ई – दिशानिर्देश

नेताहरु राष्ट्रका संरक्षक र राष्ट्रसेवक

१६ बैशाख २०८१, आईतवार
नेताहरु राष्ट्रका संरक्षक र राष्ट्रसेवक

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

आज सरसरती हेर्दा नेताहरु राष्ट्रका संरक्षक नभएर राष्ट्रसेवकहरु सित मिलेमतो गरी राष्ट्र सोशकका रुपमा देखिदैछन । पंचायतकालतर्फ फर्कने हो भने हाम्रो अनुभवमा नेताहरु गाउँका सदस्य हुन वा राष्ट्रिय पंचायतका सदस्य गाउँ राष्ट्रका संरक्षक नै थिए । जनताको आशा भरोसा थियो इमान नै धर्म हो भन्ने भावना बोकेका थिए मैले स्वयम् देखेको छु । गाउँ पञ्चायतका प्रधानपंच सदस्यहरु जनताको काम गर्न सदरमुकाम जाँदा आफ्नै घरबाट सातो सामल लगेर जान्थे, गाडी चढनु थिएन यात्रा पैदल नै थियो । प्रत्येक गाउँमा खानेपानी सिचाई कुलो घोरेटो तथा गोरेठो बाटाहरुको निर्माण प्रधान पञ्चको अगुवाईमा सबै जनता मिलेर गर्दथे । त्यस बेला वर्षाद कम भएको वा बढी भएमा भोकमरी हुने गथ्र्यो । त्यसको विकल्प गाउँ गाउँमा अन्नका भकारीहरुको बन्दोबस्त सरकारले भूमि सुधार मार्फत गरि दिएको थियो । अन्नको फसल बाली पाक्ने बेला १/२ नाली अनाज उठाई अन्न बचत गरिन्थ्यो । रेखदेख गर्न बचत सहायक निरिक्षक राष्ट्रसेवकहरु भर्ना गरेका थिए । जुन गाउँमा भोकमरी भयो त्यो गाउँमा अनाज पैचोको रुपमा र बेचेर दिने चलन थियो । टाढाबाट खरिद गरी लैजान यातायात थिएन । कुनै वर्ष कुनै गाउँमा त त्यो पनि थाहा थिएन साउन भाद्र र फागुन चैत्रमा भोकमरीको बढी सम्भावना थियो । अन्न अली अलि राखेर दुदिलाका टुकामा पिडो वा ओलीमौरा भन्ने कमलो खेतको घासमा पिसाएर त कोही पिडालुको पात करकलोमा पिठो मिलाई खाने गर्थे भने कोही साउनको अन्त त भाद्रको सुरुमा भरखरै दाना लाग्न लागेका मकैका दाना निकाली माडा र फाडो बनाई जीवन धान्ने बाच्ने काम गरिन्थ्यो । पहाडतर्फका मानिसहरु त्यसबेला केही पनि खासै विरामी पर्दैन थिए । अस्पताल स्वास्थ्य चौकी जिल्लामा पनि पछि भएका हुन । बैतडीमा सोल्जरवोर्ड भारतीय भु.पु. सैनिकहरुको सेवा सुविधाको लागी खोलिएको कार्यालयमा एक जना अहेव सरहको रिटायर्ड सैनिकको जिम्मामा औषधी दिएको थियो । स्वास्थ्यको काम उसैले गथ्र्यो भारतको पिथौरागढमा पनि जिल्ला अस्पताल थिएन बरु चन्डाकमा मिसन अस्पताल थियो । त्यसले भारत, नेपालका जनताको सेवा गथ्र्यो पछि डडेल्धुराको पोखरामा पनि खोल्यो खास गरेर महारोगीको उपचारार्थ भनेर त्यहाँका जनतालाई खुव सेवा पु¥यायो । पिथोरागढ चन्डाकको मिसन अस्पताल डडेल्धुरा पोखराको मिसान अस्पतालहरुको सम्झौता एक सय वर्ष सम्मको लागी मात्र भएकोले वर्तमानमा बन्द भई सकेका छन ।
राष्ट्रसेवकहरुको कुरा गर्दा सुरुमा हुलाक सेवाबाट जाउ वर्तमानमा त मोवाइलहरु छन त्यस बेलामा चिठी आदान प्रदान नै मुख्य जानकारीका साधनहरु थिए । डाक चौविसै घण्टा बोक्ने गर्थे आज पनि हुलाक छ तर चिठी कोही हाल्दैन सबै धेरै जसोले चिठी लेख्न विर्सी सकेका छन भने त्यसबेलामा डाक बोक्नेहरुलाई एक भाला घुङरुवाला लाठी दिईन्थ्यो दिन रात डाक बोक्दथे । कुनै किसिमको डर त्रास थिएन पछि पछि त ठूला ठूला पारसल पनि आउथे बोक्नलाई भरिया खोज्नुपर्ने, ती डाकवाला कर्मचारीहरुको इमान पनि अतुलनीय थियो ।
राष्ट्रसेवकहरुमा शिक्षा तर्फ शिक्षकहरु कमजोर विद्यार्थीहरुलाई वर्षादको छुट्टीमा निःशुल्क विद्यालयमा गएर पढाइ दिन्थे ।
उ बेलाका शिक्षक तथा कर्मचारीहरु अत्यन्त इमान्दार थिए । कार्यालयको काम नसकेसम्म कर्मचारी निःशुल्क काम गरिरहेका हुन्थे । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh