ई – दिशानिर्देश

जेष्ठ नागरिक सुविधाबाट किन बन्चित

१६ बैशाख २०८१, आईतवार
जेष्ठ नागरिक सुविधाबाट किन बन्चित

आज जेष्ठ नागरिकहरुको चौतर्फी गुनासाहरु छन, हामीले देखेका छौ छिमेकी राष्ट्रका छिमेकी जिल्लाहरुका अस्पताल, बैंक, रोडबेजका बसहरुमा जेष्ठ नागरिकहरुले पाउने सुविधा निर्विवाद रुपमा पाइरहेका छन भने त्यस्तै काठमाडौंमा पनि पाइरहेका छन तर कञ्चनपुरको महेन्द्रनगरका बैंक तथा अस्पताल र अन्य कार्यालयहरुमा टोक्कन सिस्टम राखेको नाममा प्रमाणको लागी महाकाली प्रादेशिक अस्पतालमा जेष्ठ नागरिकहरुले टोक्कन लिदा प्रथम लाइन, कार्ड नयाँ बनाउँदा वा नविकरण गर्दा दोस्रो लाईन र विल बुझाउने ठाउँमा तेस्रो लाइन र अन्यमा चौथो पटक औषधी पाउने ठाउँमा लाग्नु परेको छ । त्यसबारे न अस्पताल व्यवस्थापन समितिको ध्यान गएको छ न अस्पताल प्रशासनको तर नेपालको नीति तथा कानूनले सुविधा दिएको छ भने अस्पताल व्यवस्थापन समितिले किन मौनता देखाउँनु प¥यो ? एक ८० वर्षको जेष्ठ नागरिकले २०/२५ वर्षका व्यक्तिहरुको पछाडी उभिनु पर्छ यदि ती युवकले अगाडी जान दिन मन्जुर भए पनि अस्पतालमा टिकट दिने होस वा विल काट्ने वा औषधी दिने व्यक्तिले मान्दैन भने डाक्टरको कोठामा पाचौं पटक लाग्ने लाइन त अझै अलग छ । एक जेष्ठ नागरिकहरुले पाँच पाँच ठाउँमा लाइनमा उभिनुको पिडा कसले बुझिदिने ? नयाँ पर्चि बनाउँदाको झै लाइनमा नलागी पुराना पर्चिहरु संकलन गरि पर्चिमा लेखिएका उमेरको आधारमा सेवा पाउने व्यवस्था हुनुपर्ने अस्पताल प्रशासन तथा व्यवस्थापन समितिको ध्यान आकर्षण गर्न चाहन्छौं ।

त्यस्तै सुरक्षा भत्ता बुझ्ने वालाहरुले पनि कठिन परिस्थितिको अवस्था झेल्नु परेको पाइन्छ । व्यक्तिले होइन कि कार्डलाई लाइनमा राख्नुपर्छ जो बढी उमेर र अशक्त छ उसले पहिले पाउनुपर्छ नियम त जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता घरमा गई सम्बन्धित व्यक्तिको हातमा दिने भन्ने हो तर वितरण गर्नेले विश्वासघात गरेकाले बैंक वा वडा कार्यालयमा लाइनमा उभिनुपर्ने बाध्यता गरेको हो । कर्मचारीहरुले विश्वासघात ग¥यो भन्दैमा जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय वा बैंकमा लाइनमा बस्नुपर्ने व्यवस्था बन्द गरी जेष्ठ नागरिकहरुको घरदैलोमा गई वितरण गर्नुपर्नेमा जेष्ठ नागरिक समाजले पनि पहल गरोस । यातायात गर्दा पनि यात्रीले नमागेर नै जेष्ठ नागरिकले पाउने छुट देवस भन्ने जनताको भनाई रहेको पाइन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh