ई – दिशानिर्देश

आकासे पुल हैन कि आकासे सडकको आवश्यकता

११ चैत्र २०८०, आईतवार
आकासे पुल हैन कि आकासे सडकको आवश्यकता

काठमाडौं शहरमा यातायातको चाप बढेको त छदैछ, सडक निर्माण भईरहेकै भए पनि ट्रलि बस सेवा हटाएकोले यात्रीहरुको चाप नि कम भएको देखिदैन । हरेक ठाउँमा बाटो काटन कठीन भएकोले आकासे तथा सुरुङ पुलहरु बनेका छन र बन्ने क्रम जारी नै देखिन्छन । सडक र सडक बत्तिको स्तर २०३८÷३९ साल भन्दा पछि फर्केको छ । आवश्यक पर्ने ठाउँहरुमा सडक ट्राफिक बत्ति छैन यी सबै कुराको मनन् गर्दा काठमाडौं भक्तपुर र ललितपुरका तीन शहर जोड्ने तथा थानकोट देखि नै आकासे सडकको जरुरत परेको देखिन्छ । पछि मेट्रो रेलको लाईन बनाउन सके फरक नपर्ने गरी आकासे सडकको निर्माण गरेमा यी तिन शहरमा नै यातायातको चाप कम देखिने थियो ।
आकासे पुलहरुबाट सुविधा भन्दा पनि असुविधा महसुस भैरहेको पाइन्छ । आकासे पुलबाट पैदल यात्रीहरु हिड्न खासै मानेको देखिदैन । पुलमाथी चढेर रमिता हेर्ने बालबालिका बढी देखिन्छन । पुलमा उक्लन ओर्लन पनि पहाड चढेजस्तो कठिन जस्तो मानेर धेरै यात्रीहरुले सडक बाटो काटी रहेकै देखिएकाले र पैदल यात्रीको संख्या घट्दै गएको तर दुई तिन तथा चार पाङ्ग्रे सवारीका साधनहरु बढी प्रयोगमा आएकाले अवको अवस्था सकेसम्म थानकोटदेखि पुरै काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला सम्म मेट्रो रेल सेवा भरसक भूभिगत निर्माण गर्न सकेमा शहरको मध्य भूभागमा पनि पुग्न सकिने हुँदा कुरा चले अनुसार चीन सरकारले मेट्रो रेलको सर्वे गर्ने भए नेपाल सरकारका विशेष योग्य टोलीद्वारा समेत दिर्घकालीन टिकाउ हुने गरी गुरुयोजना तयार गर्नुपर्ने देखिन्छ । हवाई मैदानसम्म आकासे वा भूमिगत सडक वा मेट्रो रेल सेवाको आवश्यक ठान्दछौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh