ई – दिशानिर्देश

लागुऔषध नियन्त्रण कसरी गर्ने ?

१६ बैशाख २०८१, आईतवार
लागुऔषध नियन्त्रण कसरी गर्ने ?


दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ बैशाख
लागुऔषध नियन्त्रण गर्न हाल काठमाडौंका हरेक मेडिकलहरुमा खानतलासी भईरहेको पाइन्छ तर सर्बसाधारण तथा मेडिकल व्यवसायीहरुलाई थाहा भए जस्तो लागेन । लागुऔषध नियन्त्रण गर्नु भन्दा पुर्व निषेधित औषधीहरुको लगत लिष्ट पसलकै अगाडी सार्वजनिक हुनु प¥यो । औषधी विक्रेताले विल काटी औषधी विक्री गर्नुपर्ने र विलमा व्याच नं. निर्माण कम्पनि र उत्पादन तथा म्याद सकिने मिति विलमा नै उल्लेखित भएको हुनुपर्नेमा त्यसतर्फ औषधी व्यवस्थापन विभागको पनि ध्यान गएको पाइदैन । लागुऔषध नियन्त्रणमा प्रयोगकर्ता आफ्ना बालबालिकाहरुलाई नियन्त्रण गर्ने हो भने स्वतः नियन्त्रण हुन्छ ।

यदि कुनै पनि विरामीलाई त्यो औषधी चाहिदैन भने उत्पादकहरु माथी नै कारवाही हुनुपर्छ । जे सुकै भए पनि औषधी व्यवसायीहरुलाई डाक्टरको प्रेस्क्रीप्सन निदान र आदेश बेगर कुनै पनि औषधी विक्री गर्न नपाउने विक्री गर्दा विलमा डाक्टरको नाम समेत राख्ने व्यवस्था सरकारले मिलाउनु पर्ने देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh