कृष्णबहादुर चन्द
नेपालमा प्रजातन्त्र पुनरबहालीपछि प्रजातन्त्रवादी, देश र जनप्रेमी ने.का. पार्टीका सर्वोच्च तहका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको प्रजातान्त्रिक संविधानको सुरुवाती सरकारको नेतृत्व गरी रहेका तत्कालीन ने.का.का नेता गिरिजाप्रसाद कोइराला भएदेखि आफू सत्तामा टिक्न र सरकारी साधन श्रोतको दुरुपयोग गर्न खोज्ने जस्ता कार्यशैली बन्दै गएको, भ्रष्टाचार आयोगलाई २०४७ माघ २८ गते “भ्रष्टाचार निवारण”बाट अनुसन्धान (अ.दु.अ.आ.) गर्नेमा सिमित्र राखियो ।
देशमा चलिरहेको ३ दर्जन भन्दा बढी ठूला उद्योग कलकारखानाहरु निजीकरणको नाममा व्यापारीकरण गरेर विदेशीहरुलाई विक्री गर्ने काम गरियो, तहस नहस पारेर देशमा बेरोजगारी उत्पन्न गर्ने काम गरिएको जग जाहिर छ ।
देशमा कायापलट गर्ने, गरिव भन्न नपाउने सबै नेपाली धनी बन्ने, कोही पनि गरिब, रोग, भोख, सोक,
बेरोजगारी लगायतका समस्याहरुबाट मुक्त हुने नयाँ नेपाल बनाउने, विकसित मुलुक स्वीटजरलैण्ड जस्तै बनाउनै भनि २०५२ सालमा माओवादी कम्युनिष्टले जन्म लिएर १० वर्षे जनयुद्धको नामले देश र जनताको तहस नहस जनधनको ठूलो क्षति गरियो तर आज देश र जनताको हालत, अवस्था दुर्गती र वर्वादी तर्फ उन्मुख भएर संकटग्रस्थ अवस्थामा ल्याई पु¥याउने काम भएको छ ।
आम नेपाली नागरिकहरुको जीवन कष्टकर भएर देशै छोडेर पलायन भैरहेको अवस्था छ । नेपालमा हालका सरकारहरुले आफ्ना देशका नागरिकहरुलाई बाहिरी मुलुकहरुमा कामदार र रोजगारीका लागी पठाउने र मनपरीतन्त्र रा जगर्ने गलत राजनीतिक भ्रष्ट मनोबृत्ति र नीति बनाएर धमाधम बाहिरी मुलुकहरुसँग श्रमस्वीकृति लिने काम भैरहेको छ । हालसम्म १५० देशहरु मध्ये १२५–३० देशहरुसँग श्रमस्वीकृति भएको भनिएको
छ । यसरी आफ्नो देशमा विकास गर्न आफ्ना नागरिक जनताप्रतिको र देशप्रतिको जिम्मेवारी विहिनता, अकर्मण्यता र असक्षमताको पराकाष्टा हो, यसरी नेपाल नीतिविहिन राज्य बनेको छ ।
के हो मिसन –८४ ? नेपाली जनताले बुझ्ने कसरी ?
यसरी जसरी पनि चुनाव जित्नु पर्ने, सुशासनको प्रत्याभूति र न्यायालयमा भागबण्डा, राज्यका संवैधानिक संस्थाहरुमा हालीमुहाली र हस्तक्षेप, अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचार, राज्यदोहनमा बढोत्तरी, वडा तहदेखि केन्द्रसम्मका पदाधिकारी तिनका आसेपासे, नातापाता, झोले, राजनीतिक दलका सहभागी संगठन, राजनीतिक दलाल, विचौलिया दल निकटस्थ र समर्थकहरुको बर्चस्व, राज्यका सबै तहमा पद र शक्तिबाट बर्चस्व कायम राख्ने मानसिकता, राज्यदोहनको आधार मजबूत पार्ने मोजमस्ती, अमनचैनमा कही कतैबाट विरोधाभास भएमा
गरेमा ठेगान लगाई हाक्ने स्वेच्छामुताविक आन्तरिक र बाह्य नीति राजनीतिक दल अनुकुल हुनेगरी चलाउने यस्तै प्रकारले राजनीतिक दलहरुको मिसन –८४ भन्नुको भकसद हुन सक्छ, जनताको ठहर छ, किनभने तिनै हुन राजनीतिक दलहरुले आफ्नो इच्छा मुताविक संविधान–२०७२ निर्माण गरेको त्यही प्रणाली अनुसार संविधान–२०७२ निर्माण गरेको त्यही प्रणाली अनुसार बहुमत, मिलिजुली, गठबन्धन सबै प्रकारले राज्य सत्तँ शासन गरी रहेका अब के मिसन ८४ ले यिनै दल र नेता नेतृत्वबाट आकाश गंगा बग्ने हो ? यही मौजुदा प्रणाली रहेसम्म अपराध गर्नेहरु राज्य दोहन गरेका र गरी रहेकाहरु, भ्रष्टाचारीहरु ज्वसम्म दण्डित हुदैनन् देशमा सुशासनको
परिकल्पना सम्म पनि गर्न सकिदैन ।
