ई – दिशानिर्देश

अविस्मरणीय यात्राहरु

२६ बैशाख २०८१, बुधबार
अविस्मरणीय यात्राहरु


बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

नेताहरुको विश्वास जनताप्रति थिएन र आज पनि छैन तर राजा विरेन्द्रको जनताप्रति अथाह विश्वास थियो त्यही विश्वासले २०३६ सालमा जनमत संग्रह गराउने हिम्मत राजा विरेन्द्र तथा उच्च नेता विपी कोइरालाको थियो नेताहरुका छोराछोरीको विश्वास नेपालप्रति छैन विदेशमा गएर पढछन तर राजा विरेन्द्रले नेपालमा विश्वास जगाउने गरी युवराज दिपेन्द्रलाई बुढानिलकण्ठको स्कुलमा नै पढाएका थिए र विरामी पर्दा पनि राजा भ्याएसम्म नेपालका डाक्टरद्धारा नेपालमै उपचार गर्थे तर नेताहरु आफू र आफ्ना आसेपासेहरुलाई विदेशी अस्पताल डाक्टरबाट उपचार गराउँछन । एक सयले पुग्ने खर्च एक लाख र एक लाखले पुग्ने ठाँउमा एक करोड खर्च गर्छन, प्रधानमन्त्री र राष्ट्रपतिका कृयाकलापबाट बुझ्न सक्नुहुन्छ ।
जनताप्रति विश्वास भएकै कारणले जनमत संग्रह गरायो भने नेताहरुमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधव कुमार नेपाल, बाबुराम भट्टराई, गिरिजा प्रसाद कोइराला जस्ताहरुको जनताप्रति विश्वास नभएकोले २०६२/०६३ मा नेपालको व्यवस्था परिवर्तन सनातन धर्म परिवर्तन त्याग गर्न र राजसंस्था हटाउने बारेमा जनताको भावना र इच्छा विरुद्धमा काम गरी जनमत बेगर बलजफती वर्तमानको व्यवस्था जनता माथि लादियो ।
२०३७ साल बैशाखमा जनमत संग्रहको निर्वाचन हुने हुँदा महाकाली अञ्चलका आयुक्त छेत्रविक्रम राणा थिए उनले बैतडीको भ्रमणमा प्रमुख जिल्ला अधिकारीलाई भनेछन मलाई निर्वाचन कार्यालयको लागी एक जना इमान्दार कर्मचारी एक वर्षसम्मको लागी काजमा पठाई दिनोस भनेपछि निकै सोर्स फोर्स चलेछ । त्यतिबेला स्थानीय गौरा पर्वको लागी म मेरो पुर्चौडी घरमा गएको थिए । फर्केर आउँदा गढी नपुग्दै प्रजिअ नवराज श्रेष्ठलाई कुनै कार्यक्रममा गएको बेला शाहीलेकमा भेट हुँदा उहाँले भन्नुभयो कि कार्यालय पुग्ने वित्तिकै आफ्नो पत्र बुझ्नु मैले तपाईलाई निर्वाचन कार्यालयमा काज खटाएको छु भनेपछि हुन्छ भन्दै म २५ मिनेटमा कार्यालयमा पुगे, दिउसोको एक बजेको थियो मेरा सबै स्टाफ साथीहरुले तालि बजाउँदै भने कि आज त हामीलाई कफी खुवाउनु प¥यो भनि मैले कफी मगाएर पिउन सुरु गरिहाले । कुरा के हो कुनै साथीले भनेन अन्तमा पैसा तिर्ने बेला मेरो काजको पत्र हातमा थमाई दियो कुरा बुझ्दा निर्वाचन कार्यालयमा काजमा जान हानथाप भएको रहेछ मेरो पक्षमा बोल्ने कोही रहेनछन तर एक मेरो इमान रहेछ त्यो दिन देखि सरकारी कार्यालयको काम मैले मेरो
घरको भन्दा झन राम्ररी गर्न थाले मैले सेवा निवृत्त हुँदा सम्म त्यही सोचे । अरु पनि लेखापाल नै हुन त्यस बेला म पनि लेखापाल नै थिए अर्थात लेखा प्रमुख छन भन्दा जथाभावी काम गर्ने प्रमुखलाई झपार्नमा बहादुर सम्झे तर त्यो पिडा आजसम्म पनि छैन । जनमत संग्रहका मतगणना देखिका सबै निर्वाचनमा मतदानका मतगणना गरेको छु म दार्चुलामा जिल्ला वन कार्यालयमा कार्यरत हुँदा पनि मतगणनाको लागी रेखदेख गर्न समेत मलाई बोलाउँदा तिनदिन रातसम्म निख्तर उपस्थित रहेको थिए । मेरो इमान्दारिता मलाई त थाहा थिएन जव प्रजिअ नवराज श्रेष्ठ र आयुक्त छेत्र विक्रम राणाज्यूबाट त्यसको पगरी पाए त्यो दिनदेखि मात्र थाहा पाए कि सेवाग्राही र सरकारको काममा मैले इमान्दारितापुर्वक नै काम गरेको
रहेछु भन्ने त्यस कारण मैले उहाँहरुबाट पाएको शिक्षा नै मेरो इमान्दारिता बनेको रहेछ । निर्वाचनको बेला निष्पक्ष मतदान गर्नुपर्छ भन्ने कुरा मैले विर्सन अझै सकेको छैन ।
जनमत संग्रहको बेला बैतडीको पुर्चौडी क्षेत्र तर्फका र लेकमका केही क्षेत्र कोटपेटरा लगायतका पंचायतहरुमा मतदान केन्द्र कहाँ कहाँ राख्ने र मतदाताहरुको लागी कहाँ सुविधा हुन्छ भन्ने बुझेर राखेका मतदान केन्द्रहरु नै पछि गएर थप गाउँपंचायतका रुपमा रही हाल वडा कार्यालयहरु रहेका छन ।
२०३६ भाद्र देखि २०३७ अषाढसम्म अर्थात निर्वाचन भरीको कारोबारको श्रेष्ता लेखा परिक्षण गराउन निर्वाचन आयोगमा लैजाँदा बस र भारतको बाटो लखनौं गोरखपुर हुँदै लैजान खतरा हुन्छ भनि म महेन्द्रनगर नेपालगंज हुँदे प्लेनबाट काठमाडौं गएको भ्रमण विल ननगजटेडले प्लेन प्रयोग नगर्ने भन्ने नियम हुँदा मैले नपाउँदा आयुक्त क्षेत्रविक्रम राणाज्यूले प्लेनबाट आएको उपयुक्त छ भनि लेखि दिएपछि मैले दै.भ्र.भ. भुक्तानी पाएको थिए । लेखा परिक्षण हुँदा मट्टितेलमा रु २० हजार बचेकोले सबै मुखामुख गरी हास्दै थिए मेलै बुझी हाले र उत्तर दिए त्यही रकम बचाएकोले त मलाई सबै हाकिमहरुलाई झपार्न पाएको छु भनेपछि दै.भ्र.भ.रकम पाए । फर्कदा भने म भैरहवा सम्म जहाजमा आए त्यसपछि भारतकै बाटो भई महेन्द्रनगर पुग्दा बाटोमा भारतीय कस्टम कर्मचारीहरुबाट अनेक पिडा व्यहोरे । यौटा जापानी रेडियो ल्याएको थिए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh