ई – दिशानिर्देश

जनता, कर्मचारी नेताहरुले कर्मनिष्ट हुनुपर्छ

२६ बैशाख २०८१, बुधबार
जनता, कर्मचारी नेताहरुले कर्मनिष्ट हुनुपर्छ

आज न नेपाली जनता कर्मनिष्ट छन न कर्मचारी न नेता । चौतर्फी सबैलाई पैसा चाहिएको छ विना पैसा कुनै पनि काम सजिलै सित हुदैन भएको थाहा छैन । कृषकहरुले खेत बाझा राखेका छन । नेताहरुले नेतृत्व निभाउन न जानेका छन न
चाहान्छन । जनता ठालु सामन्तीबाट स्वतन्त्र भए तर पार्टीहरुको दासत्वबाट उम्कन पाएका छैनन् । जनताले कहिले स्वतन्त्रता पाउँछन भन्न सकिदैन । आफ्नो अधिकार प्रयोग गर्न सकिरहेका छैनन् । विद्यार्थी तथा नेता कार्यकर्ताहरुले कुनै कार्यालय, क्याम्पसमा ताला लगाउने छुट छ तर ति ताला तोड्ने छुट देखिदैन । विद्यार्थीहरुको हकहितको नाममा ढुंगामुडा गर्ने छुट छ तर समयसारणी अनुसार पढने छुट छैन । कक्षा १ देखि १० सम्म शिक्षा निःशुल्क छ किताव दिएको छ खाजा दिएको छ तर स्कुलमा भर्ना हुन छुट छैन पैसा तिर्नुपर्छ । देशमा बस्न देश छोडन छुट छ तर रोजगारी पाउन छुट छैन । कक्षा १२ पास भएपछि विदेशमा गई पढाईको नाममा देश छोडन छुट छ विदेश गएकालाई नेपाल फर्कन छुट छैन । जनताको सेवा गर्न नेताहरुलाई छुट छ तर भ्रष्टाचारमुक्त देश बनाउन छुट छैन । देशमा धेरै जनता नेताहरु कर्मनिष्ट छन तर कर्मनिष्ट खोज्दा पाइदैनन् । सडकमा निःशुल्क विजुली बत्ती दिएको छ जनताको सुविधाको लागी ती जनता पनि राती बत्ती बाल्छन दिउसो निभाउँदैनन् । साझा सम्पत्तिको हिनामिना दुरुपयोग गर्छन ।
सरकारी त हो नि भन्छन जथाभावी खर्च गर्छन । खेत बाझा राख्छन भारतबाट अन्न भन्सार छली चोरी आयात गर्छन, पक्रेपछि चामल किन पक्रेको सुन पकड भन्छन, सुन भेटाएपछि पक्रे नोकरी जान्छ भन्छन । घुस नखुवाए काम बन्दैन खुवाए घुस लिने र दिने राष्ट्रका सत्रु हुन भनिन्छ तर रमाउँछन चाही सबै । नेताहरु जनताको नेतृत्व गर्छौ भन्छन पार्टी वाइज हुँदो रहेछ । नियम कानूनले जेष्ठ नागरिकले प्राथमिकता पाएका छन केवल नियम कानूनमा तर वास्तविक प्राथमिकता पाए कर्मले पाएका छैनन् । जेष्ठ नागरिकहरुको पिडा सरकारी अस्पताल, बैंक पेन्सन बुझ्नमा गएपछि थाहा हुन्छ १० वर्षको बच्चाको लाइनको पछाडी उभिनु परेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh