ई – दिशानिर्देश

भीमदत्त नगरपालिकाको न्याय

१६ बैशाख २०८१, आईतवार
भीमदत्त नगरपालिकाको न्याय

दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ बैशाख
सरकारी जमिनमा निर्माण भएका हाल मालपोत एरियातर्फका केही भवनहरु भत्काईएका छन भने १/२ भवनहरु सुरक्षित राखिएका छन । ती सुरक्षित राखिएका भवनहरुमा भीमदत्त न.पा., नगर विकास समितिका स्वामित्वमा रहेका भवन भनेर लेखिएको छ । के सरकारी जमिनमा यसरी नगर विकास समितिको स्वामित्वमा रहेका भवन अनावश्यक निर्माण गर्नुपर्ने कुनै नियम छ ? यसको मतलव त सरकारी जमिनमा बनेका सबै भवनहरुमा नगर विकास समितिको स्वामित्वमा रहेका भनेर लेखे त भैगयो हैन । नक्सा पास नगरी नगर विकास समिति होस वा अरु कुनैले पनि शहरी क्षेत्रमा गुरुयोजनामा फरक पर्ने गरी कुनै संरचना बनाउनुपर्ने भन्ने नियम छैन तसर्थ नगर विकास समितिको स्वामित्व भनेर भवनहरु मुलाहिजाले जोगाउनकै लागी लेख्न र तोडनबाट बचाउनु हुदैन । यो भीमदत्त नगरपालिकाको नियम र नियत संगत कार्य भएन । यो षडयन्त्र हो नगर विकास समितिको स्वामित्वमा त सबै जग्गा रहेकै छ भने त्यसम ाबनेका सबै भवनहरुको स्वामित्व त जग्गा धनीकै हुन्छ तर भवन नबनाउनु पर्ने ठाउँमा बनाई नगर विकास समितिको स्वामित्वका भनेर राख्न पाइदैन नगर विकासको स्वामित्वमा रहने गरी भवन बनाउने भन्ने नेपाल सरकारको स्वीकृति लिई समितिले व्यहोरा खोली बनाउन पाउँछ होला तर मालपोत कार्यालय आन्तरिक राजश्व कार्यालयको पुर्वतर्फ के प्रयोजनको लागी कसको स्वीकृतिले नगर विकास समितिको स्वामित्वमा परेका हुन त्यसको खुलासा भीमदत्त नगरपालिकाले गर्नु पर्दछ । जहाँ जे मन लाग्यो त्यो गर्ने छुट भीमदत्त नगरपालिकाको कुन नियम कानूनमा छ सार्वजनिक हुनुपर्छ ।
कसैका घर भत्काउन लगाउने कसैका भवन घर नगर विकास समितिको स्वामित्व दर्साइ थमौती गर्न मिल्दैन ।
महेन्द्रनगर नगर विकास समितिको जग्गा त गुरुयोजना अनुसार संरक्षण र निर्माण गर्ने हो पैसाको लागी जे पनि गर्न छुट
छैन । बजारको डिजाइन गर्ने काम नेपाल सरकार स्थानीय सरकार तथा जनताको हो । खोकाछाप्रा उद्धार समितिको अप्रत्यक्ष नीति निर्देशनमा बजारको डिजाइन गर्न मिल्दैन । ओपेरा होटलको उत्तर सार्वजनिक मञ्च पुरानो बसपार्क पुर्व मुख पुर्व पश्चिम राजमार्ग कर्मचारी मिलन केन्द्रको एरियामा बजारको डिजाइन गैर कानूनी नेपाल सरकारको इच्छा जानकारी विरुद्ध गरेकोले त्यो डिजाइन नाजायज छ त्यसमा अतिक्रमणकारी र भ्रष्ट कर्मचारीको मात्र हक अधिकार नभइ सम्पूर्ण जनताको हक अधिकार भएकोले नक्सा पास नगराई भीमदत्त नगरपालिकाको अनधिकृत भवनहरु निर्माण भएका छन भने हटाउनु
पर्छ । साझा सरकारी जमिनमा नगर विकास समितिको नाममा अवैध निर्माण भएका संरचनामा नगर विकास समिति भीमदत्त न.पा.को स्वामित्वमा पनि लेखि पन्छिन पाइदैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh