ई – दिशानिर्देश

पार्किङको व्यवस्थाहुन आवश्यक

११ चैत्र २०८०, आईतवार
पार्किङको व्यवस्थाहुन आवश्यक

महेन्द्रनगर बजार क्षेत्रमा कही पनि सवारी साधनको लागी पार्किङ नभएकोले व्यापारीहरुले आफ्नो पसलकै अगाडी राखेकोले भिडभाडाका र असुविधा हुने हुँदा बजार क्षेत्र वा वरपर सरकारी वा निजी भवन बनाउँदा अनिवार्य गरी पार्किङको व्यवस्था गर्नुपर्ने र महेन्द्र स्मारकमा बस्नको लागी सौन्दर्यता फूल विरुवा रोपण गर्न तथा महेन्द्रनगरका स्थापनाकार राजा महेन्द्रको शालिकको पुनःस्थापना गरी पानीका फोहराद्वारा बजार क्षेत्रको सौन्दर्य बढाउने खालका कृयाकलाप गर्न तथा पुरानो बसपार्क क्षेत्रमा गुरुयोजना अनुसारका कृयाकलाप सौन्दर्य पार्क व्यापारिक आधुनिक भवन, सवारी साधन राख्न पार्क महेन्द्रनगरको सुन्दरता झल्काउने घण्टाघार टावर निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
त्यो क्षेत्रमा गैरकानूनि तरिकाले निर्माण गरेका तथा गर्न लागेका नक्सापास नबनाई बनाएका भवनहरुलाई तुरुन्त भत्काई सर्वसाधारणको साँझा सम्पत्तिको संरक्षण समेत गर्न सम्बन्धित निकायमा अनुरोध गर्दछौं ।
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh