ई – दिशानिर्देश

राजा राजालाई चाहिएको हैन हामी जनतालाई हो राजा चाहिएको

९ बैशाख २०८१, आईतवार
राजा राजालाई चाहिएको हैन हामी जनतालाई हो राजा चाहिएको

हामी नेताहरुको भाग हिस्सा खोसेर राजालाई दिने पक्षमा त छैनौ तर देशको मानसम्मान उद्योग कलकारखानाबाट विदेशी मुद्रा मुलुकमा दलाल मार्फत मोटो रकम लेनदेन गरी विक्री गरी रहेको अवस्था मात्र हैन मुसलमानहरुको घरेलु कामदारको लागी आफ्नी स्वास्नी छोरी बहिनीलाई पठाई त्यहाँ उनीमाथि घरेलु हिंसा यौनजन्य अपराध भई रहेका घटना प्रसस्त छन भने धेरै राजीखुसीले नेपालको बदनाम गर्ने खालका पनि छन ।
हामी देउकी प्रथा माथि हेला गर्ने नेपालजी आज राजीखुसीले देशले नै त्यो भन्दा तल्लो स्तरको काममा दलाल मार्फत पठाई सरकारले कमिसन खानु मानव बेचविखन गर्नेे लगायतका काम कुरा हामीले त ७५/८० वर्षसम्म देशको अवस्था देखेका छौ । राजसंस्थाको उपस्थिति रहेको बेलाको नेपाल र आजकोमा के फरक छ सबैलाई थाहा छ त्यही मानसम्मान फर्काइ राष्ट्र जोगाउनको लागी नेताहरु तथा जनताको संरक्षणको लागी राजसंस्थाको आवश्यकता हो । हामी त राजा देखि खिन्न छौ रिसाएका पनि छौ जनताको नासो जनतालाई नसोधी प्रचण्ड, देउवा, ओली लगायतका २/४ जनाले भनदैमा राष्ट्रघाती गिरिाजको विश्वासमा जनताको नासो ती अपराधी गिरिाजको हातमा दिनु उपयुक्त थिएन । अव हामीले हाम्रो नासो सुरक्षित राखी दिन मात्र राजालाई अनुरोध गरेका छौं । माते खेतमा मलजल गर्न छोड्दा खेत विग्रेझै भएको छ । आज नेपाल उद्योग कलकारखाना सञ्चालनको लागी सहयोग नमागी मेरा नागरिकलाई कमारा कमारी बाधा मजदुर बनाई देउ भनि विदेशी सित सम्झौता गरि नेपाली उद्योग कलकारखाना बेची मस्ती गरेको हामीले कसरी सहने । केपी ओली जी लगायतका नेताहरुको संरक्षण र मान मर्यादाको लागी राजसंस्थाको आवश्यकता छ । समयमा नै होस पु¥याउ जथाभावी भाषणका जस्ता कुरा नगर्न पनि सचेत गराउँछौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh