ई – दिशानिर्देश

सांसदले सांसदको व्यवहार देखाउनु पर्छ

८ जेष्ठ २०८१, मंगलवार
सांसदले सांसदको व्यवहार देखाउनु पर्छ


नेपालको संसद भवन भित्र बस्ने विद्वानहरु सांसद हुन । जव बैठक बस्दछ त्यो बेलामा थाहा हुन्छ यी सांसद जसले ऐन कानून संविधान निर्माण गर्छन, जुन ऐन नियम संविधान जनताको हितमा छन वा अहितमा । भर्खरै हिजो अस्ती मात्र बसेको सांसदको बैठक सबैले देखेकै होला नदेखेको भए सुनेको त अवश्य होला, गगन थापा र रवि लामिछानेको विषय बनाएर विद्वान मुर्ख सभामा हात हालाहाल कुटाकुट गरियो सांसदहरुलाई मजा आएको होला तर हामी त अवश्य लज्जीत भयौं । सभ्य सांसदहरुको भाषाशैली त्यस्तो हुदैन मर्यादित र न्याय संगत हुनु पर्दछ । जसरी परिवारमा आमा बुवाहरुले बालकहरुको सामुन्यमा फोहरी शब्द बोल्नु हुदैन त्यस्तै हो सांसद सभा पनि मर्यादा पालक त नराखे पनि हुने थियो आज हेर्दा मर्यादापालक त गाईगोरु गोठाला हुन कि भनेझै देखिए । सांसदहरुको मुर्खतापूर्ण हातपात हङ्गामा छुट्याउने रोक्ने काममा लागे बरु ति सांसदहरु भन्दा ठूला र इमान्दार त मर्यादापालक देखिए । यदि मर्यादापालक नभएको भए के कति क्षति हुन्थ्यो थाहा छैन ।
मनुष्यको सभा जस्तो देखिएन सांसद बैठक कठोर बन्नु प¥यो । क्षमा पनि चाहन्छु आज भोली जनताले पशु चौपाया छोडेका छन बजारमा सडकमा बथानका बथान देखिन्छन ती पशुहरु बरु आफू मर्छन घर गोठ निकाला गर्नेलाई समेत क्षति पु¥याउदैनन् हामी आफैलाई धिक्कार्दै छौ कस्ता प्राणीहरुलाई संसद भवन भित्र छिराएछौं हामीहरुले । हे सभासदज्यूहरु हो संविधान मन परेन भने सुधार्दै सबै नागरिकलाई अटाउँदै जाउ देशको बदनाम नगर, ऐन नियम पारित गर्दा पनि होस पु¥याउनुपर्छ । सन्दीप लामिछानेको मुद्दामा संसार हसाउने काम भयो । बलात्कार, बलजफती करणीको ठोस परिभाषा हुनुपर्छ मुलुकी ऐनलाई टेकेर बनाएको भएपनि हुने नै थियो । झन उल्टो दोष न्यायपालिकाले पाउनुपर्ने नियमहरु नियत संगत पनि भएनछन । नियम कानून बनाउँदा भविष्यलाई पनि हेर्नुपर्छ । सांसदको बैठकमा हुल हुज्जत गर्ने माथि कारवाही गर्ने कडा नियम चाहिए जस्तो छ । सभ्य भाषामा सभ्य मनुष्यले बोल्ने र एक अर्काका भनाईका कुराको कदर गर्ने सभाको निर्माण गर्नु आजको आवश्यकता रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh