बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
हाम्रो यता तर्फ बैतडीका विकट गाउँ जहाँ पनि सिचाईको लागी कमै हुन्छ तै पनि अषाढ महिनामा रोपाई गर्नुपर्ने बाध्यता मात्र हैन कि रोपाईको दिन गाउँभरी मनमिलेकाहरु समाजवादकै झल्को आउने गरी रोपाई खेत तयार भई सकेपछि घरको कुनै मानिसको मृत्यु भएमा बाहिर ननिकाली भित्रै राखेर पनि रोपाई छोडनु हुदैन गर्नुपर्छ भन्ने कहावत मान्यता पनि थियो । २०२७ साल असाढ १३ गते राती मेरै गाउँले नातेदारमा भाउजु नाता पर्ने एक महिलाको मृत्यु भयो म रोपाईको लागी खेतवारीतर्फ नै थिए । विहान तथा पाए कि लेकको घरबाट मसानतर्फ लैजान लागेको एक सबयात्रा देखियो गोरु खेतमा मात्र पु¥याएका थियौं सोधपुछ गर्दा नातेदार रहेछन मेरा घर गाउँका सबै मलामी गए म भने मेरा जेष्ठ पिता ज्यू सित ३० रुपैया मागेर म घरबाट देहरादून जान्छु भनि हिडे । विहान घरबाट निस्की बेलुका भारततर्फ झुलाघाट पुगी हाले २४/२५ सालतर्फ पिथौरागढबाट कच्ची एक लाईनको सडक झुलाघाट पुगी सकेकोले बसहरु दिनमा १/२ चल्दथे म विहान ५ बजेको बसबाट टनकपुरको लागी हिडे रात परि सकेको थियो बाटो एक लाइन र तिब्र मोड भएकाले १२ घण्टा भन्दा बढीको समय लाग्यो वर्तमानमा भने ६ घण्टामा पुगिन्छ । त्यो दिन म टनकपुरमा नै बास बसे एक हिमालय नामको होटल थियो खाना बस्नको भाडा २/५० लियो त्यही बसे, यौटा फोटो पनि खिचाए जुन पछि मेरो सिटरोल फाराममा पनि लगाए । देहरादून जान भनेर आएको भए पनि टनकपुरमा पुग्दा मन बदलियो टनकपुरबाट आर्मीको व्यारेक हुदै महाकाली किनारै किनार बनबसाको पुलमा पुगे । पुल देखेर रहर लाग्यो हेर्नको लागी पुलको माथि चढे हेरे फर्के तल झरे अचेल हल्ला गर्छन कि बनबसाको पुलमा नेपालको पनि झण्डा थियो भन्छन धेरै जनताहरु मैले भने त्यहाँ भारतको तिरंगा मात्र देखे नेपालको कुनै नाम निसान नै थिएन । पुलदेखि गड्डाचौकीसम्म पैदल आए त्यो बीचमा सानो जंगल थियो पछि नहरको लागी भनेर २८ सालमा रुखहरु काटिए । हिन्दै आउँदा जहाँ अचेल भारतले गेट बनाएको छ त्यही पुर्व तर्फ सात नम्बर पिल्लर देखे त्यो पिल्लरको पश्चिम तर्फ अंग्रेजीमा नेपाल व्रिटिस बण्ड्री भनेर लेखेको थियो सेता मार्वलमा । पछि नहर खनिदा त्यो लेखेको भाग माटोमा पुरिएको छ पिल्लरको उचाई केही बढाएको छ । नेपाल र अंग्रेजको सिमाना भनेर लेखेको पाउँदा म अचम्बित भए किनकि २७ सालमा त त्यहाँ भारत थियो ।
महेन्द्रनगर पुगेपछि पहाडबाट तथा वर्माबाट प्रवासी नेपालीहरु महेन्द्रनगरमा बसोबास गर्दै थिए, मेरो सोच पनि जमिन बनाउनेतर्फ गयो हिरापुरमा कर्नेल हिक्मत बहादुर विष्टजीका पिता रहनु हुन्थ्यो उनको परिवारले हामीलाई आदरपुर्वक हेर्थे र म मेरो साथी लगायत २/३ जना हिरापुर गयौं बिहान महेन्द्रनगरबाट हिडी बेलुका त्यहाँ पुग्यौ ज्यादै राम्रो सुन्दर उर्वरक भूमि हिरापुरमा बस्ने मन त भयो तर सदरमुकामबाट टाढा हुँदा बस्ने मन लागेन र महेन्द्रनगर फर्के । असाढको २०/२५ गतेतर्फ कञ्चनपुर जिल्ला अदालतको श्रेष्ताफाँटमा वार्षिक हिसाव बन्द गर्नुपर्ने थियो साथीको पहिचानले मलाई हिसाव गरीदिन भने मैले ७÷८ दिन लगाएर वर्ष भरीको आम्दानी खर्च जोडी हिसाव गरे क्याल्कुलेटरको जमाना थिएन हातैले जोड्नुपर्ने । न्यायाधीश कुलप्रसाद उपाध्याय खुसी भएर २०२७/४/४ मा मलाई स्थायी नियुक्ति दियो तहवीलदार पदमा पद स्थायी थियो मैले पनि रुची लिएर काम गरे । ०२८ सालमा नै म जिल्ला प्रशासनमा पुगे त्यस बेला गाउँ पंचायतको चुनाव थियो म देखतभूलिमा गए रांगा गाडीमा राती राखी जंगलको बाटो डरलाग्दो थियो हामी २ जना र एक रांगा वाल थियो
रातभरी हिडेपछि विहान पुगिने रहेछ । याहाँ राजमार्ग आउने हो भनि रुखमा छपान गर्दै थिए २९/३० सालतर्फ रुख काटी सडक बन्न सुरु भयो । लालझाडीको जंगलमा डाँका लाग्थ्यो एक पटक बैतडी पुर्चौडीबाट एक हल गोरु र एक भैसी लिएर पइदल पिताजी आउनुभयो बाटोमा १३/१४ दिन लाग्यो । अत्तरिया डडेल्धुरा सडकको रेखांकन भैरहेको थियो के सडक पुग्ला त भनेर हामी अचम्ब मान्दथ्यौं । २०३५ सालमा जिल्ला सभापति वीरभद्र जोशीको समयमा सतवाजदेखि गोठालापानी सम्म जनसर्वदानमा मोटरबाटो भिरपखान भएको ठाउँ बाहेक अरु ठाउँमा निर्माण भैरहेको थियो । ३७/३८ सालसम्मत डडेल्धुरा सम्म सडक निर्माण भईसकेको थियो । समयको गति हेर्दै जाँदा ४३ सालमा खोड्पे पाटन बैतडी सडक पुगेको थियो भने बझाङ सडक दुदिलाखानसम्म कच्ची कटिङ भैसकेको थियो । समयको गतिसँगै आज खटाली विजयपुर पुर्चौडीहाट तथा भटनासम्म सडक पुगी सकेको छ । जव राजा विरेन्द्र योजना आयोगका अध्यक्षता पनि आफैले गरेका थिए । त्यस बेला सबै भन्दा ७५ जिल्लाहरुको सदरमुकाममा सडक पु¥याउने अनि मात्र इलाका गाउँतर्फ लैजाने भनेर देशको विकास निर्माणको लागी एक सय वर्षसम्मको लागी योजना तयार गरिसकेको भए पनि १० वर्ष प्रजातन्त्रको नाममा विलम्ब भयो भने १० वर्ष माओवादी द्वन्दले ढिला हुन गएको थियो । सुदूरपश्चिममा यसरी नै चलेको थियो विकास यात्रा । अव जाउ निजी यात्रातर्फ, हाम्रो जिल्ला अलमोडा भएको बेला सोर पिथोरागढको खास चल्ती थिएन व्यापार केन्द्र बजार अल्मोडा थियो । केही कागज तमसुकमा मैले पढन सुनेको थिए जिल्ला अल्मोडा भन्ने त्यो कुरा हो । ६५/६६ वर्ष पुर्वको त्यति मात्र याद छ बाँकी त्यसबेला चासो भएन । पछि त सोर पिथौरागढमा नेपाली किल्ला छ भन्ने सुनेको थिए र हेर्ने रहर पनि थियो घरबाट नुन आदि सामान कपडा खरिद गर्न सोर पिथौरागढ आउन्थ्यौ कहिले कसै व्यापारीको बराण्डामा रात विताउथ्यौं त कहिले नेपाली धर्मशालामा त कहिले ओराडमा नेपाली किल्ला हेर्ने मौका र साथी नै पाएन २०२५/२६ सालतर्फ पनि टाढाबाट दिवाल मात्र हे¥यौं जव म बैतडी र दार्चुला जान थाले नेपाली किल्ला हेर्नकै लागी एक दिन पिथौरागढमा हमेसा बास बसेर हेर्ने गर्थे । ६४/६५ सालसम्म त त्यहाँ पर्यटकीय क्षेत्रको ठाउँमा तहसील कार्यालय राखेका थिए भने ७२/७३ सालतर्फ पुनः पुनः हेर्न जाँदा त्यहाँ बोर्ड नै लगाएका छन भनिएको छ यो किल्ला पृथ्वी गुसाईको गोरखाको लागी किल्लाको चारैतर्फ ढलान गरेको बौण्ड्री पर्खाल लगाउन लागेका थिए ।