केन्द्र तहको मनपरितन्त्र र ठगीतन्त्रले तलका २ तह प्रदेश र स्थानीय तहहरुमा अनियमितता, भ्रष्टाचार मनपरी गर्न धेरै सजिलो र सहज बन्न पुगेको यथार्थतालाई कसले नकार्न सक्छ ? नेपालमा हाल १३ वटा राज्यका संस्थाहरु छन जसले भ्रष्टाचार, अनियमितताको रोकथाम र कार्वाही गर्छन तर देशमा भ्रष्टाचार, अनियमितताले आकाश छोएको अवस्था छ । वर्तमानका ७६१ सरकारहरुमा साधारण जनताको पहुँच नै पुग्दैन कमिसन, विचौलीया, राजनीतिक दलालहरुको नै बढी बोलवाला र माध्यमबाट निकायहरु चलेको अवस्था छ । आज कृषि क्षेत्र तहस नहस भएको अवस्था छ ।
च्ष्नजत ःबल च्ष्नजत एबिअभ नेपालमा हालको प्रणाली र कुशासनको कारण सही व्यक्ति ठीक स्थानमा काम गर्न नपाउनु र अवसरबाट बन्चित गराउनु योग्य, कुशल, ज्ञान प्राप्त गरेका, दक्ष, अनुभवी, सीप कला भएका नागरिकहरुले देशबाट पलायन भैरहेका छन र देश भित्र भएकाहरु पनि अवसरबाट टाढा राख्ने नीति बनेको छ ।
व्र्तमानको राज्य व्यवस्था र प्रणाली अनुसार चलिरहेको सरकारहरुले समाज, जनता, देशका लागी हित अहित हुने जुनसुकै नीति कार्यशैलीलाई मान्नुपर्ने, राष्ट्रहित र जनहित विपरितका कार्य र नीति पनि मान्नै पर्ने, भ्रष्टाचार, दुराचार, अन्याय, महंगी, गरिबी, अभाव, कुशासन नेपाली आम जनताले भोग्नु पर्ने र सहनुपर्ने नागरिकको जीवनशैली बन्न पुगेको छ ।
नगरिक तह वा राजनीतिक दलले यी र यस्तै सवालहरुमा राज्यप्रति असन्तोष र आवाज गरेमा, सुधारोन्मुख अवस्था सृजना र निर्माण गर्नुपर्छ भनेमा राज्यले दमन र आतंकित भएर बलपुर्वकको शासन शैलीबाट काम गर्नु देश र जनताका लागी दुर्भाग्य अवस्था बनेको छ । वर्तमानको यस प्रकारको अवस्था व्यवस्था कायमै रहेमा देश र जनताको उन्नती र प्रगती असम्भव छ यो ध्रुवसत्य प्रमाणित भैसकेको छ, मीसन–८४को पनि के अर्थ र माने
लाग्छ ?
मिडिया तहमा मिडियाबाजी गर्नु, महत्वाकांक्षी बनेर आदर्शताका कुरा छाटेर देश र समाज बन्दै, के सही हो ? के गलत हो ? सत्य के हो ? असत्य के हो ? सत्यतालाई ढाकछोप गर्ने गलत र असत्यताप्रति बफादारी गर्नुले राम्रो
परिणाम कहिलै पनि प्राप्त हुदैन । विकसित र विकासशील मुलुकहरुको उदाहरण दिएर प्रसंशा गरेर आफ्नो मुलुकको दुर्गती गर्नेहरुबाट देश, जनता र समाजको उन्नति, विकास र भलो कहिले पनि हुदैन । आफ्नो मुलुकको विकास, उन्नति, प्रगति, त्यस देशको माटो, जल, जमिन, प्राकृतिक भू–बनोट र जनशक्तिको नै सही सदुपयोग भएमा मात्र सम्भव हुन सक्छ । विदेशी दाताहरुमा परनिर्भर र रेमिटेन्सको आधारले देश कहिले पनि प्रगति र विकास गर्न सक्तैन, यसैलाई भ्रष्टिकरण र मनपरीतन्त्र भनिन्छ । नेपाल देशको निर्माण स्थापना सबै जातजाती, भाषिक, धार्मिक, रितिरिवाज, संस्कृति सभ्यता, भेषभुसा, राष्ट्रियताको अपरिहार्यताको जग स्वदेशी वस्तुहरुको मूल्य र मान्यता, आत्म निर्भरता, सार्वमौमिकताको संरक्षण र अखण्डता अविछिन्नको आधारको रुप र जगमा खडा गरेको देश नेपाल हो । नेपाल निर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेशका आधार र नीति अवलम्बन गर्न जरुरी छ । मन परीको नीति र स्वेच्छाचारिताबाट देश बन्दैन यसले अस्थिरता, अस्तव्यस्तता, जातीयता, क्षेत्रीयता, असहिष्णुतालाई मात्र बढावा दिन्छ । १ दशकको अवधिमा सबै भन्दा बढी ७०–८०% वैदेशिक ऋणमा बृद्धि भएर २५ खर्ब भन्दा बढी पुगी सक्यो । ८५ हजार प्रत्येक बाल बृद्धको टाउकोमा राष्ट्रिय ऋणमा छ । (कृष्णबहादुर चन्द, समाजसेवी, पुर्व कृषि अधिकृत, पाटन न.पा. ६ पाटन, बैतडी)