हामी नेपाली जनता आफूले नखाई अरुले खाई दिए आफ्नो पेट भरिने भए त खाना पनि नखाने रैछौं । सुपको मात्र कुरा गर्दा पनि अरबौं खरबौं रकम लगाएर सरकारले महाकाली सिचाईको नहर तेस्रो योजना सम्म पुगि सक्यो । नहर गड्डाचौकी देखि बेलौरीसम्म पुगी सकेको छ । ब्रहमदेव देखि अत्तरीया कैलाली तर्फको काम धमाधम भईरहेको भए पनि चैत्रको अन्तदेखि अषाढ कम्तीमा पनि तीन महिनासम्म खेत बाझा छन, गाई गोरु सडक तर्फ छोडी सकेकाले घाससम्म लगाउदैनन् । तिन महिनाको अवधीमा दलहनमा मोङ मात्र पनि लगाई दिएमा प्रत्येक खेतवालहरुले मोङ लगाई १/१ बोरासम्म फलाई दिएपछि दाल नेपालमा नै आत्मनिर्भर हुने निश्चित छ ।
तिन महिनामा त दलहन तेलहन बाहेक मकै जडीबुडी समेतको खेती तथा चैते धान लगाई प्रसस्त अन्न उब्जाउन सकिने अवस्थामा मेहनत गर्न छोडेर भारतबाट चामल दाल तेल आयात गरी रहेका छौं हामी नेपाली कृषक भारतमा कृषि वैज्ञानिकहरु प्रत्यक्ष फिल्डमा गई खाद्यान्नको बारेमा अनुसन्धान गरी कृषकहरुलाई मदत गर्छन । नेपालमा २०२९/३० सालतर्फ त जेटीए गाउँ गाउँमा गएर कृषकलाई सिकाउने काम गर्थे । आजभोली भने कुनै पनि प्राविधिक गाउँमा देखेकै छैन । पहाड तर्फको
कुरा गर्दा प्रसस्त सुखा फलफुल हुने ठाउँहरु छन तर न कृषकको चासो छ न सरकारको । पहाड तर्फ जहाँ सिचाईको व्यवस्था छैन त्यहाँ आकासे पानीको टंकी निर्माण गर्न हाम्रो सुझाव रहेको छ ।