ई – दिशानिर्देश

शान्ति क्षेत्र प्रस्ताव अन्तमा किन असफल भयो

११ चैत्र २०८०, आईतवार
शान्ति क्षेत्र प्रस्ताव अन्तमा किन असफल भयो

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

राजा विरेन्द्रको शुभराज्याभिषेकमा राजाबाट नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव राखेकोमा अन्तमा ११६ राष्ट्रबाट समर्थन प्राप्त भयो तर छिमेकी राष्ट्र भारतबाट समर्थन प्राप्त भएन । प्रकाशित नभए पनि विश्वका रुस अमेरिका लगायतका साना ठूला देशहरुले नेपाललाई शान्ति क्षेत्रको प्रस्तावमा समर्थन जनाउनु केवल भारतले नजनाउनुको मूल कारण जानी नजानी नेपालीलाई अस्थिरता पैदा गरि सिक्किमीकरणको आसमा डुबेको थियो । सिक्किीमीकरण त फूलमाला मिठाई खुवाएर त हुदैन मर्न र मार्नु नै पर्छ जस्तो सिक्किममा भयो । राजाको विरुद्धमा खुलेर भिडन नहुने तर राजसंस्था रहेसम्म देशलाई मोड्न नसकिने निश्चित भएकोले पंचायतको बेलाको संविधानमा राष्ट्रलाई शान्ति क्षेत्र बनाउने प्रस्ताव कायम राखेकोले २०४६ सालको आन्दोलनपछि २०४७ को संविधानमा शान्ति क्षेत्रको प्रस्ताव नेपाली नेताहरुले नै बाहिरीको इसारामा हटायो ।
त्यति मात्र हैन जस्तोसुकै अपराध गरे पनि मृत्युदण्ड नदिन पाउन संवैधानिक व्यवस्था २०४७ ले गरेको छ । मृत्युदण्ड त दिएन त्यसको ठाउँमा १७ हजार निर्दोष निमुखा जनताको हत्या भयो ग¥यो के त्यो नै प्रजातन्त्र र मानव अधिकारको पालना भएको हो । हुन त धेरै पटक उल्लेख गरी सकेको छु तै पनि प्रसंग बस भन्नैपर्ने हुन्छ भारत त हाम्रो मित्र देश र अवशय हो तै पनि नेपाललाई अप्ठ्यारो परेको बेलामा होस वा अप्ठ्यारो पारेरै भए पनि आफ्नो पक्षमा सम्झौता लैजाने गरेको छ । १९५० अर्थात २००७ सालमा नेपालको भूमि जो सुगौली सन्धीले गुमेको थियो अंग्रेजले छोडेर गएपछि फिर्ता लिई हाल्छकी भन्ने डर भएकोले नेपाललाई अल्मल्याउन नेपालमा पनि प्रजातन्त्र ल्याउँछौं भनेर नेपालका नेताहरुलाई विवस पारे त्यसको बदला अंग्रेजले सुगौली सन्धीमा लिएको भूमि नेपाललाई नदिई भारत आफूले राखे । त्यस्तै अन्य गोप्य सोचहरु राखी नेपालमा प्रजातन्त्र ल्याउँछौं हामी पनि मदत गर्छौ । विद्रोह गर राणाहरुको जहानिया शासन फाल्न भनेर जे जे पंडित नेहरुले सिकाए त्यस बेलाका नेपाली नेताहरुले त्यही गर्दै गए । नेपाल टुलुटुलु भएपछि आफूखुसी गर्न पाइन्छ भनेर राणा
सरकारलाई तह नलगाई हटाउने काम भयो शासन त नेपाली नेताहरुले गरेका थिएनन् । राणाहरुले नै गरेकोले नेपाली नेता र राणाहरु मिलेर नेपालको शासन भार समालेमा भारतले दवाउन नसकिने निश्चित थियो र राजा, राणा, जनता र नेताहरुमा फाटो ल्याई विभाजन गर्ने काम भयो । त्यसको फाइदा भारतले लिएको छ र लिदैछ ।
नेपाललाई शान्ति क्षेत्र बनाउने तर्फ उसको बदनियत थियो जुन नेपालले बुझ्न सकेन र अशान्तमय बनाउने उसको इच्छा त थियो तर प्रयोगमा नेपाली नेताहरुलाई नै लियो । देशमा आतंकको सुरुवात शहरबाट हैन गाउँबाट गराउन सुरु भयो त्यसबाट के देखाउन खोज्यो भने त्यो जनक्रान्ति थियो जनताको साथ थियो तर वास्तवमा त्यस्तो हैन जनता त ढाल मात्र थिए लड्नमा जनता अगाडी आएकै हैन विद्यालयहरुमा शिक्षकहरुलाई धम्क्याई विद्यार्थीहरुलाई लगेर ढाल बनाई आफूहरुले आक्रमण गरेका यथार्थ हुन । नेपाली सेनाहरुलाई फिल्डमा उत्रन दिएन किनभने सरकारमा जो थिए ति सबै मिलेका थिए र सेनाको बढी क्षति भयो । १० वर्षे द्वन्द जस्ता अरु द्वन्दलाई जन्माउनकै लागी नेपालको संविधान २०७२ मा पनि मृत्युदण्डको व्यवस्था हटाएको छ ता कि नेपालमा शान्ति त चाहिएकै छैन अशान्तिमय देश भए स्वदेशी विदेशी षडयन्त्रकारीहरु लाई खेल्न सजिलो हुन्छ । बडो कमाण्डका साथ भन्ने गर्छन हाम्रो नेताले देशमा शान्ति ल्याउन माओवादीलाई शान्तिमा ल्याएका हुन तर अशान्त फैलाउने को थिए त्यसको बारेमा सबै चुप छन । यी हरेक हर्कत हेर्दा जवसम्म संविधानमा पनि शान्ति क्षेत्र बनाउने भन्ने उल्लेख गरिदैन तब सब कसैले नेपालमा शान्ति आउला भनेर नसोचे हुन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh