ई – दिशानिर्देश

माओवादी, सरकारको युद्धले जनतालाई असर

२१ चैत्र २०८०, बुधबार
माओवादी, सरकारको युद्धले जनतालाई असर


बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

विश्वमा कुनै पनि देशका नेताहरुको माथि उक्लने सिडीको रुपमा जनतालाई लिएका हुन्छन । हामी जनताको लागी लड्छौ र जनतालाई समृद्ध बनाउँछौं हामी जे जे भन्छौं र माग्छौ सहयोग भनेर जनता सामु जान्छन नेताहरु । जनता निस्कपट सज्जनताकै आधारमा जे जे भन्छन त्यही कुरालाई जनता काटन् सक्दैनन् र स्वीकारी हाल्छन । सरकार उही नेताहरुबाट नै बनेको हुन्छ । यदि नेताहरुले जनताको लागी राम्रै गर्न चाहेका हुन भने नेताहरु त नीति निर्माण तथा सांसदमा रहेर बसी बसी पनि जनताको हित गर्न सक्छन जनता माझ गई एक अर्काको विरोध गर्नु पर्ने त काम नै छैन ।
जस्तो कि मदन भण्डारी लगायतका एमालेका नेताहरु सांसदमा थिए सांसदमा बसेर आवाज उठाई कर्मचारी र जनताको लागी जे पनि गर्न सक्ने अवस्था छदाछदै कर्मचारी आन्दोलनमा झण्डा समाती जुलुसमा सहभागी भएकाले कर्मचारी संगठन एमालेकरण भयो । कर्मचारीको एकतामा अनेकता आयो र कर्मचारीको बल घट्यो । त्यस्तै बाबुराम भट्टराई लगायतका नेताहरु संसदमा थिए जनताको लागी राम्रा काम जे पनि गर्न सक्थे गाउँमा गई जनता भड्काउने काम गर्नु थिएन । जव ७ दलहरु एकजुट भई जे जस्तो काम गर्न चाहन्थे त्यो काम त संसद भवनको टेवुलमा बसेर ७ दलहरु निर्णय गर्न र चाहेको जनहित कार्य गर्न सक्दथे । सजिलै सित सात दलहरुले मात्रै पनि संसदमा बसेर गर्न नसकिने काम केही थिएन । सत्ता सांसद सरकारमा भएको बेलामा केही गर्न नसकि सरकारको विद्रोह अर्थात देशकै विद्रोहमा उत्रेर पहिलो पटक त माओवादी नामका योद्धा निर्माण गरी गाउँ गाउँमा गई प्रहरी चौकी, बैंक साना किसान योजनाहरु नष्ट पार्ने काम हुँदा सरकारी सेना पनि प्रतिकारमा उत्रिदा पटक पटक माओवादी र सरकार बीच युद्ध भयो तर त्यो युद्धमा केवल सानो पदका मानिसहरु मारिए ठूलो तहका दुवै पक्षका कोही पनि मारिएनन् ।

माओवादी नेता र सरकार पक्ष युद्ध भयो जुन दश वर्षसम्म त जनताले प्रत्यक्ष दुःख पाए भने अप्रत्यक्ष रुपले त आजसम्म जनताले दुःख पाई रहेकै छन । सही गलत जे भए पनि युद्धरत रहने नेताहरु सरकारमा रहने पनि नेता नै हुन विद्रोहमा रहने पनि नेता नै हुन समूहगत स्वार्थको लागी युद्ध गर्ने माओवादी र सरकार मोज हेर्ने पार्टीका नेताहरु दुःख झेल्ने सर्वसाधारण जनता किन भने दुवै पक्षले जनताको लागी जे गर्ने मन सोचेका थिए त्यो हुन सकेन । सात आठ दलकै नेताहरुले संविधान लेखे सही छाप गराउन सांसदहरुद्धारा गरायो बहुमत छ कि छैन भन्न हात उठाउन लगायो सत्ता पक्षले अनि हात के कति उठे पक्षले चाहेको काम गर्नलाई भन्ने निस्केन बहुमतले पास भयो भनेर मन लागेका कुरा पास गरी दिन नत्र अरु पक्षले जे जति सत्रप्रतिशतले हात उठाए पनि उल्टो अर्थ लगाई उल्टो काम गरि दिदा त जनताको झन व्यवइज्जती भई धज्जी उडेको छ । कसरी पाए त जनताले दुःख प्रजातन्त्र नामको गणतन्त्रको अध्ययन गर्दा देश छोड्न पाउनु पनि प्रजातन्त्र नै हो भन्लान होला पनि जनतामा प्रत्यक्ष असर परेको बारेमा कुरा गर्दा २०४२/४३ सालमा मात्र काठमाडौंमा गारमेन्ट उद्योग, गलैचा उद्योगको लागी ठाउँ नै थिएन ।

हेटौडा कपडा र बुटबल धागो कारखानाको बजार प्रसस्त थियो । ५०/६० हजार कामदारहरु कारखानाहरुमा काम गर्थे नेपाली जनताले सबैभन्दा बढी रुचाएको राम्रो र बलियो हेटौडाको कपडा तथा बासवारीको जुत्ता थियो । रोजगारीको कुरा गर्दा कपास विकास समिति थियो कपास स्वदेशी नै थियो । कञ्चनपुरको बेलडाडीमा समेत कपास विकास समितिको नाउमा जग्गा थियो आज के भयो कहाँ गयो ललिता निवासको जस्तै बेचिखायो कि छदैछ थाहा भएन । बालुवाटार ललिता निवासको जग्गा हड्पेझै ग¥यो कि बाँकी छ थाहा भएन । यस्तै यस्तै गरेकाले रोजगारी गुमेका करिव ५०/६० हजार युवाहरु मध्येका २०/३० हजार र बाँकी १/२ लाख थप युवा विदेश पलायन भएका मध्ये आधा जतिले विदेशकै पिआर नागरिकता लिइ सकेकाले यहाँ आउदैनन् । यसरी नै जनतालाई माओवादी र सरकारको युद्धको असर परेको छ । कम होइन बढी रहेको छ, नेताहरुले होस पुगाउनु पर्ने ठान्दछु ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh