
थियो । माओवादीको लागी मत माग्नु त निर्दलीयता पो देखाएका हुन बहुदलिय व्यवस्थामा निर्दल खोज्नेलाई किन मत दिने भनेर जनताले बुझ्न पनि समय लाग्ने देखिन्छ ।
बहुदलीय व्यवस्थामा सबै दलका आफ्नै अलग सिद्धान्त हुन्छन जो दलको नीति जनतालाई मनपर्छ त्यसमा नै मत दिन्छन, तर जनचाहनाको चकनाचुर गर्नु पार्टीहरुको धर्म हैन त्यस कारण कुनै पनि पार्टीले अधर्मी काम गर्नु हुदैन बरु सरकार बनाउन जति सिट प्राप्त भएन भने अरु दल सित मिल्नु गठबन्धन गर्नु जायज हो । किनभने अल्पमतको सरकालाई संविधानले स्वीकृति दिएको छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh