ई – दिशानिर्देश

नेपाल अंग्रेज युद्ध र नेपाली माओवादी सित नेपालको युद्ध

९ बैशाख २०८१, आईतवार
नेपाल अंग्रेज युद्ध र नेपाली माओवादी सित नेपालको युद्ध

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

खासगरी युद्ध दुई देश या त्यो भन्दा बढी देशहरु सित हुने गर्छ र युद्ध त्यसलाई नै भन्ने गरिन्छ, जुन युद्ध आफ्नै देशका नागरिकहरु बीच वा सरकार सित हुन्छ त्यो अवश्य पनि युद्ध होइन द्वन्द हो राजनीतिक पार्टीहरु बीच कुरा मिलेन द्वन्दात्मक परिस्थितिको सुरुवात सिर्जना भयो भने त्यसलाई खास गरेर गृहयुद्धको संज्ञा र पहिचान दिएको छ ।
जस्तो कि नेपालमा २०५२ देखि माओवादीहरुको पार्टी सित असन्तोष बन्यो अनि मात्र द्धन्दको पहिचान अगाडी आयो जव देशमा राजसंस्था थियो त्यसबेला प्रत्यक्ष अप्रत्यक्ष केही कुरा कुनै पार्टीले पनि उठाएन र ४६ साल फागुन ७ गते प्रजातन्त्र प्राप्तिकै दिन पारी आन्दोलन भयो चाकसीवारीमा चन्द्रशेखर लगायतका केही भारतीय नेताहरुले प्रजातन्त्रको
पुनरबहालीको माग अगाडी सारे । प्रजातन्त्र होइन कि बहुदलीय व्यवस्थाको पुनःस्र्थापनार्थ आन्दोलन भयो ४६ चैत्र २६ गते नै निर्दल हट्यो बहुदलीय व्यवस्थाको बहाली भयो । राजा संविधान भित्र बाधिए, संवैधानिक राजसंस्था नेपालमा राख्ने सहमति सबै पार्टीले गरे विद्धानहरुको सभाद्धारा संविधान २०४७ को निर्माण भयो संविधानबाट मृत्युदण्डको सजाय हट्यो । सार्वभौम सत्ता नेपाली जनतामा निहित रह्यो । राम्रै प्रकारले चलीरहेको बेला थियो भए पनि लगभग ४० माग राखी माओवादी बामहरुले ज्ञापन पत्र नेपाल सरकारका प्रधानमन्त्री सेरबहादुर सामु पेश गरे तर माग मध्ये १/२ सम्म पुरा गरी बाँकी विस्तारै गर्ने छौ भनेको भए त राम्रै हुने थियो तर माओवादीका माग भनेर खिल्लीमा उडायो, फलःस्वरुप माओवादी जंगल पसे, गाउँबाट कब्जा गर्न सुरु गरे प्रहरी चौकी, गा.वि.स., बैंकहरु आक्रमण गर्दै गाउँ तहमा सरकारको उपस्थिति न्यून अर्थात सुन्य सरह रह्यो । साराका सारा गाउँ कब्जा गर्दै विपरित विचारधारा र विरोध गर्ने शिक्षक व्यक्तिहरु माथि कारवाही गर्दै गए तर राम्रो काम गर्ने स्वच्छ व्यक्ति माथि भने केही गरेनन् । मान सम्मान गर्दथे पछि पछि त नेपालका अरु सत्ता पक्षका पार्टीहरुले पनि अप्रत्यक्ष सहयोग गर्दै गए बैंकहरु लुटाउनमा कुनै कारवाही नगरी सघाए अन्तमा केही सेनाहरु समेत मिलेर गोग्यता माओवादीहरुलाई दिन थाले त्यसको प्रमाण हो दाङको सैनिक व्यारेक माथि आक्रमण र सुरक्षाको लागी खटिएको कर्णाली पुलमा केही सैनिकहरुले नदीमा हामफाली बच्नु र कोही देशभक्तले पुलको सुरक्षार्थ ज्यान नै गुमाए । त्यो के को लागी थियो भन्ने कुरा आज सम्म प्रष्ट पारिएको छैन । राजसंस्थाको लागी हुन भने सबै पार्टी मिली राजाका अधिकार खोसी संवैधानिक राजसंस्था बनाई सकेका थिए । राष्ट्रको शासन व्यवस्था पार्टीहरुले नै चलाई रहेका थिए । राजा विरेन्द्रलाई त केही बोल्न पनि प्रतिबन्ध लगाएका थिए । प्रधानमन्त्रीको स्वीकृति नलिएर सार्वजनिक कुरा बोल्न नपाउने समेत गरी राजसंस्थालाई समेत कब्जामा लिएकाले राजाको बल खोसी सकेका थिए । त्यस कारणले पनि राजसंस्था उन्मुलनको लागी माओवादीहरुले विद्रोह गरेका नभई अन्य कारण हुनसक्छ भन्न सकिन्छ किनभने अर्को तर्फ माओवादीहरुले पनि भन्दै आएका थिए कि राजा र हाम्रो त सहकार्यको भनेर सधै भनि रहेका कारणले पनि होला राजा विरेन्द्र र ज्ञानेन्द्रले सैनिक परिचालन गर्न प्रधानमन्त्रीलाई
गिरिजालाई पनि अनुमति दिएन फलःस्वरुप राजा विरेन्द्रको अपत्यारिलो वंशनास हुने गरी हत्या भयो । बहुदलीय नेताहरु जो आफै षडयन्त्रकारी थिए उनीहरुले नै राजा ज्ञानेन्द्रलाई आरोप लगाए । भौतिक तथा नैतिक कारवाही गर्न खोजी राजाहरुका शालिक मात्र होइन कि भानुभक्तका शालिकहरु समेत तोड्ने काम भए ।
पृथ्वीनारायण शाह, बहादुर शाह तथा जंग बहादुरले समेत अंग्रेजहरु सित युद्ध गरेर नेपाललाई कब्जा गर्नबाट बचायो । तर दुर्भाग्यवस नेपाली वीर योद्धाहरुको मत विभाजन भएकोले सुगौली सन्धी गर्नु प¥यो त्यो सन्धीमा राजा योद्धा सहमति नभएकाले कुनै नक्कली जसको वंश बर्तमानमा समेत नेपालमा छैन उसद्धारा सहीछाप गराई केही भूमि सुगौली सन्धीमा गुम्यो ।
अमर सिंह थापाले राजा सित भनेका थिए भैरहवा दक्षिण गोरखपुर तर्फ छोडी दिएमा नालापानीमा दावा गर्दैनौं हामी छोडी दिन्छौं भनि अंग्रेजहरुले पश्चिमी कमाण्डर अमर सिंह थापासँग भनेकाले त्यो कुरा राजा सित भन्यो र राजाले प्रधान सेनापती भीमसेन थापालाई भनेपछि हामी सित प्रसस्त फौज छ अंग्रेजले सक्दैन हामी लड्छौ भनि राजा सित भन्दा प्रधानमन्त्री, प्रधान सेनापति पनि तिमी नै छौ सक्ने भए गर नत्र नालापानी सम्म सिमित रही अगाडी बढन छोडीदेउ भन्दा मानेनन् र अन्तमा सुगौली सन्धी गर्नु प¥यो । नेपालका वीर अमर सिंह थापा, ७० वर्षका भक्ति थापा, वीर बलभद्र कुँवरहरुले नेपालको भूमि बचाउन अंग्रेज सित युद्ध गरेका हुन ।
२०५२ देखि माओवादी नेता पुष्पकमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताहरु को सित लडी के प्राप्त गरे ? केवल नेपाली नागरिकहरुलाई मारे प्रहरी सेनाहरुका पोष्ट व्यारेकमा हमला ग¥यो नाम राख्यो माओवादी र सेना बीचको युद्ध तर त्यो युद्ध कसको विरुद्धमा थियो आजसम्म बुझिएको छैन तसर्थ त्यो युद्ध नभई द्वन्द आतंक थिएन भनेर त्यो भन्न सक्दैनौं, त्यो गृहयुद्ध हो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh